Successfully Copied

किडी फेश अफ द एयर – २०१६ को ट्यालेन्ट शो सम्पन्न

वालबालिकाहरुमा अन्तनिर्हित प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले संचालित किडी फेश अफ द एयर २०१६ दोश्रो संस्करणको ट्यालेन्ट शो सम्पन्न भएको छ ।

वालबालिकाहरुमा अन्तनिर्हित प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले संचालित किडी फेश अफ द एयर २०१६ दोश्रो संस्करणको ट्यालेन्ट शो सम्पन्न भएको छ ।  

कार्यक्रममा बालबालिकाहरुले आफूमा भएको प्रतिभा प्रस्तुत गरेका थिए । कार्यक्रममा बालबालिकाहरुले नृत्य, गायन, अभिनय, चित्रकला, वक्तृत्वकला, वाद्यवादनमा गितार, चित्रकला, विटबक्स आदि प्रदर्शन गरिएका थिए । 

कार्यक्रमका निर्णायकहरुमा गायक तथा थिएटर कलाकार श्याम खड्का, डान्स कोरियोग्राफर अनुप डंगोल र फेसन डिजाइनर काजल थापा रहेका थिए । रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीको आयोजनमा भइरहेको किडी फेश अफ द एयर २०१६ को कोरियोग्राफी राज फैजुले गरिरहेका छन् । उक्त कार्यक्रमका विजेताहरुलाई विभिन्न विज्ञापनमा अवसर प्रदान गरिने जानकारी संस्थाकी कार्यकारी निदेशक श्रीषा वैदार फैजुले दिइन । कार्यक्रमको अन्तिम चरणको प्रतियोगिता आउादो शनिवार कार्तिक १३ गते राष्ट्रिय नाचघर जमल काठमाडौंमा सम्पन्न हुदैछ ।

 Image