Successfully Copied

सजिलो र स्मार्ट गाउन तथा वान पिस

गाउन र वान पिस लुज फिटिङ पहिरन हुन् जुन निलेन्थदेखि फूल लेन्थसम्मका हुन्छन् ।

मिनु श्रेष्ठ, फेसन डिजाइनर

गाउन र वान पिस लुज फिटिङ पहिरन हुन् जुन निलेन्थदेखि फूल लेन्थसम्मका हुन्छन् । गाउन यूरोपबाट संसारभर चलनचल्तीमा आएको हो । १७ औं शताब्दीदेखि नै विभिन्न डिजाइनका गाउन बजारमा आएको पाइन्छ । नेपालमा भने गाउन केही वर्षयता मात्र धेरैले रुचिपूर्वक प्रयोग गरिरहेका छन् । इभिनिङ गाउन, ट्राभलिङ गाउन, फूल पार्टी गाउन, प्रिन्सेस गाउन आदि नेपालमा चलेका गाउन हुन् ।

अहिले नेपालमा इभिनिङ पार्टीहरूमा अरू पहिरनभन्दा गाउन र वान पिस नै बढी लगाइएको देखिन्छ । अरु पहिरनको तुलनामा लगाउन र क्यारी गर्न सजिलो भएकाले बालिकादेखि टिनएज, मिडिल एज एवं प्लस ४० सम्मकाले गाउन तथा वान पिस बढी रुचाएको पाइन्छ । यसपटक तीज तथा दसैंका लागि गाउन तथा वान पिस बनाउन आउनेहरू बढेको देखिन्छ ।

अहिले मानिसहरू व्यस्त भएका कारण पनि सजिलै लगाउन सकिने पहिरनहरू खोज्न थालेका छन् जसको राम्रो समाधान गाउन तथा वान पिस हुन् । त्यसमा पनि रेडिमेड वान पिस र गाउनहरू बजारमा उपलब्ध हुने भएकाले बजेटअनुसार पनि सजिलै किन्न सकिन्छ । डिजाइन कन्ससहरूले बुटिकहरूमा गएर आफ्नो फिगर एवं रुचिअनुरूपको फेब्रिक तथा डिजाइनमा यस्ता पहिरन बनाउन सक्छन् । अहिले नेपाली फेसन बजारमा गाउनहरूमा पनि नेपाली टच दिन थालिएको छ । ढाकाको बोर्डर प्रयोग वा ढाकामा इम्बोइडरी गरी वा गाउनमा साडीको जस्तो मुजा प्रयोग गरी गाउनलाई नेपाली स्टाइलमा ढालिएकाले पनि नेपाली महिलाहरूमाझ गाउनको मोह बढेको हो ।

दसैंमा कलरफूल फेब्रिकमा शरीरको ढाँचाअनुकूल वान पिस, गाउन बढी चल्छन् । शिशुहरूलाई प्रिन्सेस ड्रेस, फ्लावरी गाउनमा टीका थाप्न जान रुचाउँछन् । टिनएजरहरूका लागि फिटिङ वान पिस, ग्याडर गाउन, मरमेड गाउन, ए लाइन गाउन, सर्कल, ड्ेरप्ट, बबल, टुलिप, पेन्सिल, रफल्ड गाउन आदि राम्रो देखिन्छ भने चालीस कटेकाहरूलाई इन्डो वेस्टर्न गाउन बढी सुहाउँछ । माथिबाट हेर्दा ब्लाउज, चोलीजस्तो देखिए पनि तल फेयरवाला, पेन्सिल वा एलाइन गाउन फरक देखिन्छ । 

 

 Image