Successfully Copied

असोज महिनाको राशिफल

व्यक्तिगत काममा सफल भइनेछ । शरीर एवं मन चङ्गा रहनेछ ।

प्रीति आत्रेय ज्ञवाली, फलितज्योतिषाचार्य

मेष

व्यक्तिगत काममा सफल भइनेछ । शरीर एवं मन चङ्गा रहनेछ । कुनै विशेष काममा सफलता प्राप्त हुुनसक्छ । छोराछोरीको क्रियाकलाप, पारिवारिक स्वास्थ्य एवं खानपिनमा ध्यान पुुर्‍याउनुुहोला । महिनाको पूूर्वाद्र्धमा कुनै कुुरालाई लिएर दम्पतीबीच खटपट पर्नसक्छ । महिनाको उत्तराद्र्ध व्यावसायिक दृष्टिले राम्रो रहनेछ । प्रतियोगितात्मक क्रियाकलापमा सफलता प्राप्त हुनेछ । 

वृष

परिवारका सदस्यहरूसित भेटघाट गर्ने अवसर जुुर्नेछ । अपजस आइलाग्नसक्छ तसर्थ व्यावहारिक काम गर्दा पनि सजग रहनुुहोला । आर्थिक लाभ भए पनि घर खर्च भने बढ्नेछ । छोराछोरीले कुुनै कुराका लागि ढिपी गर्न सक्छन् । कामका साथसाथै आफ्नो खानपानमा सजगता नअपनाए समस्या उत्पन्न होला । दाम्पत्य जीवन सुुखमय रहनेछ ।

मिथुन

घर एवं व्यावहारिक काममा व्यस्त भइनेछ । विभिन्न कुराको जिम्मेवारी निर्वाह गर्नुपर्नेछ । पारिवारिक सुुख मिल्नुुका साथै छोराछोरीबाट पनि सन्तोष प्राप्त हुनेछ । मित्रहरूसँग भेटघाट हुने योग छ । पारिवारिक खुुसीको ख्याल गर्दै काम गर्नसके सफलता हात पार्न सकिनेछ । 

कर्कट

डर हट्नेछ । जाँगर बढ्नुुका साथै शरीर पनि फुर्तिलो रहनेछ । व्यक्तिगत काममा पनि सफलता प्राप्त हुनेछ । नयाँ ठाउँमा घुुमघाम गर्ने अवसर जुुट्नेछ । विभिन्न सरसामग्रीको किनमेल हुुनेछ । आफ्नो इच्छानुुसार समय बिताउन पाइनेछ । मित्रता गाँस्ने अवसर मिल्नेछ । कुुनै नवीन कार्यको थालनी हुुनसक्छ । योजनानुुरूप काम सम्पन्न हुुने भएकाले हर्ष बढ्नेछ । 

सिंह

सबै कार्य आफ्नै मातहतमा सम्पन्न भए पनि कामको नतिजा के होला भनेर मनमा खुुलदुुली उत्पन्न हुुनसक्छ । पारिवारिक सुुख एवं सहयोग प्राप्त हुनेछ । विभिन्न कुुराको लाभ हुुनेछ । अपेक्षित सफलता प्राप्त गर्न निकै खट्नुुपर्नेछ । अनावश्यक खर्च हुने योग छ । नयाँ ठाउँ घुम्ने मौका मिल्नसक्छ । 

कन्या

निकै व्यस्त भइएला । विभिन्न कामको जिम्मेवारी निर्वाह गर्नुुपर्नेछ । पेट तथा रक्तचापका रोगीहरूले स्वास्थ्यप्रति सजग रहनुुहोला । पारिवारिक वातावरण सुुखमय रहनेछ । छोराछोरीले आज्ञा पालन गर्नेछन् । व्यक्तिगत कामका लागि खर्च हुुनसक्छ । श्रीमान्बाट अपेक्षित सहयोग एवं सद्भाव प्राप्त हुनेछ । आर्थिक लाभ हुने योग देखिन्छ । 

तुला

व्यक्तिगत काममा सफलता मिल्नेछ । विभिन्न सरसामानको जोहो हुुनेछ । पारिवारिक वातावरण सुुखमय रहनेछ । इच्छानुुसार काम गर्ने अवसर प्राप्त होला । कुुनै कुुराको लाभ हुुनसक्छ । दाम्पत्य जीवन सुुमधुुर रहनेछ । मनोरञ्जक कार्यतर्फ मन जाला । महिनाको उत्तराद्र्धमा अपजस आइलाग्नसक्छ । 

वृश्चिक    

जाँगर बढ्नुुका साथै चिन्ता हट्नेछ । विभिन्न कुुराको लाभ हुुनेछ । दाम्पत्य जीवनमा राम्रो समझदारी कायम रहनेछ । माइती एवं मावलीहरूसँग भेटघाटको अवसर जुर्नेछ । धार्मिक कार्यमा संलग्न हुुनुुपर्नेछ । कुुनै कामले यात्रा गर्नुुपर्ने हुुनसक्छ । रोकिएका कामहरू क्रमश: पूूरा हुुँदै जानेछन् । व्यावसायिक क्षेत्रमा सफलता हात पर्नेछ । 

धनु

काम गर्दा विविध बाधा आइलागे पनि समस्याहरू समाधान हुुनेछन् । कुुनै कारणवश रोकिएका कामहरू पूूरा हुुनेछन् । पारिवारिक सुुख एवं सहयोग मिल्नेछ । सबैतिरबाट सहयोग प्राप्त हुनेछ । माइती–मावलीसित भेटघाट गर्ने अवसर जुर्नेछ । विशेष कार्यमा सफलता प्राप्त होला । मुुद्दा–मामिलाका साथै प्रतियोगितात्मक क्रियाकलापमा समेत सफल भइनेछ । 

मकर

सानातिना समस्याका बावजुद पनि सफलता हात लाग्नेछ । पारिवारिक सुुख मिल्नुुका साथै इष्टमित्रसित भेटघाट गर्ने मौका मिल्नेछ । कसैकसैलाई सन्तान लाभ हुुने योग छ । प्राय: सबै काम आफ्नै इच्छाबमोजिम सम्पन्न हुुनेछन् । कुुुनै विशेष कार्यमा सफलता मिल्ने भएकाले हर्ष बढ्नेछ । अनपेक्षित कलह हुुने योग भएकाले बोली एवं व्यवहारमा सजगता अपनाउनुुहोला । 

कुम्भ

मन धार्मिक क्रियाकलापतर्फ अग्रसर रहनेछ । अरूले गरेको र बोलेको कुुरा चित्त नबुुझ्न सक्छ । पारिवारिक वातावरण सुुखमय रहनेछ । छोराछोरीसित राम्रो समय बिताउने मौका मिल्नेछ । विभिन्न कुुराको लाभ हुुनेछ । योजनानुुसार कार्य सम्पन्न गर्न पाउँदा हर्ष बढ्नेछ । 

मीन

पारिवारिक समृद्धि वद्धि हुनेछ । दाम्पत्य जीवनमा समझदारी कायम रहनेछ । घरमा कुुनै कुुराको हेरफेर हुुनसक्छ । कामको सिलसिलामा यात्रा गर्नुुपर्ला । आर्थिक पक्ष सबल रहनेछ । व्यावसायिक क्षेत्रबाट अपेक्षित सफलता प्राप्त होला । पेटसम्बन्धी समस्या सिर्जना हुुनसक्छ । महिनाको उत्तराद्र्धमा कलहको योग भएकाले बोली एवं व्यवहारमा सजग रहनुहोला । 

 Image