Successfully Copied

ब्ल्याक एण्ड ह्वाइट थिममा घर

संचारकर्मी प्रतिमा श्रेष्ठको इमाडोल, सेतीपाखामा निर्मित यो घरको बाहिरी लुक ब्ल्याक एण्ड ह्वाइट थिममा आधारित छ । भित्री भाग भने फरक–फरक रंगमा सजाइएको छ । यो घर ४ आना १ पैसा क्षेत्रफल भएको भिरालो जग्गामा निर्माण गरिएको छ । यसलाई कुनै पनि घरले

संचारकर्मी प्रतिमा श्रेष्ठको इमाडोल, सेतीपाखामा निर्मित यो घरको बाहिरी लुक ब्ल्याक एण्ड ह्वाइट थिममा आधारित छ । भित्री भाग भने फरक–फरक रंगमा सजाइएको छ । यो घर ४ आना १ पैसा क्षेत्रफल भएको भिरालो जग्गामा निर्माण गरिएको छ । यसलाई कुनै पनि घरले कतैबाट छेकेको छैन । घरको माथिल्लो कौसीबाट नियाल्दा काठमाडौं, भक्तपुर, कीर्तिपुर तथा ललितपुर छर्लङ्ग देखिन्छ । कामबाट थकित भएर घर छिर्दा रिसोर्ट पुगेको अनुभूति हुन्छ । भिरालो पाखाको जग्गा लिएर आनन्ददायक घर बनाउन सकिन्छ भन्ने कुराको राम्रो उदाहरण बनेको छ–यो घर । जग्गा सस्तो भए पनि यस्तो ठाउँमा घर निर्माण गर्दा केही बढी खर्च लाग्छ । 

चारैतिर खुल्ला भएकाले यो घरको हरेक ठाउँमा घाम तथा हावा पुग्छ । यो घरको दुई तल्ला जमिनमुनि भए पनि यो घर त्यो क्षेत्रको अग्लो स्थान भएकाले वरिपरिका अन्य घरभन्दा माथि छ । पछाडिबाट चर तल्ला तथा अगाडिबाट दुई तल्लाको यो घरको प्रवेशद्वारसँगै पार्किङ एरिया छ, जहाँ आगन्तुकसँग भेटघाट गर्न मिल्ने सानो लबी पनि छ । प्रवेशद्वारको सीधा मिडिया लाइन नामक अफिस छ । त्यहीँ सँगै मास्टर बेडरुम छ । मास्टर बेडरुमसँगै ठूलो बार्दली छ । त्यसको माथिल्लो तल्लामा छोराछोरीका लागि दुईवटा बेडरुम छन् । यी दुवै कोठामा भित्ताकै साइजका ठूल्ठूला सिसाका झ्याल छन् । छोराको कोठाको सिलिङ घरको छाना आकारमा बनाइएको छ । कोठाको एक भागमा रेक्ट्यांगल सेपको बरन्डा छ । छोरीको कोठाको दुवै साइडमा बरन्डा निकालिएको छ । त्यससँगै एउटा ठूलो कौसी पनि छ । त्यही तल्लामा चिटिक्क परेको पूजा कोठा पनि छ । मुख्य ढोकाको एक तल्लामुनि लिभिङ रुम, किचेन तथा डाइनिङ रुम छन् । ओपन कन्सेप्टमा निर्मित यो स्थान अतिथिहरू आउँदा तलमाथि गर्ने झन्झट नहोस् भनेर एउटै तल्लामा बनाइएको हो । लिभिङबाट एक खुड्किलामाथि डाइनिङ रुम छ भने डाइनिङको एक खुड्किला तलको भागमा किचेन छ । किचेन र लिभिङभन्दा डाइनिङको भाग माथि छ । डाइनिङ एरियामा पार्केटिङ गरी रिच लुक दिइएको छ । त्यसमुनिको तल्ला भने एउटा परिवारका लागि मिल्ने बेडरुम, लिभिङ रुम, किचेन, डाइनिङ आदि बनाइएको छ । सबै कोठामा एटेच बाथरुम छ । गत वर्षको विनाशकारी भूकम्पपछि बनाइएको यो घर तलैदेखि टेरेस छोडेर बनाइएको छ । घरलाई भार दिइएको छैन । यसरी ब्यालेन्स दिएपछि घर भूकम्पप्रतिरोधात्मक हुन्छ । भवन निर्माणसम्बन्धी नयाँ मापदण्डअनुरूप निर्माण गरिएको यो घर भूकम्पप्रतिरोधात्मक छ ।   

 Image