‘शिल्पाञ्जलि’ प्रदर्शन
काठमाडौंस्थित नेपाल आर्ट काउन्सिलमा हालै सपना खरेलको ‘शिल्पाञ्जलि’ कला प्रदर्शनी भयो । प्रदर्शनीमा उनले जापानी शैलीअनुसार पुष्प सजावट गर्ने कला प्रस्तुत गरिन् । प्रदर्शनीमा‘ओसिबाना’ र ‘चिगिरी–ई’ अन्तर्गतका कला राखिएको थियो ।

प्रज्ञा भवनको डबलीमा मञ्चन भएको ‘मिस प्लस टु नेपाल २०१६’ को उपाधि प्रवेशिका अधिकारीले हात पारेकी छिन् । २८ जना प्रतिस्पर्धीलाई पछाडि पार्दै यो सफलता उनले हात पारेकी हुन् । मिस प्लस टु नेपाल २०१६ को ताजसँगै प्रवेशिकाले भीअर च्वाइस अवार्ड पनि आफ्नो पक्षमा पार्न सफल भएकी थिइन् । प्रतियोगितामा निकिशा रिजाल तथा अमिता खड्का फस्ट रनर्सअप तथा सेकेन्ड रनर्सअप भएका थिए । निकिशा वेष्ट फोटोजेनिक र मल्टिमिडियाको अवार्ड पनि हकदार बनेकी थिइन् भने अमिताले वेस्ट वाकको अवार्ड पनि हात पार्न सफल भइन् ।
युहान इन्टरनेसनल इभेन्ट्स प्रालिले आयोजना गरेको यो प्रतिस्पर्धामा रोजिन शाक्यको कोरियोग्राफी थियो । प्रतियोगितामा राधा पराजुली मिस ट्यालेन्ट घोषित भएकी थिइन् भने मेनुका श्रेष्ठले पब्लिक च्वाइस अवार्ड जितेकी थिइन् । अन्य उपाधिहरूमा प्रज्ञा पन्त म्यानेजमेन्ट च्वाइस, वेष्ट पर्सनालिटीमा एकता श्री राणा, अभिशी दाहाल मिस कन्जियालिटी तथा विनिशा शेरचनले वेस्ट स्माइलको अवार्ड जित्न सफल भइन् ।