Successfully Copied

वर्षामा छालाको हेरचाह

मनसुनमा छालाको हेरचाह सर्वाधिक महत्वपूर्ण हुन्छ । छालामा कहिलेकाहीँ फंगल इन्फेक्सन हुन्छ । अत: यसमा विशेष सावधानी अपनाउनुपर्छ । –छालालाई तीनदेखि चार पटक साबुनरहित फेसवासले धुनुपर्छ ।

मनसुनमा छालाको हेरचाह सर्वाधिक महत्वपूर्ण हुन्छ । छालामा कहिलेकाहीँ फंगल इन्फेक्सन हुन्छ । अत: यसमा विशेष सावधानी अपनाउनुपर्छ ।

–छालालाई तीनदेखि चार पटक साबुनरहित फेसवासले धुनुपर्छ । जसबाट छालामा जमेको तैलीय पदार्थ र धूलो निस्कियोस् ।

–एन्टिब्याक्टेरियल टोनरको प्रयोग मनसुनमा बढी प्रभावकारी एवं लाभदायक सिद्ध हुन्छ । यसले छालालाई संक्रमित हुन एवं फुट्नबाट जोगाउँछ ।

–वर्षामा कतिपय मानिस सनस्किन प्रयोग गर्न चाहँदैनन् तर बादललाई छेडेर पनि युवी किरण हामीसम्म आइपुग्छ । त्यसैले सनस्क्रिन लोसन वा क्रिम नियमित रूपमा प्रयोग गर्नुपर्छ ।

–वर्षामा पानी कम पिइन्छ । यसबाट छालामा नमीको कमी हुन्छ । त्यसैले नियमित रूपमा ७ देखि ८ गिलास पानी पिउनुपर्छ ।

–राम्रो खालको स्किन स्क्रबरबाट दैनिक आफ्नो मुहार सफा गर्नुपर्छ ।

–वर्षामा कहिल्यै हेभी मेकअप गर्नु हुँदैन ।

–खानामा जुसको मात्रा बढाउनुपर्छ, सुप बढी पिउनुपर्छ । कुनै पनि प्रकारको तरकारी पकाउनुपूर्व राम्रोसँग धोएर राख्नुपर्छ । फलफूल एवं सागपातलाई सकिन्छ भने तातोपानीले पखाल्नुुपर्छ ।

–हल्का तातोपानी र साबुनले हातखुट्टा धोएर राम्रोसँग सुकाउनुपर्छ । त्यसपछि मोइस्चराइजर प्रयोग गर्न सकिन्छ ।

–यो मौसममा खुट्टाको विशेष ख्याल राख्नुपर्छ । छाला लामो समयसम्म भिजिरहे फंगल इन्फेक्सन हुनसक्छ । यो मौसममा क्लोज र भिजेको जुत्ता लगाउनु हुँदैन । जुत्ता भिजे तत्काल सुकाउनुपर्छ । यसका साथै समय–समयमा पेडिक्योर पनि गराउनुपर्छ ।

–यो मौसममा केशको पनि विशेष ख्याल राख्नुपर्छ । यतिबेला पसिना आउनुका साथै केश पनि धेरै पटक भिज्छ । त्यसैले सातामा दुई–तीन पटक स्याम्पुका साथ कन्डिसनर लगाउनुपर्छ । त्यसबाहेक वर्षाको पानीमा केश भिजे टाबल प्रयोग गरी केशलाई राम्रोसँग सुकाउनुपर्छ । सातामा एकदिन केशमा तेल लगाउनुपर्छ ।

 Image