Successfully Copied

शिखा शाही, नायिका

नायि शिखा शाहीसंग छाेटाेमीठाे कुराकानी

अहिले केमा व्यस्त हुनुहुन्छ ?

मास्टर डिग्री गर्दैछु । समय मिले म्युजिक भिडियोमा पनि काम गर्छु ।

लामो समयपछि जंगेमार्फत देखिनुभयो नि ?

जंगे दुई वर्षअघि सुटिङ भएको चलचित्र हो । रिलिज मात्र अहिले भएको हो । 

फुर्सदमा के गर्नुहुन्छ ?

परिवारसँग मुभी हेन हेर्छु, साथीहरूसँग भेटघाट गर्छु अनि सपिङ गर्न मन पराउँछु ।

अरु केमा रुचि छ ?

साहसिक भ्रमणमा रुचि छ । 

कत्तिको रिसाउनुहुन्छ ?

रिस त धेरै उठ्दैन तर जब रिसाउँछु तब रिस मर्न समय लाग्छ । 

तपाईंको खुबी ?

सबैसँग छिट्टै घुलमिल हुन सक्छु । सकारात्मक सोच राख्छु । 

सबैभन्दा खुसीको पल ?

खुसीका पल धेरै छन् ।

दु:खको क्षण ?

बुबा बित्दाको क्षण ।

मनपर्ने परिकार ?

साकाहारी ।

फिटनेसको रहस्य ?

हप्तामा चार दिन जिम जान्छु । कार्डियो गर्छु । सकेसम्म पैदल हिँड्ने प्रयास गर्छु ।

पार्लर कत्तिको जानुहुन्छ ?

हेयर कटिङ र थ्रेडिङका लागि मात्र जान्छु ।  अरु सबै घरमा आफै गर्छु ।

मनपर्ने फेसन डिजाइनर ?

प्रबल गुरुङ ।

मनपर्ने स्टाइलिस्ट ?

मेरो आफ्नै स्टाइलिस्ट सुजन थपलिया ।

मनपर्ने निर्देशक ?

सुदर्शन थापा ।

मनपर्ने नायक ?

सुमन सिंह तथा सुरज सिंह ठकुरी ।

 Image