Successfully Copied

सेलिब्रेटि वुमनहुड नवदेवी सम्मान–२०१६ भोली

सन २००२ देखि निरन्तर सञ्चालित सेलिब्रेटि वुमनहुड नवदेवी सम्मान–२०१६ को चौधौं संस्करण यहि जेठ २२ गते आयोजना हुँदैछ ।

सन २००२ देखि निरन्तर सञ्चालित सेलिब्रेटि वुमनहुड नवदेवी सम्मान–२०१६ को चौधौं संस्करण यहि जेठ २२ गते आयोजना हुँदैछ । क्रियटिभ स्टेटमेन्टसद्धरा आयोजना हुने यो सम्मान कार्यक्रममा विशेषत: ग्रामीण क्षेत्रमा सामाजिक योगदान पुर्‍याइरहेका महिलाहरुलाई नवदुर्गाको नामबाट नामकरण गरिएका उपाधिद्धारा सम्मान गरिन्छ ।

लक्ष्मी, सरस्वती भवानी, दुर्गा, महामाया, शक्ति, भगवती आदि नौंवटा  देवीको नामबाट नामकरण गरिएका सेलिब्रटिङ वुमनहुड यस्तो एउटा प्लेटफर्म हो जसबाट ओझेलमा परेका प्रतिभाको पहिचान र उनीहरुको कामको मूल्यांकन गरिन्छ ।

यस वर्षको यो सम्मान कार्यक्रममा नौवटा अवार्डका अतिरिक्त २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पमा परेकाहरुको राहात, पुननिर्माण एवं सचेतनाका क्षेत्रमा काम गर्ने ३ जना महिलाहरुलाई विशेष सम्मानद्धरा सम्मानित गरिदैंछ । वुमनहुड–२०१६मा सम्मानित हुनेहरुलाई सम्मान–पत्रका अतिरिक्त नगद पुरस्कारसमेत प्रदान गरिन्छ । सेलिब्रटिङ वमनहुड–२०१६ की परिकल्पनाकार सिर्जनासिंह योञ्जनका अनुसार नारीलाई धर्ती र प्रकृतिसँग जोडेर हरिने हुँदा यसपटकको सम्मान समारोहलाई  वातावरण दिवसको अवसर पारेर आयेजना गर्न लागिएको छ ।

सेलिब्रटिङ वुमनहुड–२०१६ द्धरा विगतमा सम्मानित व्यक्तित्वहरुले अन्तर्राष्ट्रिय पहिचान प्राप्त गरिरहेका बेला राष्ट्रले उनीहरुको क्षमता बुझ्ने र सोहीअनुरुपको उनीहरुको पहिचान गर्नुपर्ने बेला आएको योञ्जनको भनाइ छ । कुनै सरकारी तथा गैरसरकारी सहयोगबिना नै निजी प्रयासमा लामो समयदेखि निरन्तर आयोजना हुँदै आएको छ ।

 Image