Successfully Copied

अहिले आएको फेसन र फेब्रिक

अहिले कट वर्क, जर्जेट फेब्रिकमा जोमेट्रिक, एनिमल प्रिन्ट पाल्म, ट्री, जिकज्याक, लार्ज सर्कल्स, नम्बरस, पोल्का डटस, पाइनाप्पल प्रिन्ट, डिजिटल प्रिन्ट आदि हुँदै सहर, मठ–मन्दिरदेखि वातावरणसम्मलाई इन्डिकेट गर्ने फेब्रिकहरू बजारमा आइरहेका छन् ।

ओरियन बुटिक, स्टारमल, पुतलीसडक

अहिले मानिसहरू खानाभन्दा पहिरन तथा ग्याजेटका मामिलामा बढी सचेत छन् । भनाइ नै छ, लगाउने अर्काका लागि, खाने आफ्ना लागि । हिजोआज एउटा पहिरन किनेपछि २–३ वर्ष चलिहाल्छ भन्ने समय छैन । यो वर्ष चलेको फेसन अर्काे वर्ष आउट हुने हुँदा मानिसहरू फेसनका मामिलामा अपडेट भैरहेका हुन्छन् । फलस्वरूप हिजोआज आउटफिटका पसलहरू बढ्दो क्रममा छन् । रेडिमेड नलगाउने डिजाइनर वेयरका पारखीहरू पनि कम छैनन् । बुटिकहरूको संख्या बढ्नु त्यसैको परिणाम हो । महिलाहरू विवाहपछि साडी, कुर्ता मात्र लगाउने मान्यताको घेरा तोड्दै पाइन्ट, टप्स, लेगिन्स, कुर्ती, वान पिस, स्कर्ट, हाफ पाइन्टदेखि फेसनमा चलेका पहिरनमा ठाँटिन चाहन्छन् । साना नानीहरू, टिनएजर, मिडिल एजदेखि सबै उमेरका महिला फेसनप्रति सजग हुँदै आफूलाई स्टाइलिस्ट बनाउने प्रयास गर्छन् । यस क्रममा नेपालमा विगत ३–४ वर्ष भारतीय पहिरनको बजार हावी रह्यो भने अबको वर्ष वेस्टर्न लुक्सका पहिरनले बजार लिने देखिन्छ ।  

फेब्रिक

हरेक वर्षको फेसनमा फेब्रिक परिवर्तन भैरहन्छ । यो वर्ष सिफन, जर्जेट, कटन तथा क्रेप सिल्कमा मोडिफाइ डिजाइनका फेब्रिकहरू भित्रिएका छन् । अहिले कट वर्क, जर्जेट फेब्रिकमा जोमेट्रिक, एनिमल प्रिन्ट पाल्म, ट्री, जिकज्याक, लार्ज सर्कल्स, नम्बरस, पोल्का डटस, पाइनाप्पल प्रिन्ट, डिजिटल प्रिन्ट आदि हुँदै सहर, मठ–मन्दिरदेखि वातावरणसम्मलाई इन्डिकेट गर्ने फेब्रिकहरू बजारमा आइरहेका छन् । सिफनमा डिजाइनिङ भएको, सेल्फ इम्ब्रोइडरी भएको, फ्लावर प्रिन्ट बढी चल्तीमा छ । कट वर्क सिफन, ब्रोकेट, टेक्सर ब्रोकेट, चन्दर सिल्क, नेटमा पनि सेल्फ वर्क भएका फेब्रिकहरू यो वर्ष फेसनमा रहन्छन् । गर्मीका लागि यो वर्ष लेनिनका हाफ पाइन्ट र छोटो समर ज्याकेट पनि फेसनमा रहनेछन् । २०७३ मा नेट फेब्रिक पनि पहिलेझैं फेसनमै रहनेछ । यो वर्ष पनि सेल्फ इम्ब्रोइडरी भएका फेब्रिकले बजार तताउने देखिन्छ । डिजिटल तथा कम्प्युटराइज्ड इम्ब्रोइडरी इन हुनेछ । सिल्कमा फ्लावर प्रिन्ट, समर सिल्क सिफन तथा लेनिनले पनि बजार लिन सक्छ ।  

 Image