Successfully Copied

नयाँ वर्षको संकल्प

अहिले नयाँ वर्षमा संकल्प लिने चलन निकै बढिरहेको छ । संकल्पले हामीलाई बाँध्छ । संकल्पले केही नयाँपनको सुरुवात गर्छ ।

लक्ष्मी परियार, राजनीतिज्ञ 

नयाँ वर्षमा संकल्प लिने चलनलाई कसरी विश्लेषण गर्नुहुन्छ ? 

अहिले नयाँ वर्षमा संकल्प लिने चलन निकै बढिरहेको छ । संकल्पले हामीलाई बाँध्छ । संकल्पले केही नयाँपनको सुरुवात गर्छ । यद्यपि संकल्प लिएर पूरा गर्न सकिँदैन भने त्यसको अर्थ छैन । चलनलाई मात्र पछ्याउनु ठूलो कुरा होइन । संकल्प लिएर ५० प्रतिशत मात्र पनि पूरा गर्न सक्नु ठूलो कुरा हो तर त्यसबाट मुख मोड्नु आफैलाई धोका दिनु हो । सामाजिक हित हुने खालको संकल्प लिनुपर्छ । 

नयाँ वर्ष किन मनाउनुपर्छ ? 

नयाँ वर्ष मनाउने परिपाटी नेपालमा पहिलेदेखि नै चलिआएको हो । यो हाम्रो संस्कार पनि हो । नयाँ वर्ष नयाँ परिवर्तनको संवाहक हो । नयाँ वर्षले जीवनमा नयाँपन ल्याउँछ । अघिल्लो वर्षमा के बिरायौं यसको विश्लेषण गर्न पनि नयाँ वर्ष मनाउनुपर्छ । 

तपाईंको व्यक्तिगत संकल्प के छ ? 

सबैको आ–आफ्नै व्यक्तिगत जीवन हुन्छ । संकल्प लिँदा त्यसमा पनि ध्यान पुर्‍याउनुपर्छ । नयाँ वर्ष २०७३ सालमा मेरो व्यक्तिगत संकल्प आफूलाई अझ अध्ययनशील बनाउनेछ । विभिन्न अनाथ आश्रमको भ्रमण गरी सहयोग गर्ने योजना छ । 

सामाजिक संकल्प पनि छन् ? 

आफूलाई सामाजिक सेवामा समर्पित गरी समाज सुधारका लागि विभिन्न कार्यक्रम गर्ने । विकृति तथा विसंगति कम गराउन लागिपर्ने । 

 Image