‘नेपालीहरूमा खानपानको शैली बदलिएको छ’
पछिल्लो समय इन्टरनेसनल एक्सपोजर र व्यस्तताले नेपालीहरूको खानपान शैली र सोच बदलिएको छ । बाहिर गएर खाने, ह्याङआउट गर्ने, नयाँ–नयाँ स्वादका फुड टेस्टिङ गर्ने ट्रेन्ड बढेको छ ।
काठमाडौंको भृकुटीमण्डपमा बिहिवारदेखि जारी चार दिनसम्म चल्ने १९ औं पुष्प मेला
फ्लोरिकल्चर एशोसियशनले आयोजना गरेका हो । ‘स्वच्छ वातावरण र आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने नाराका साथ गरिएको एक्स्पोमा ६४ वटा स्टल छन् । मौसमी फूल, आलंकारिक बोटविरुवा, कट फ्लावर, सुनाखरी, थोपा सिंचाइ प्रविधि लगायतका स्टल छन् । नेपालमा हाल विभिन्न ३८ वटा जिल्लामा १ सय ४१ हेक्टर क्षेत्रफलमा व्यवसायिक रुपमा फूलको खेती भइरहेको छ । गत आर्थिक वर्ष नेपालमा १ अर्ब ३४ करोड १३ लाख ७५ हजार रुपैयाँ बराबरको फूलको कारोबार भएको थियो । त्यसमध्ये १० करोड बराबरका फूल र फूलजन्य वस्तु भारत लगायतका मुलुकबाट आयात गरिएका हुन् ।