Successfully Copied

फेसनमा पूर्व मिस नेपाल सृष्टिको मोह

सृष्टि श्रेष्ठ, पूर्वमिस नेपाल पूर्वमिस नेपाल सृष्टि श्रेष्ठ प्रतिभाशाली छिन् । कला क्षेत्रमा पनि उत्तिकै सक्रिय श्रेष्ठ सुन्दर व्यक्तित्वकी धनी मानिन्छिन् ।

सृष्टि श्रेष्ठ, पूर्वमिस नेपाल

पूर्वमिस नेपाल सृष्टि श्रेष्ठ प्रतिभाशाली छिन् । कला क्षेत्रमा पनि उत्तिकै सक्रिय श्रेष्ठ सुन्दर व्यक्तित्वकी धनी मानिन्छिन् । बलिउड चलचित्रको गीतमा पनि अभिनय गरेकी सृष्टि उत्कृष्ट काम गर्दा आनन्द मान्छिन् । श्रेष्ठ पहिरनमा निकै ध्यान दिन्छिन् । ट्राउजर र टिसर्ट मन पर्ने पहिरन भए पनि बाहिरका कार्यक्रममा जाँदा कार्यक्रमको ढाँचाअनुसार सहभागी हुनुपर्ने भएकाले रोजाइभन्दा आवश्यक पहिरनमा बढी हिँड्ने उनले बताइन् । यसकारण पनि सृष्टि आफूलाई मन पर्ने पहिरन कुन हो भन्ने कुरामा कहिलेकाहीँ आफै अलमलमा पर्ने गरेकी छिन् । सृष्टिलाई सेतो रंग असाध्यै मनपर्छ । त्यसैले उनको पहिलो नजरमा सेतै रंगका कुनै पनि पहिरन पर्छन् । 

बुटिकका पहिरनप्रति पनि उनको रुचि छ । सृष्टि आस्तिक शेरचनले डिजाइन गरेका पहिरन बढी लगाउँछिन् । शेरचनले तयार पारेका पहिरन आरामदायक र क्यारी गर्न झन्झट नहुने उनको अनुभव छ । जतिसुकै महँगो भए पनि ब्रान्डेड जुत्ता लगाउने सृष्टि धेरैजसो आरामदायक र टिकाउ हुने गाइगर र कार्बेला ब्रान्डका जुत्ता लगाउँछिन् । दैनिक जीवनमा भने उनी फ्ल्याट नै लगाउँछिन् । सृष्टि शृंगारमा पनि उत्तिकै ध्यान पुर्‍याउँछिन् । 

समग्रमा मेकअप, पहिरनलगायत दैनिक जीवनमा प्रयोग हुने हरेक कुरामा निकै सजक सेलिब्रेटीमा पर्छिन् उनी । एसेसरिजमा कोबोल्टको घडी लगाउने पूर्वमिस नेपाल श्रेष्ठ ह्यान्ड ब्याग ब्रान्डको हुनुपर्छ भन्ने कुरा भने ख्याल गर्दिनन् । उनलाई मन नपर्ने सामान सुनका गहना हुन् भने एन्टिक सिल्भर ज्वेलरी वा ह्वाइट गोल्डका गहना असाध्यै मन पर्छन् । 

सृष्टिलाई सबैभन्दा मनपर्ने धातु चाँदी हो । बाहिर हिँड्दा उनको आँखामा रेवनको चस्मा कहिल्यै छुट्दैन । आफ्नो व्यक्तित्वको ख्याल गर्ने मानिसलाई अरूले पनि मन पराउने सृष्टिको तर्क छ । समयअनुसार खाने–लगाउने कुरा छनोट गर्न सके मात्र विश्वको बदलिँदो समयलाई बुझ्न सकिने सृष्टिको ठम्याइ छ । 

  

 Image