फेसनमा घडी
पछिल्लो समय घडी समय सूचक मात्र नभएर ‘स्टाइल स्टेटमेन्ट’ बनेको छ । मान्छेले आफ्नो पहिरनजस्तै यसलाई पनि अनिवार्य ठान्न थालेका छन् । त्यसैले त राम्रो पहिरनमा चिरिच्याट्ट भएपनि मान्छेले नाडीमा घडी बाँध्न छुटाउँदैनन् ।

काठमाडौंमा क्यान्सरविरुद्ध चेतना जगाउन ‘नो सेभ नोभेम्बर फेसन फर कज’ आयोजना सम्पन्न भयो । क्यान्सर रोकथाम, अनुसन्धान र शिक्षा तथा बिरामीलाई सहयोग गर्न, सचेतना फैलाउन र कोष जुटाउने उद्देश्यले विश्वभर ‘नो सेभ नोभेम्बर’ अभियानअन्तर्गत उक्त ‘फेसन रनवे’ आयोजना गरिएको हो । ‘फेसन नेटवर्क नेपाल’ द्वारा आयोजित कार्यक्रमका सहभागीहरूले रनवेमा क्यान्सर सचेतना र सहयोगको सन्देशसहितका कार्ड बोकेर क्यान्सरविरुद्धको लडाइँमा आफ्नो ऐक्यबद्धता दर्शाएका थिए ।