नेपाल फेसन फेस्टिभलः फेसन शोमा डिजाइनरका नवीनतम सिर्जना
फेसन नेटवर्क नेपालले सानेपाको हेरिटेज प्लाजामा आयोजना गरिरहेको तीन दिने नेपाल फेसन फेस्टिभलमा डिजाइनर रनवे सम्पन्न भयो ।
काठमाडौंमा क्यान्सरविरुद्ध चेतना जगाउन ‘नो सेभ नोभेम्बर फेसन फर कज’ आयोजना सम्पन्न भयो । क्यान्सर रोकथाम, अनुसन्धान र शिक्षा तथा बिरामीलाई सहयोग गर्न, सचेतना फैलाउन र कोष जुटाउने उद्देश्यले विश्वभर ‘नो सेभ नोभेम्बर’ अभियानअन्तर्गत उक्त ‘फेसन रनवे’ आयोजना गरिएको हो । ‘फेसन नेटवर्क नेपाल’ द्वारा आयोजित कार्यक्रमका सहभागीहरूले रनवेमा क्यान्सर सचेतना र सहयोगको सन्देशसहितका कार्ड बोकेर क्यान्सरविरुद्धको लडाइँमा आफ्नो ऐक्यबद्धता दर्शाएका थिए ।


