Successfully Copied

मोडलिङमा कसरी करियर बनाउने ?

मोडलिग आज पनि युवावर्गलाई सपनाको संसार लाग्दछ तर अब यसलाई करियरका रूपमा पनि अपनाउन थालिएको छ ।

मोडलिग आज पनि युवावर्गलाई सपनाको संसार लाग्दछ तर अब यसलाई करियरका रूपमा पनि अपनाउन थालिएको छ । यस करियरमा पैसा, नाम, प्रसिद्धि र ग्ल्यामर सबै छन् । ठूलो संगतिमा क्याटवाक गर्ने युवायुवती पनि यही मोडलिग संसारका हिस्सा हुन् । अरु मानिस पनि यस संसारका हिस्सा बन्न सक्छन् । आवश्यकता छ त केवल आफूभित्र छुपेको प्रतिभालाई निखार्ने र दर्शकको मूड क्यामेरा र तेज प्रकाशसाग तालमेल मिलाउने मोडलिगको संसारमा आफ्नो ठाउा बनाउनका लागि यो सबभन्दा जरुरी छ । तर सााचो अर्थमा भन्ने हो भने मोडलिग यही मात्र होइन यो पनि अभिव्यक्ति र सुन्दरताले भरिपूर्ण कला हो । प्रत्येक अर्को कलाजस्तै मोडलिगको पनि खास माग छ । सबभन्दा बढी मोडलिग आवश्यकता पर्छ भने आकर्षक व्यक्तित्व र उचाइको । यदि कसैको अनुहार राम्रो र सुन्दर छ भने फेरि सफलताको संभावना अझ बढी हाल्छ । यसको साथै यस क्षेत्रमा करियर बनाउनका लागि क्यामेरा र दर्शकको अगाडि जाने आत्मविश्वास र एउटा आधुनिक दृष्टिकोणको पनि आवश्यकता पर्दछ । एउटा मोडललाई आफ्नो हाउभाव, पहिरन, कुरा गर्ने, मुस्कुराउने तरिका आदिम ापनि निखार ल्याउनुपर्छ । अरु त अरु कसरी अगाडिको मान्छेको आाखामा आाखा जुधाएर कुरा नर्गे यसको पनि ध्यान राख्नु एउटा राम्रो मोडलका लागि धेरै आवश्यक गुण हो । एक प्रसिद्ध मोडलका अनुसार कपडा आफैमा सुन्दर देखिदैन, सुन्दर देखिनका लागि त्यसलाई एउटा खास स्टाइल दिनुपर्ने आवश्यकता हुन्छ । 

मोडलिंग तीन प्रकारका हुन्छन । प्रिन्ट मिडियाका लागि फोटोग्राफिक मोडलिंग, इलेक्ट्रोनिक मिडियाको विज्ञापनका लागि ओडियो भिजुअल मोडलिंग र फैसन शोका लागि र्‍याम्प मोडलिंग । अब युवावर्गले यी तीनमध्ये कुन क्षेत्रमा मोडलिंग गर्न चाहन्छन्, यो कुरा उनीहरूको इच्छाशक्ति र क्षमतामा निर्भर गर्दछ । यदि कसैको अनुहार भावपृच्छ र आाखा बोल्दै गरेको छ तर उसको उचाइ कम छ भने पहिलो दुई विकल्प ठिक रहन्छ र यदि कसैको शारीरिक संगठन आकर्षक छ भने तेस्रो विकल्प उसकै लागि हो । प्रारम्भिक अवस्थामा युवायुवतीले कुनै एउटा क्षेत्र चुनिहाल्नुपर्छ । मोडलिंगको क्षेत्रमा आफ्नो खुट्टा राखिसकेपछि उसले बााकी दुबै मिडियाको क्षेत्रमा आफ्नो भाग्य अजमाउन सक्छन् । 

सबभन्दा पहिला त युवावर्गले कुनै राम्रो मोडलिंग एजेन्सिमा आफ्नो नाम दर्ता गराउन र एउटा प्रभावशाली पोर्टफोलियो बनबनान कञ्जुस्याईा गर्नुहुादैन । यदि उसको पोर्टफोलियो धेरै राम्रो बन्दछ भने उसले फैशन पत्रिका, विज्ञापन एजेन्सी र कुनै राम्रो फेसन डिजाइनरसाग आफै पनि भेटन सकछन वा हुलाकबाट आफ्नो फोटो वा वायोडाटा पठाउन सक्छन् । हुनसक्छ कसैले उसलाई मौका नदिओस् वा अरुले उसको मजाक उडाओस् तर सुरुको दिनमा त संघर्ष गर्नैपर्छ । निराश हुनुहुादैन । प्रयास जारी राख्नुपर्छ । यदि कसैले मोडलिंगमा करियर बनाउन चाहन्छन भने उसलाई त प्रोफेसनल बन्नेपर्छ । नियमित योगासन र व्यायाम गर्नुपर्छ । सन्तुलित खानपान राख्नुपर्छ र आफ्नो व्यक्तित्वलाई निखार्नुपर्छ । याद राखौं मोडलिंग क्यामेराको अगाडि मुस्कुराइदिनुमा मात्र सीमित छैन । चाहे सुटिंगमा जानुपरोस वा डेड लाइनमा काम पूरा गर्नुपरोस् वा फेरि कपडा लगाएर प्रदर्शन गर्नुपरोस, समयको सीमितता र मोडलिंगका लागि सकारात्मक दृष्टिकोण धेरै आवश्यकता पर्दछ । प्रत्येक सोर्टका लागि एउटा अलग अञ्दाजमा पोज दिनु करियर निर्माणमा धेरै लाभप्रद हुन्छ । फेसन जगतको जानकारी र त्यसको मुताविक आफूलाई ढालेर युवायुवती एउटा आदर्श मोडल बन्न सक्छन् । 

दिशानिर्देशन 

यदि संभव छ भने सबभन्दा पहिला कुनै व्यवसायिक मोडलिंग एजेन्सिको सहयोग लिनुपर्छ किनभने मोडलिंग एजेन्सि व्यक्तित्वलाई संवारदछ र आवश्यक ट्रेनिंग पनि दिन्छ, आफ्नो व्यक्तित्व र रुचिअनुरूप मोडलिंग ओफर चुन्नमा पनि मद्दत गर्दछ । मोडलिंगको क्षेत्रमा आइसकेपछि प्रत्येक पाइला धेरै सोचविचार गरेर चाल्नुपर्छ यहाा जति ग्ल्यामर छ, आकर्षण छ, त्यति नै शोषण पनि छ । त्यसैले अलिकति सावधानी पनि अपनाउनुपर्छ । 

राखौं विशेष ध्यान 

मोडलिंगसागै युवायुवतीले कुनै अर्को करियरको पनि तयारी गरिराख्नुपर्छ । एउटा मोडलको करियर धेरै लामो हुादैन । बढीमा ६ देखि ८ वर्ष त्यसपछि काम आउाछ । उसको आफ्नै विशेष शीप कुल मिलाएर यही हो । मोडलिंग । यदि कसैलाई लाग्दछ कि ऊ यस लाइनका लागि फिट छ भने उसले आजैदेखि तयारीमा जुटिहाल्नुपर्छ । हो हुनसक्छ भोलिको दिन उसकै होस्, भोलिको उ सुपर मोडल नै होस् । 

व्यक्तित्व 

मोडलिंगको क्षेत्रमा करियर बनाउन चाहने युवायुवतीको सुन्द र स्मार्ट हुनैपर्छ । उसको अनुहार फोटोजेनिक हुनुपर्छ । युवतीका लागि उचाई ५ दशमलव ७ वा ५ दशमलव ८ धेरै महत्व राख्दछ । राम्रो स्टाइल, स्किन, भावुक, आकर्षित गर्ने र अभिव्यक्ति दिने यक्षु लहलहाउादो मिलेको मोतिजस्तो दाृत र साथै उसको पूरै व्यक्तित्वबाट पूर्ण आत्मविश्वास झल्किनुपर्छ । जहाासम्म युवकका लागि मोडलिङको प्रश्न छ । उसको उचाई ५ दशमलव १० त हुनैपर्छ । रंग गोरो, कस्सिएको शरीर, मिलनेको दन्त, विन्यास, आकर्षक हेयर स्टाइल, पोजिटिभ एप्रोज र स्टेमिनाको साथै उसमा दृढ निश्चिय र आत्मविश्वास पनि झल्किएको हुनुपर्छ । 

संभावना 

मोडल्उस आफ्नो करियर अनेकौं फिल्डमा बनाउन सक्छन्, टेलिभिजन एंकरिंग गर्न सक्छन् । साथै मोडलिङमा नै दक्षता हासिल गरेमा आफुनो मोडलिङ एजेन्सि वा ट्रेनिङ स्कुल पनि खोल्न सक्छन् । 

कमाई 

नेपालमा मोडलिङका लागि सामानयतमा पूरै केम्पेन वा कान्ट्रेक्टको समयको हिसाबले पैसा दिइन्छ । यसको अलावा फेसन शो आदिका लागि दैनिक आधारमा पैसा दिइन्छ । यदि कोही एकदम राम्रो र सफल मोडल छन् भने प्रति शो ५ देखि १० हजार रुपैयाासम्म कमाउन सक्छने । साथै विज्ञापन फिल्ममा ४०–५० हजारसम्म पनि कमाउन सक्छन् । एउटा मोडलको फि उसको रेटिंग र अनुभवमा निर्भर गर्दछ । 

 Image