Successfully Copied

छालाको सुरक्षा गर्ने उपाय

जाडो मौसममा थुप्रै समस्या देखापर्छन् । यसबीच वातावरणमा नरमपनको कमीसँगै छाला सुख्खा, कान्तिहीन हुन्छ र छालामा पाप्रा आउँछ । जाडोमा चिसोकै कारण घरबाहिर निस्कदा पनि सुरक्षित हुन सकिँदैन । यसबाहेक घरमा प्रयोग गरिने हिटर तथा तापमान नियन्त्रण गर्ने अन्य कृत्रिम उपकरणले पनि छालाको

छालाको सुरक्षा गर्ने उपाय

जाडो मौसममा थुप्रै समस्या देखापर्छन् । यसबीच वातावरणमा नरमपनको कमीसँगै छाला सुख्खा, कान्तिहीन हुन्छ र छालामा पाप्रा आउँछ । जाडोमा चिसोकै कारण घरबाहिर निस्कदा पनि सुरक्षित हुन सकिँदैन । यसबाहेक घरमा प्रयोग गरिने हिटर तथा तापमान नियन्त्रण गर्ने अन्य कृत्रिम उपकरणले पनि छालाको नरमपन सोस्छ । छालाको नरमपन तथा कान्ति फर्काउन निम्न कुरामा ध्यान पुर्‍याउनुपर्छ । 

छालालाई मोइस्चराइजर गर्नुपर्छ 

नुहाएपछि मोइस्चराइजर लगाउँदा शरीरमा तेलको उत्पादन बढ्छ । चिसो हावाबाट छालालाई सुरक्षा प्रदान गर्न मोइस्चराइजर क्रिम प्रयोग गर्नुपर्छ । शरीरमा लगाइने एन्टिइजी ओयली स्किन, ड्राई स्किनसहित विभिन्न किसिमका मोइस्चराइजर क्रिम बजारमा उपलब्ध छन् । तीमध्ये आफ्नो छालाको प्रकृतिअनुरूप कुनै पनि क्रिम छनोट गर्न सकिन्छ । 

खानपान : छालाको शुष्कताको समस्या पौष्टिक खानपान, माछा, ओमेगा थ्री तथा ओमेगा छ आदिको सेवनबाट हटाउन सकिन्छ । सोरायसिस र एक्जिमा जस्ता छालाका संक्रामक रोगको सामना गर्न शरीरको प्रतिरक्षा प्रणालीलाई चुस्त राख्नुपर्छ । आफ्नो भोजनमा अंगुर, गाजर, पालक, बदाम, अण्डा, माछा आदि समावेश गर्नुपर्छ । यी सबै मिटामिन तथा ओमेगा थ्रीका राम्रा स्रोत हुन् । 

स्किन बस्टर्स : आफ्नो व्यस्त दिनचर्या वा कामकाजका कारण छालालाई स्वस्थ राख्न असमर्थ हुनेहरूले आफ्नो छालाको नरमपन कायम राख्न स्किन बस्टर्स प्रयोग गर्नुपर्छ । छालाको नरमपन र चमक कायम राख्न रेस्टिलेन बाइटल एउटा राम्रो विकल्प हो । नयाँ जमानाको डर्मल फिलर रेस्टिलेन बाइटलले केही मिनेटमै राम्रो परिणाम दिन्छ । हाइड्रोलिक ह्यालुरोनिक एसिडमा पर्याप्त जल जोगाउने र अवशोषित गर्ने क्षमता हुन्छ, यसले एक वर्ष छालाको चमक र कोमलता कायम राख्छ । ह्यालुरोनिक एसिड जेल माइक्रोइजेक्सनको सहायताले छालाको बाहिरी तहमा राखिन्छ । यसले छालालाई भित्रबाटै नरम बनाउँछ । 

सनस्क्रिन : सनस्क्रिनको प्रयोग गर्मी मौसममा मात्र होइन जाडोमा पनि गर्नुपर्छ । छालालाई कुनै पनि क्षतिबाट जोगाउन शरीरको खुल्ला भागमा १५ भन्दा बढी एसपीएफको सनस्क्रिन प्रयोग गर्न सकिन्छ । 

अन्य कुरा : ऊनी र अन्य रफ पहिरनको सीधा सम्पर्क छालामा हुनु हुँदैन । कम्मरमुनिको भागमा  नरम पहिरन लगाउनुपर्छ भने माथि ज्याकेट र स्वेटर लगाउनुपर्छ । कुनै ऊनी वा चिलाउने वस्त्र लगाउने हो भने त्यसमुनि कटन लाइनर लगाउँदा चिलाउने समस्या हुँदैन । 

 

 Image