Successfully Copied

मागी विवाहपछि

प्रेम गर्ने वा मनपरेको जीवनसाथी खोज्ने सपना धेरैको हुन्छ । आफूले खोजेजस्तै जीवनसाथी मिल्यो भने नै दाम्पत्य जीवन सुखमय हुनसक्छ ।

प्रेम गर्ने वा मनपरेको जीवनसाथी खोज्ने सपना धेरैको हुन्छ । आफूले खोजेजस्तै जीवनसाथी मिल्यो भने नै दाम्पत्य जीवन सुखमय हुनसक्छ । अहिले धेरैजसो युवा डेटिङका माध्यमबाट प्रेमको खोजी गरिरहेका हुन्छन् । यसबाट उनीहरू विवाहअघि नै आफ्नो पार्टनरका बारेमा सम्पूर्ण कुरा जानकारी राख्छन् । एक–अर्काको प्रवृत्ति, मन पर्ने/नपर्ने कुरा आदि थाहा पाउँछन् । यस अवधिमा उनीहरू एक किसिमले एक–अर्काको आनीबानीप्रति पनि अभ्यस्त भैसकेका हुन्छन् । 

यद्यपि सबैको प्रेम विवाह नै हुन्छ भन्ने हुँदैन । अझ हाम्रो संस्कृति, परम्पराले मागी विवाहलाई नै स्वीकार गरेको छ । यस्तो अवस्थामा अपवादबाहेक केटाकेटी आपसमा विवाहपूर्व घुलमिल हुन पाएका हुँदैनन् । उनीहरूलाई एक–अर्काको आनीबानी थाहा हुँदैन । त्यसैले विवाहपछि कतिपय असमझदारी पैदा भएर वैवाहिक जीवनमा फाटो आउने सम्भावना पनि हुन्छ । यद्यपि मागी विवाहबाट पनि दाम्पत्य जीवन सुखमय हुन्छ । मागी विवाहको सुरुवाती दिनमा केही तनाव, चिन्ता वा द्विविधामा पर्न सकिन्छ किनभने नयाँ व्यक्तिसँग आफ्नो जीवन साझा गर्नु नौलो अनुभव हो । यस्तो अवस्थामा सम्बन्ध सहज–सुमधुर राख्ने केही उपाय छन् । 

प्रेमपूर्ण व्यवहार 

एक–अर्काको आनीबानीका सम्बन्धमा अभ्यस्त भैनसकेको अवस्थामा पनि प्रेमपूर्वक व्यवहार गर्न सकिन्छ । यस किसिमको व्यवहार सबैका निम्ति स्वीकार्य हुन्छ । सहज सम्बन्ध स्थापित गर्न उपहार आदान–प्रदान पनि एउटा राम्रो माध्यम हुनसक्छ । त्यसैले पार्टनरको मनोविज्ञान बुझेर उसलाई कस्तो उपहार मन पर्छ, त्यही किसिमको उपहार दिनु राम्रो हुन्छ । 

एक साँझ यस्तो होस्

मागी विवाहपछि आफ्नो पार्टनरलाई महसुस हुनुपर्छ कि, साथीलाई कति प्रेम गरिन्छ । त्यसैले एउटा यस्तो साँझको योजना बनाउनुपर्छ जसले जीवनमा नयाँ उमङ्ग सञ्चार गर्न सकोस् । एक किसिमले त्यो पहिलो डेट हुनेछ । 

एक–अर्कालाई सुनौं 

महिलाका लागि यो काम केही कठिन हुनसक्छ । धेरैजसो महिला बोलिरहन रुचाउँछन् । त्यसैले आफ्नो पार्टनर पनि बोल्न रुचाउँछ भन्ने कुरा बुझौं । 

खास स्थान 

हनिमुनका लागि कति राम्रो स्थानमा गइन्छ त्यो महत्वपूर्ण कुरा होइन । बरू यो कुरा ध्यानमा राख्नुपर्छ कि हनिमुन जीवनमा एकपटक मात्र अनुभव गर्ने कुरा हो । यस्तो अवसर फेरि कहिल्यै प्राप्त हुँदैन । त्यसैले हनिमुनलाई स्मरणीय बनाउनु आवश्यक छ । 

क्यामेरा नभुलौं 

हुन त अहिलेको समयमा क्यामेरा सामान्य कुरा भएको छ । यद्यपि हामी यस्ता सामान्य कुरामा उति ध्यान दिँदैनौं । हनिमुनका लागि कतै जानुपूर्व क्यामेरा छुट्न सक्छ । राम्रो क्वालिटीको मोबाइल क्यामेराको माध्यमबाट पनि सम्झन लायक क्षणहरूलाई समेट्न सकिन्छ । 

प्रशंसा गरौं

आफ्नो पार्टनरको पहिरन एवं कुनै कामको प्रशंसा गर्दा पनि सम्बन्धमा सकारात्मक प्रभाव पर्छ । मागी विवाहको सन्दर्भमा त यो अझ बढी प्रभावकारी हुन्छ । 

साथसाथ मस्ती 

हनिमुनका क्रममा एक साथ मस्ती गर्नुपर्छ । यस्तो खेल खेल्नुपर्छ जुन दुवैलाई मनपर्छ । साथै हामा हात राखेर हिँड्दा पनि सम्बन्ध थप प्रगाढ हुन्छ ।

संवाद 

मागी विवाह सफल बनाउन इमान्दारीपूर्वक एवं खुलस्त संवाद गर्नुपर्छ । नयाँ पार्टनरलाई आफ्ना बारेमा धेरै कुरा थाहा हुँदैन । त्यसैले सबै विषयमा खुलेर कुरा गर्नुपर्छ ।

 Image