Successfully Copied

चिसो होइन एलर्जी

ऊनीको वस्त्र लगाउँदा अनुहारमा रेडनेस, स्वेलिङ, स्केली, नाक बन्द हुने, छाला चिलाउने, र्‍यासेज आउनेजस्ता समस्या देखिए ऊनको एलर्जी भएको बुझ्नुपर्छ ।

ऊनीको वस्त्र लगाउँदा अनुहारमा रेडनेस, स्वेलिङ, स्केली, नाक बन्द हुने, छाला चिलाउने, र्‍यासेज आउनेजस्ता समस्या देखिए ऊनको एलर्जी भएको बुझ्नुपर्छ  । यस्तो समस्या हातखुट्टामा बढी देखा पर्छ । चिकित्सकहरूका अनुसार एलर्जी हुने मुख्य कारण छाला सुख्खा हुनु हो । यो एलर्जी ऊन र छालाको रौंबीच हुने घर्षणका कारण हुन्छ । यस क्रममा स–साना दाना निस्कन्छन् र लगातार चिलाउँछ । जाडोमा एलर्जी हुनुको अर्को कारण छाला ऊनको सीधा सम्पर्कमा आउनु पनि हो । यसबाट आटिकेरिया समस्या हुन्छ । आटिकेरियाबनट प्रभावित छाला रातो हुन्छ र पोल्नुका साथै धेरै चिलाउँछ । कसैकसैमा ऊनीका कपडाकै कारण नाक तथा आँखाबाट पानी बग्छ । यस्तो समस्या चिसोले समातेको नभएर छालाको एलर्जीका कारण उत्पन्न भएको हुनसक्छ । 

समाधान : ऊनीको एलर्जीको कुनै स्थायी औषधि छैन । यसमा कतिपय औषधिले थोरै समयका लागि राहत प्रदान गर्छन् । औषधिको प्रभाव सकिनेबित्तिकै फेरि समस्या हुन्छ । जसलाई ऊनीको एलर्जी छ उसले कटनको फसस्लिभ इनर लगाउनुपर्छ । यसबाट वुलन छालाको सीधा सम्पर्कमा आउँदैन र एलर्जीबाट जोगिन सकिन्छ । हरेक ऊनी कपडा एलर्जीको कारण हुँदैन । मोइस्चराइजरको नियमित प्रयोग गर्दा केही ऊनी कपडाको एलर्जीबाट जोगिन सकिन्छ । नुहाएपछि शरीरमा मोइस्चराइजर लगाउँदा राहत प्राप्त हुन्छ । 

ध्यान दिने कुरा 

–एलर्जी भएको छालामा ओलिभ आयलले मसाज गर्नु फाइदाजनक हुन्छ । 

–मोइस्चराइजरयुक्त साबुन प्रयोग गर्नुपर्छ । 

–फलफूल वा तरकारी सेवन गर्नुपर्छ । 

–भिटामिन ईयुक्त नाइट क्रिमबाट आफ्नो अनुहारको सुरक्षा गर्नुपर्छ भने बाँकी शरीरमा मोइस्चराइजर प्रयोग गर्नुपर्छ । 

–धेरै तातोपानीले नुहाउनु हुँदैन । हल्का भिजेको शरीरमा मोइस्चराइजर प्रयोग गर्नु उपयुक्त हुन्छ । सुख्खा छालामा ग्लिसरिन र गुलाबजल मिसाएर मोइस्चराइजरका रूपमा प्रयोग गर्न सकिन्छ । 

 Image