Successfully Copied

सरिना स्थापित, मिस नेवा

आफ्नो धर्म–संस्कृतिलाई माया गर्ने त्रिपुरेश्वर निवासी सरिना स्थापित २०१५ कि मिस नेवा हुन् । मोडलिङमा रुचि भएकै कारण मिस नेवामा भाग लिएकी स्थापितले भर्खरै ब्याचलर पूरा गरेकी छिन् । मोडलिङ तथा फोटोसुटहरूमा रमाइरहेकी सरिनालाई फिल्म–म्युजिक भिडियो आदिमा अभिनय गर्ने रहर छैन तर

आफ्नो धर्म–संस्कृतिलाई माया गर्ने त्रिपुरेश्वर निवासी सरिना स्थापित २०१५ कि मिस नेवा हुन् । मोडलिङमा रुचि भएकै कारण मिस नेवामा भाग लिएकी स्थापितले भर्खरै ब्याचलर पूरा गरेकी छिन् । मोडलिङ तथा फोटोसुटहरूमा रमाइरहेकी सरिनालाई फिल्म–म्युजिक भिडियो आदिमा अभिनय गर्ने रहर छैन तर र्‍याम्पमा भने बिस्तारै लाग्ने चाहना छ । सानैदेखि उपन्यास पढ्न रुचाउने सरिना फिक्सन, ननफिक्सनका साथै योंग एडल्टहरूका उपन्यासहरू पढ्छिन् । भविष्यमा उपन्यासकार बन्ने सपना पालेकी स्थापित कथा एवं कविता लेख्छिन् । साहित्यप्रतिको रुचिकै कारण उनी पुस्तक खरिदमा बढी पैसा खर्च गर्छिन् । आफू चलचित्रमा देखिने चाहना नभए पनि अंग्रेजी चलचित्रहरू भने हेरिरहेकी हुन्छिन् । उनी अंग्रेजी गीत नसुनी कुनै काम गर्न सक्दिनन् । घरायसी काममा आमालाई सहयोग गर्छिन् तर खाना पकाउन भने त्यति जाँगर गर्दिनन् । खानामा उनको अचम्मको रुचि छ । कहिल्यै तरकारी नखाने सरिनालाई भुजाका साथमा पनि चीज अनिवार्य चाहिन्छ । भ्रमण गर्न मन पराउने सरिनालाई नेपालगञ्ज, पोखरा, रसुवा, सौराहा, नगरकोट, धुलिखेल आदि मन परेका गन्तव्य हुन् । स्किन केयरका लागि प्रशस्त पानी पिउने सरिना महिनामा एकपटक क्लिन्जिङ गराउँछिन् । भविष्यमा विजनेस वुमन बन्ने लक्ष्य लिएकी सरिना साहित्यबाट आफूलाई परिचित गराउने धुनमा छिन् ।

मेकअप तथा हेयर स्टाइल : जुनु चक्रधर, जुम ब्युटिपार्लर एण्ड ट्रेनिङ सेन्टर, कुपन्डोल

पहिरन : पिजे कलेक्सन, सिभिल महल तथा कुमारीपाटी

तस्बिर : महेश प्रधान

 Image