Successfully Copied

सौगात मल्ल – नाट्यकर्मी

नेपाली नाटक क्षेत्रवाट आफ्नो क्यारीयर शुरु गरेर नेपाली चलचित्रमा नायकका रुपमा देखा परेका सौगात मल्ल धेरैलाई मनपर्ने कलाकार मध्य एक हुन् । उनको अभिनय हेर्दा यथार्थ र जीवन्त देखिन्छ । उनीसंग नारीले महिलाको विषयमा केही कुरा खोतल्ने प्रयाश गरेका छौं ।

तपाईंको आदर्श महिला ? 

आमा । 

जीवनमा महत्व राख्ने महिला ? आमा र मेरो अभिनय रुचाउने दर्शकहरु .

तपाईंको नजरमा नारी सुन्दरता ? 

मन राम्रो भए बाहिरी रुपमा नराम्रो भए पनि उ सुन्दर नै कहलिन्छ । मेरो विचारमा बाहिरी सुन्दरता क्षणिक मात्र हुन्छ । मुख्यत भित्रीरूपमा सुन्दर हुनुपऱ्यो । 

अर्काे जन्ममा महिला भएर जन्मन पाए ? 

महिलाहरुले जति पीडा भोग्न सक्छन् र सहनशिल हुन्छन् । त्यो हेरेर म महिला भएर बाँच्न सकुँला जस्ता लाग्दैन ।  

कस्ता युवती प्रति तपाईं आकर्षित हुनुहुन्छ ?

कुरा नलुकाउने, नक्कल र नखरा नदेखाउने । 

पुरुषको सफलतामा कुनै महिलाको हात हुन्छ भन्छन् नि ? 

यो कुरा पक्कै सत्य हो । मेरो सफलतामा मेरो आमाको ठूलै हात छ । 

नारी जातीको तीन विशेषता ?

लज्जा, सहनशिलता र माया । 

महिलाका कुन कुराले तपाईंलाई दिक्क तुल्याउँछ ? 

धेरै शंका गर्ने र सानो कुरालाई पनि ठूलो गरि भन्ने । 

 Image