मिस ग्लोब २०२४’ को उत्कृष्ट १५ मा मोनिका
रनवे मोडलको परिचय बनाउन सफल मोनिका अधिकारी अन्तर्राष्ट्रिय सौन्दर्य प्रतिायोगिता ‘मिस ग्लोब–२०२४’ मा उत्कृष्ट १५ औं स्थान हासिल गर्दै अन्तर्राष्ट्रिय स्तरमा परिचित भएकी छिन् ।
मनपर्ने रंग : सुन्तला र नीलो ।
मनपर्ने पहिरन : साडी ।
पार्टी वेयर : वानपिस ।
आफ्नो बेडिङ ड्रेस : अहिलेसम्म सोचेकी छैन । पक्कै डिजाइनर साडी ।
एसेसरिज : क्लासिक गहना मनपर्छ तर कलेक्सनका लागि नेकलेस, इयररिङहरू भने किनिरहन्छु र त्यसलाई पार्टी वेयरमा प्रयोग गर्छु ।
कस्मेटिक्स : म्याक ।
ब्यागमा सधैं : लिपग्लस, कम्प्याक्ट पाउडर, क्रेडिट कार्ड र पारिवारिक फोटो ।
फेसन सुझाव : धेरै एसेसरिज लगाएर कार्टुन देखिनुभन्दा कम लगाएर राम्रो देखिनु राम्रो । सस्तो धेरै किनेर लगाउनुभन्दा एउटै राम्रो किन्नु उचित लाग्छ ।