Successfully Copied

युवामा सकारात्मक गुणको विकास

कसैले आफ्ना बारेमा नकारात्मक टिप्पणी गर्‍यो भने त्यसलाई बिर्सनु नै उत्तम हुन्छ । आफ्ना बैगुन वा नकारात्मक कुरा कम गर्दै क्षमतालाई उजिल्याउँदै साथीहरूसँगको मित्रता अघि बढाउनु राम्रो हुन्छ । आशावादी व्यक्तिले हरेक कुरालाई सकारात्मक दृष्टिले हेर्छ भने निराशावादी व्यक्तिले राम्रै कुरालाई पनि नकारात्मक

युवामा सकारात्मक गुणको विकास

कसैले आफ्ना बारेमा नकारात्मक टिप्पणी गर्‍यो भने त्यसलाई बिर्सनु नै उत्तम हुन्छ । आफ्ना बैगुन वा नकारात्मक कुरा कम गर्दै क्षमतालाई उजिल्याउँदै साथीहरूसँगको मित्रता अघि बढाउनु राम्रो हुन्छ । आशावादी व्यक्तिले हरेक कुरालाई सकारात्मक दृष्टिले हेर्छ भने निराशावादी व्यक्तिले राम्रै कुरालाई पनि नकारात्मक दृष्टिले हेर्छ । सकारात्मक व्यक्तिसँगको सम्बन्धबाट आफूमा पनि सकारात्मक गुणको विकास हुन्छ । 

कसैले आफूलाई केही सहयोग गरे उसलाई धन्यवाद भन्न बिर्सनु हुँदैन । अरूको राम्रो गुणको प्रशंसा गर्नुपर्छ । कन्फ्युसियस भन्छन्, ‘तिमी अरूसित त्यस्तो व्यवहार नगर जुन अरूले तिमीसित गर्‍यो भने तिमीलाई मन पर्दैन ।’ त्यसकारण अरुबाट जे–जस्तो कुरा प्राप्त गर्ने चाहना छ आफूले पनि त्यस्तै व्यवहार गर्नुपर्छ । राम्रा भाव वा विचारहरूलाई सँगालेर राख्नुपर्छ । तनाव भएका बेला ती कुरालाई सम्झेर तनावमुक्त एवं लक्ष्यतर्फ उन्मुख हुन सकिन्छ । 

आफूलाई चिनेर, आफ्ना गुणदोष एवं सबल–दुर्बल पक्षहरू विचार गरेर जीवनको लक्ष्य निर्धारण गर्नुपर्छ । स्वपहिचानपछि गरिएको लक्ष्य निर्धारण सदैव फलदायी हुन्छ ।

 Image