तिहार : दिदीभाइ तथा दाजुबहिनीको प्राइभेट चाड
सानैदेखि अहिलेसम्म कान्ति र उनका दाइबीच कुनै कुरामा मनमुटाव भएको छैन । उनीहरू खुसीका साथ उन्नतिको मार्गमा अघि बढिरहेका छन् । जताततै झिलिमिली हुने, लक्ष्मीको पूजा गरिने, देउसी भैली आदि कारणले गर्दा कान्तिलाई तिहार विशेष मन पर्छ ।
बहिनी कान्ति थापा, प्रशासनिक निर्देशक, के ल्याब
दाइ ज्योतिबहादुर गुरुङ, प्रहरी निरीक्षक
तस्बिर: महेश प्रधान
सानैदेखि अहिलेसम्म कान्ति र उनका दाइबीच कुनै कुरामा मनमुटाव भएको छैन । उनीहरू खुसीका साथ उन्नतिको मार्गमा अघि बढिरहेका छन् । जताततै झिलिमिली हुने, लक्ष्मीको पूजा गरिने, देउसी भैली आदि कारणले गर्दा कान्तिलाई तिहार विशेष मन पर्छ । त्यो भन्दा पनि ठूलो कुरा दाइलाई टीका लगाउन र आफ्नै हातले विभिन्न परिकार बनाएर ख्वाउन पाइने भएकाले तिहार उनलाई मन परेको हो । १५ दिनअघिदेखि नै उनी तिहारको तयारीमा जुट्छिन् । कान्ति तथा उनका दाइ ज्योति तिहारलाई दिदीभाइ तथा दाजुबहिनीको प्राइभेट चाड भन्न पनि रुचाउँछन् । बहिनी कान्तिको हातबाट तिहारको टीका थाप्न ज्योति उनको घरमा पुग्छन् । तीन–चार वर्षको तिहारमा कान्ति अमेरिकामा भएकीले ज्योतिले निधार खाली राख्नुपरेको थियो । त्यतिबेला बहिनी धेरै मिस भएको उनले बताए । फोनमै कुरा गरेर चित्त बुझाउनुपरेको थियो ।
तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्