३३ वर्षे यात्रा गाथा
सम्बन्धलाई तरोताजा र फ्रेस राख्न आज पनि यो जोडी घरपरिवार, आमाबुवा, सासू–ससुरा, छोराछोरी कसैलाई थाहै नदिई सुटुक्क यात्रामा त कहिले मुभी हेर्न निस्कन्छ ।
नेपालकी प्रथम राष्ट्रपति बिद्यादेवी भण्डारीलाइ हार्दिक बधाइ तथा शुभकामना । व्यवस्थापिका संसदमा बुधबार भएको निर्वाचनमा ३२७ मत ल्याएर उनी विजयी भएकी हुन् । उनी नेपालको पहिलो महिला राष्ट्रप्रमुख बनेकी छन् ।
कांग्रेसका पुराना नेता कुलबहादुर गुरुङलाई पराजित गर्दै विद्या राष्ट्रपति निर्वाचित भएका हुन् । सभामुख ओनसरी घर्तिले संसदका ५९७ सदस्यमध्ये बहुमत प्राप्त गरेर भण्डारी निर्वाचित भएको घोषणा गरिन् । विजयी भएपछि व्यवस्थापिका संसद भवनमा पत्रकारहरुसित कुरा गर्दै नवनिर्वाचित राष्ट्रपति भण्डारीले आफूले संविधानको रक्षा गर्ने प्रतिक्रिया दिइन् ।
