मिटरब्याजीको दुःख
मिटरब्याजी साहूबाट उन्मुक्ति पाउनुपर्ने भन्दै पूर्वको झापा र पश्चिम कञ्चनपुरदेखि पैदल हिँडेर २३औं दिन उपत्यका प्रवेश गरेका मिटर ब्याज पीडितहरूको न्याय मार्च ४२ औं दिन पुग्दासम्म पनि जारी छ । अधिकांश पीडित महिला छन् ।
रीचा शर्मा, नायिका
दसैंको नाम सुन्ना साथ मलाई तास खेल्नै हतार हुन्छ । अरु बेला तास नखेल्ने भएकोले पनि तास खेल्न दसैं नै कुर्नु पर्छ । दसैुं अधिल्लै देखि हाम्रो घर तिर तासको माहौल बनि सक्छ । घरमा वा काकाको घरमा गएर तास खेल्ने गर्छौं । मलाई म्यारीज त आउँदैंन त्यसैले फँलास खेल्छु । फँलास भने म एकदमै मनपर्छ । काका, काकी, दिदी, भिनाजु, दाइको छोरी, फुफू सबै संगै बसेर तास खेल्छौं । तासमा म कहिले लक्की भइन । तर जति पैसा राखेर खेलेको हुँ त्यति नै लिएर उठ्छु । पहिले भने सधैं हार्छु । दिदीहरु भने एकदमै जित्ने खाले छन् । अहिले पनि दसैंमा तास खेल्न बस्यो कि बाल्यकालको तास खेल्न बसेको क्षण सम्झिन्छु । तास खेल्यो भने हार्ने र हाऱ्यो भने रुने गर्थें । बुबाले बच्चाहरुको पैसा फिर्ता लिउ भनेर फिर्ता दिन्थे । अहिले भने जितेकाहरुले खाना खान जाने, फिल्म हेर्ने लाने, घुम्न लाने गर्छौं । यो पटक म्यारीज सिक्ने धुनमा छु । कतिपटक त यो त म्यारीज खेल्न जादैंन उठ भनेर उठाएको क्षणले गर्दा म्यारीज सिक्न तम्सेकी हुँ । त्यसैले पनि यस पटक दसैं छिटो आवोस् भन्ने लागि रहेको छ ।
