Successfully Copied

शैक्षिक गतिविधि सहज बनाउन कार्यशाला

गत महिना भूकम्पीय त्रासलाई न्यूनीकरण गर्ने उद्देश्यले रातो बंगला फाउन्डेसन एवं कारखानाको सहकार्यमा युरो इन्टरनेसनल स्कुल काँडाघारीद्वारा विभिन्न स्कुलका शिक्षिकाहरूलाई सहभागी गराई दुई दिने कार्यशाला सम्पन्न गरियो ।

शैक्षिक गतिविधि सहज बनाउन कार्यशाला 

गत महिना भूकम्पीय त्रासलाई न्यूनीकरण गर्ने उद्देश्यले रातो बंगला फाउन्डेसन एवं कारखानाको सहकार्यमा युरो इन्टरनेसनल स्कुल काँडाघारीद्वारा विभिन्न स्कुलका शिक्षिकाहरूलाई सहभागी गराई दुई दिने कार्यशाला सम्पन्न गरियो । कार्यशाला प्राकृतिक विपत्तिका कारण बालबालिकाहरूमा त्रास र मनोवैज्ञानिक विचलन आएकाले लामो बिदापछि विद्यालय सञ्चालन गर्नुपूर्व अपनाउनुपर्ने पूर्वसतर्कतालाई ध्यानमा राख्दै विद्यार्थी तथा अभिभावक वर्गमा रहेको चिन्ता एवं चासोलाई समेत कसरी सम्बोधन गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित थियो । तालिममा गोठाटार, मूलपानी, काँडाघारी, पेप्सिकोला टाउन प्लानिङ, कोटेश्वर, भैंसेपाटी आदि क्षेत्रका निजी तथा सामुदायिक गरी २८ विद्यालयका करिब ५ सय ६० जना शिक्षिकाको सहभागिता थियो । 

 

 Image