Successfully Copied

मिक्स्चरको रेखदेख

समय परिवर्तनसँगै मिक्स्चर पनि भान्साको अभिन्न अङ्ग बनेको पाइन्छ । भान्सामा हुने धेरैजसो काम मिक्स्चरबाटै हुन थालेको छ ।

समय परिवर्तनसँगै मिक्स्चर पनि भान्साको अभिन्न अङ्ग बनेको पाइन्छ । भान्सामा हुने धेरैजसो काम मिक्स्चरबाटै हुन थालेको छ । मिक्स्चर नहुँदा अदुवा, लसुन एवं अन्य मरमसला सिलौटामा धेरै समय लगाएर पिस्नुपथ्र्यो । नेवारी समुदायका हरेक चाडपर्वमा नभै नहुने बाराका लागि दिनभरि मास पिस्ने काम मिक्स्चरले गर्दा केही मिनेटमै सम्पन्न हुन थालेको छ । मिक्स्चर घरमै जुस बनाउन पनि निकै उपयोगी छ । बहुउपयोगी मिक्स्चरलाई लामो समय टिकाइराख्न राम्रो रेखदेख आवश्यक हुन्छ ।

मिक्स्चर चलाउनुअघि जार ठीक तरिकाले लक गर्नुपर्छ अन्यथा ब्लेड भाँचिने सम्भावना हुन्छ ।

मिक्स्चरमा तातो कुरा राखेर चलाउनुहुँदैन ।

मिक्स्चर चलाउँदा फूल स्पिडमा नचलाउने र चलाएपछि फूल स्पिडमै बन्द पनि नगर्ने । यसो गर्दा मेसिनमा बढी जोड पर्छ र बिग्रने सम्भावना पनि उत्तिकै हुन्छ ।

लामो समय टिकाउन सानो, मध्यम, हाई  फेरि हाईबाट मध्यम, मध्यमबाट सानो गर्दै बन्द गर्नुपर्छ । 

मिक्स्चर चलाउँदा जारको बन्द बिर्काेमाथि हात राख्नुपर्छ ।

मिक्स्चरको जारमा आधा भागभन्दा बढी सामग्री राख्नुहुँदैन । आधाभन्दा बढी सामान राखेर जार चलाउँदा मिक्स्चरको मेरिनमा दबाब बढेर राम्रोसँग पिसिँदैन ।

प्रयोगपछि मिक्स्चरको प्लग निकालिदिने र राम्रोसँग पुछी बन्द गरेर राख्नुपर्छ । 

कुनै लेदो चीज पिसेपछि मिक्स्चरको जारमा पानी हालेर एकपटक चलाउने जसले गर्दा ब्लेडमा जमेको चीज सजिलै सफा हुन्छ ।

मिक्स्चर एकपटकमा १० देखि १५ मिनेटसम्म मात्र चलाउनुपर्छ ।

मिक्स्चरको काम सकिएपछि प्याक गरेर बालबालिकाहरूको पहुँचभन्दा टाढा राख्नुपर्छ । 

 

 Image