छोराको बिहे
तपाईंसँग निकै रिस उठेको छ, दिदी । राम्रो गर्नु भएन, कतै केटी नपाएर विचारधारा नै नमिल्ने परिवारसँग नाता जोड्न लाग्नु भएछ त । तिनले धेरै दाइजो दिन्छन् भनेर टीकोटालो गरेको त होइन उमेशको ?

टीका पुन
२०६५ मा जलैसी जमुना शीर्षकको तीज एल्बम लिएर बजारमा आएपछि तीज गीतमै रमाइरहेकी गायिका हुन्, टीका पुन । हुन त उनी २०५७ सालदेखि नै सुर्खेतमा बागिना समूहबाट गीत गाउँदै आएकी हुन् । पुनले काठमाडौं आएर दोहोरी साँझमा काम गरिन् । लालुपाते फूल छैन रुख मात्रै, बेसाहारेको मन छैन मुख मात्रै गीतबाट चर्चित टीकाले ३ दर्जनभन्दा बढी तीज गीत बजारमा ल्याइसकेकी छिन् । पुन असारदेखि नै तीज गीतको रेकर्डिङमा व्यस्त छिन् । यसपटक उनले तीज गीतमा राष्ट्रिय भावनालाई पनि समेटेकी छिन् । आँखैमा गाजल लाउँदिन मैले, त्यसै छन् काली नैन बरी लै, हिमालको छोरी त्यसै गोरी, चाहिँदैन भो ऐना बरि लै उनका लोकप्रिय तीज गीत हुन् । कार्यक्रम लिएर जापान, इजरायल, हङहङ, भारत आदि मुलुक पुगिसकेकी टीका यसपटक नेपालमै तीज मनाउने तयारीमा छिन् ।
तस्बीर ः महेश प्रधान
पहिरन : प्रेमदेव, टिपाज कलेक्सन,
मेकअप तथा हेयर : दीपा शाही, ब्युटी दिभा, कालिमाटी
लोकेसन : कुपण्डोल बैंक्युट, कुपण्डोल