Successfully Copied

स्वास्थ्यसँग जोडिएका केही भ्रम तथा सत्य

नोट: सर्जरी, खासगरी नाक, कान, घाँटीको सर्जरीको तुरुन्तै पछि अमिलो फल नखानु वेश हुन्छ ।

धेरै मानिसको स्वास्थ्यप्रति सचेत हुने बानी हुन्छ । धेरै सचेत बन्दा कतिपय अवस्थामा भ्रमको शिकार बन्नुपर्छ । स्वास्थ्यसँग जोडिएका यस्ता भ्रमको मिथक तथा तथ्यका बारेमा केही जानकारी यसप्रकार छन्– 

मिथक– मुटुका लागि टोम्याटो केचप फाइदाजनक हुन्छ । 

सत्य– गोलभेंडामा भएको लाइकोपनले मुटु रोगको खतरा कम गर्छ । घरमै बनाएको केचप मुटुका लागि लाभदायी भए पनि बजारमा बनाएको केचपमा सोडियम तथा चिनीको मात्रा धेरै हुन्छ जसले मुटुमा नोक्सान पुर्‍याउन सक्छ । 

मिथक–कार्बोहाइड्रेड खराब हुन्छ । 

सत्य–शरीरमा ऊर्जाका लागि ग्लुकोजको आवश्यकता पर्छ । ग्लुको कम्प्लेक्स कार्बोहाइड्रेड, ब्राउन राइस तथा कार्बोहाइड्रेडयुक्त खानेकुराले शरीरमा ऊर्जा कायम राख्छ । तौल कम गर्न ह्वाइट ब्रेड, चिनी, मैदा, भात आदि हाइली रिफाइन्ड कार्बोहाइड्रेड खानुहँुदैन । 

मिथक–अंगुर, कागती तथा सुन्तला खाए शल्यक्रियाको घाउ छिटो निको हँुदैन । 

सत्य–अमिलो फलमा पाइने भिटामिन सीले टाँका छिटो सुकाउन मद्दत गर्छ । तर सोडा, केरा आदिमा पाइने कार्बोनिक एसिडले टाँका कमजोर बनाउने भएकाले घाउ ठीक हुन समय लाग्छ । 

नोट: सर्जरी, खासगरी नाक, कान, घाँटीको सर्जरीको तुरुन्तै पछि अमिलो फल नखानु वेश हुन्छ । 

मिथक–रातमा नरिवल पानी पिए एसिडिटी हुन्छ । 

सत्य–नरिवल पानीले शरीरलाई शीतल बनाउँछ । साथै एसिडिटी तथा छाती पोलेमा पनि नरिवल पानी पिउने सल्लाह दिइन्छ । यसले पेटको पीएच ब्यालेन्स बनाइराख्छ । नरिवल पानीले डिहाइड्ेरेसनबाट बचाउनुका साथै पाचनमा पनि मद्दत गर्छ । 

मिथक– चकलेट खाएमा एक्नेको समस्या हुन्छ । 

सत्य–कुनै पनि कुरा आवश्यकता भन्दा धेरै खानु फाइदाजनक हुँदैन । यसैगरी चकलेट पनि धेरै खाए एक्नेको समस्या हुनसक्छ तर थोरै मात्रामा चकलेट खाँदा भने खासै फरक पर्दैन । 

मिथक–खानापछि फल खानु राम्रो हुन्छ । 

सत्य–खानापछि फल खाए डाइजेसन, ग्यास तथा एसिडिटीको समस्या हुनसक्छ । त्यसैले हेभी खाना खाएको कम्तीमा पनि एक घन्टापछि मात्र फल खानु वेश हुन्छ ।

मिथक–गर्भवती महिलाका लागि मेवा खानु हानिकारक हुन्छ । 

सत्य–मेवाले गर्भपतन हुन्छ भनेर गर्भवती महिलालाई मेवा नखान सल्लाह दिइन्छ । काँचो मेवामा पाइने तत्वले गर्भाशय खुम्चन सक्छ । तर पाकेको मेवामा भिटामिन तथा मिनरल्सको मात्रा पर्याप्त हुन्छ जसले छाती पोल्ने समस्या तथा कब्जियत हुनबाट रोक्छ । 

नोट: गर्भवती महिलाले चिकित्सकको सल्लाहमा मेवालाई आफ्नो डाइटमा समावेश गर्न सक्छन् । 

मिथक–बोसोरहित खानामा जिरो क्यालोरी हुन्छ । 

सत्य–बजारमा पाइने प्याक्ड खानामा फ्याट फ्रि लेखे पनि यसमा जिरो क्यालोरी भने हुँदैन । यसमा कम्तीमा पनि ३ ग्राम फ्याट हुन्छ । फ्याट फ्रि लेवल ग्राहकलाई आकर्षित गर्न लगाइएको हुन्छ । त्यसैले फ्याट फ्रि/जिरो क्यालोरीको लेवल लगाएको खाद्य पदार्थलाई संरक्षण गर्नका लागि ट्रान्स फ्याट प्रयोग गर्नुपर्छ । यो स्वास्थ्यका लागि हानिकारक हुन्छ । 

मिथक–बदाम, ओखर, काजु, पेस्ता तथा किसमिसले मोटोपन बढाउँछ । 

सत्य–यस्ता खानामा राम्रो गुणस्तरको चिल्लो हुन्छ । यो स्वास्थ्यका लागि जरुरी हुन्छ तर यसको सेवन आवश्यकता भन्दा बढी गरे तौल बढ्छ । किनभने यिनमा प्रतिग्राम सुगर क्यालोरी तथा कार्बोहाइड्रेडको मात्रा धेरै हुन्छ । त्यसैले फिट तथा स्वस्थ रहनका लागि खानामा नियमित तर थोरै–थोरै ड्राइफ्रुट्स समावेश गर्नुपर्छ ।

मिथक–दाल तथा पनीर सँगै खाएमा मोटोपन बढ्छ । 

सत्य–दाल तथा पनीर प्रोटिनको राम्रो स्रोत हो । यसले मांसपेशी बलियो बनाउनुका साथै तौल घटाउन पनि सहयोग पुर्‍याउँछ । विशेषज्ञका अनुसार तौल घटाउनका लागि २५ प्रतिशत क्यालोरी प्रोटिनको स्रोत मिल्नु जरुरी हुन्छ । यसका लागि दाल तथा पनीर मिसाएर खानु उत्तम हुन्छ । 

 Image