Successfully Copied

सञ्चिता लुईंटेल, नायिका

तीजका लागि नायिका संचिता लुईंटेलले बनाएका परिकारहरु

झानेको मसरुम चिल्ली

सामग्री  

मसरुम : आधा केजी 

गोलभेंडा : ३ वटा 

प्याज : १ वटा 

लसुन र अदुवाको पेस्ट : १ चम्चा 

क्याप्सिकन : १ वटा  

मेथी : थोरै

नुन : स्वादअनुसार

धनियाँ पाउडर, नुन, हिङ, मरिच तथा जिम्बु : स्वादअनुसार  

तेल : २ चम्चा 

विधि 

मसरुमलाई उसिनेर पानी निकाली तेलमा हल्का फ्राई गर्ने । अर्काे प्यानमा तेल तताएर मेथी पड्काएर हिङ हाल्ने । त्यसमा गोलो पारेर काटिएको प्याज तथा छड्के गरेर काटिएको क्याप्सिकन फ्राई गर्ने । त्यसमा उसिनेर मिक्सरमा ग्रान्ड गरी राखिएको टमाटर प्युरी पनि हाल्ने । नुन, धनियाँ पाउडर, मरिच, अदुवा, लसुनको पेस्ट हालेर फ्राई गर्ने । ग्रेभी तयार भएपछि मसरुम हाल्ने र सानो प्यानमा जिम्बु झानेर झ्वाईं पार्ने । 

 

मटर पनिर

सामग्री 

मटर : १ कप 

पनिर : आधा केजी 

बेसन पाउडर : २ चम्चा

टमाटर : १ वटा 

प्याज : १ वटा 

धनियाँ काटेको : १ चम्चा

जिराको धूलो : सानो आधा चम्चा

तेल : २ चम्चा

धनियाँको धूलो, मरिच, बेसार, दालचिनीको धूलो तथा तथा नुन : स्वादअनुसार

विधि 

पनिरलाई एउटै आकारमा काटेर फ्राई गरी निकालेर राख्ने । टमाटर, प्याज र धनियाँलाई मिक्सरमा मिक्स गरेर प्युरी बनाउने । अर्काे भाँडोमा थोरै पानी हालेर बेसन पकाउने । त्यसलाई प्युरीमा मिसाउने । कराहीमा तेल हालेर फ्राई पनिर, प्युरी, जिराको धूलो, धनियाँको धूलो, मरिच, दालचिनी तथा नुन हाल्ने अनि थोरै पानी हालेर मज्जाले पकाउने । 

 Image