Successfully Copied

स्वस्थ रहन वास्तु

सबै मानिस सधै स्वस्थ तथा खुसी रहन चाहन्छन् । चाहेर मात्र कुनै कुरा पूरा हुँदैन । घर व्यवस्थित गर्ने वास्तुसम्बन्धी नियम पालना गरे परिवारका सदस्यको

मनिष सापकोटा, ज्योतिष एवं वास्तुविद्

सबै मानिस सधै स्वस्थ तथा खुसी रहन चाहन्छन् । चाहेर मात्र कुनै कुरा पूरा हुँदैन । घर व्यवस्थित गर्ने वास्तुसम्बन्धी नियम पालना गरे परिवारका सदस्यको स्वास्थ्यमा सकारात्मक प्रभाव पर्छ ।

स्वस्थ जीवनका लागि वास्तुशास्त्रका केही आधारभूत नियममा ध्यान दिनु आवश्यक छ ।

यी नियम पालना गरे परिवारको स्वास्थ्य राम्रो हुन्छ ।

-    बिहान उठेर पूर्व दिशाका सबै झ्याल खोल्नुपर्छ । बिहानको सूर्यको किरण स्वास्थ्यका दृष्टिले लाभदायक हुन्छ । यसबाट घरका सबै ब्याक्टेरिया तथा विषाणु नाश हुन्छन् ।

-    दिउँसो दुई बजेपछिको अल्ट्राभ्वायोलेट किरणबाट निस्कने ऊर्जा स्वास्थ्यका लागि हानिकारक हुन्छ । त्यसबाट जोगिन दिउँसो घरको दक्षिण दिशास्थित झ्यालको पर्दा लगाउनुपर्छ । यतिबेलाको किरणले छाला एवं कोषिकामा क्षति पुर्‍याउँछ ।

-    टाउको उत्तर तथा पश्चिम दिशामा पर्ने गरी सुत्नु हुँदैन । यसबाट टाउको दुख्ने तथा अनिद्राजस्ता समस्या उत्पन्न हुन सक्छन् ।

-    गर्भवती महिलाले दक्षिण-पश्चिम दिशाको कोठा प्रयोग गर्नुपर्छ । यस्तो अवस्थामा पूर्व दिशा तथा ईशान कोणमा बेडरुम राख्नु हुँदैन ।

-    नवजात शिशुका लागि घरको पूर्वतिरको कोठा सबैभन्दा उत्तम हुन्छ । सुत्दा शिशुको टाउको पूर्व दिशामा हुनुपर्छ ।

-    उच्चरक्तचापका बिरामीले दक्षिण-पूर्वमा बेडरुम बनाउनु हुँदैन । यो दिशा अग्निबाट बढी प्रभावित हुन्छ । यस्तो दिशामा रहेको कोठामा बसे रक्तचाप उच्च हुन सक्छ ।

-    बेडरुम खुल्ला तथा हावा छिर्ने खालको हुनुपर्छ अन्यथा मानसिक तनाव उत्पन्न हुनुका साथै स्नायु प्रणालीसँग सम्बन्धित रोग लाग्न सक्छ ।

-    वास्तुशास्त्रअनुसार ढोकामा सिलन हुनु नकारात्मक हो । यस्तो स्थानमा लामो समयसम्म बसे श्वास तथा छालासम्बन्धी समस्या सिर्जना हुनसक्छ ।

-    परिवारका मुख्य सदस्यको कोठा नैऋत्य कोण तथा दक्षिण-पश्चिम दिशामा हुनुपर्छ । यस्तो कोठामा बसे तनमन स्वस्थ रहन्छ ।

-    भान्सामा कुकिङ रेन्ज तथा ग्यास चुल्हो व्यवस्थित राख्नुपर्छ । खाना बनाउँदा गृहिणीको अनुहार पूर्व दिशामा हुनुपर्छ । यदि खाना बनाउँदा गृहिणीको अनुहार उत्तर दिशामा भए थाइराइडबाट प्रभावित हुने सम्भावना रहन्छ । दक्षिण दिशातर्फ मुख फर्काएर खाना बनाउनु हुँदैन । त्यसले गृहिणीको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर गर्छ । यसैगरी पश्चिम दिशातर्फ फर्किएर खाना बनाए नाक, कान तथा घाँटीसम्बन्धी समस्या हुनसक्छ ।

-    बेडको नजिक मोबाइल, स्टेपलाईजर, कम्प्युटर वा टेलिभिजन हुनु हुँदैन । यसबाट निस्कने विद्युत् चुम्बकीय तरंग मस्तिस्क, रगत तथा मुटुसम्बन्धी रोगको कारण बन्न सक्छ ।

-    बेडरुममा पुराना तथा बेकारका वस्तु थुपारेर राख्नु हुँदैन । यस्ता वस्तुले वातावरणमा नकारात्मक असर पुर्‍याउँछन् । यस्त्ाा चीजबाट टाइफाइड तथा मलेरियाजस्ता रोगका भाइरस उत्पन्न हुन सक्छन् ।

-    आँखाको दृष्टि बलियो बनाउन बिहानै उठेर खुला पार्क वा हरियाली भएको ठाउँमा घुम्नुपर्छ । त्यसबाट प्राप्त हुने शुद्ध अक्सिजनले शरीरका सबै ज्ञानेन्दि्रयलाईर् स्वस्थ बनाउन सहयोग पुर्‍याउँछ ।

-    खाना खाँदा पूर्व तथा उत्तर दिशातर्फ र्फकनुपर्छ । यसले स्वास्थ्य राम्रो हुन्छ । दक्षिण दिशातर्फ मुख फर्काएर खाना खाए पाचनक्रियासम्बन्धी रोग लाग्न सक्छ ।

-    टेलिभिजन हेर्दै खाना खानु हुँदैन अन्यथा ध्यान खानामा नभै टेलिभिजनतिर रहन्छ । यसले शरीरमा सन्तुलित मात्रामा भोजन पुग्न पाउँदैन साथै टेलिभिजनबाट निस्कने नकारात्मक ऊर्जाले स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्छ ।

 Image