Successfully Copied

फेसन टिप्स

पहिरन मिलाएर लगाउन जाने त्यसले सौन्दर्य वृद्धिमा अहम् भूमिका खेल्छ भने मिलाएर लगाउन नजान्दा त्यसैले सौन्दर्यमा दाग पनि लगाउनसक्छ ।

प्रविका अग्रवाल, लावण्य

पहिरन मिलाएर लगाउन जाने त्यसले सौन्दर्य वृद्धिमा अहम् भूमिका खेल्छ भने मिलाएर लगाउन नजान्दा त्यसैले सौन्दर्यमा दाग पनि लगाउनसक्छ । कालो वर्णको व्यक्तिले कालो लगाउनुभन्दा एल्लो कुर्तामा बेबी पिंक सल र कुर्ता लगाउँदा युनिक देखिन्छ । मोटो व्यक्तिले ठूला फ्लावरी प्रिन्ट लगाउनु हुँदैंन । दसैंका लागि झिलिमीली, रातो भन्दा सोबर ब्राइट कलरका पहिरन बनाउन सकिन्छ । अनारकलीमा बीचबाट भी सेप निकालेर पहिरनलाई न्यू लुक दिन सकिन्छ । यतिबेला अलि चिसोचिसो सुरु हुने भएकाले स्कार्फ, छोटो ज्याकेट, कोट लगाएर स्मार्ट देखिन सकिन्छ । सादा कुर्तामा इम्ब्रोइडरी सल, इम्ब्रोइडरी क्लथ, जुत्ता, ज्वेलरी तथा मेकअपले क्लासी देखाउँछ । त्यस्तै सादा लगाउन मन नभए सादा फेब्रिकमा लेस वर्क, सेप वर्क तथा रिच देखिने फेब्रिकहरूमा कुर्ता, गाउन स्टाइलको वान पिस बनाउन सकिन्छ । यसपटक मिक्स एण्ड म्याचको ट्रेन्ड छ, त्यसैले सल, कुर्ती र लेगिन्स वा सुरुवालको रंग फरक पारेर लगाउन सकिन्छ ।

राजेश धाख्वा

दसैंमा मानिसहरू हेभी पहिरन लगाउन खोज्छन् । यो समयमा मठ-मन्दिर गैरहनुपर्ने, नाचगान, तास खेल्ने तथा घुमघाम गरिने, पकाएर ख्वाइरहनुपर्ने जस्ता काममा व्यस्त रहने भएकाले हेभी पहिरन बनाउनु व्यावहारिक हुँदैन । कलर र स्टाइलमा फेस्टिभ लुक्स आउने गरी हल्का फेब्रिकमा सजिलो पहिरन हुनुपर्छ । धेरै भड्किलो कलर पनि राम्रो हुँदैंन । हल्का कलर र फेब्रिकमा नेट, जर्जेटमा स्टोन वर्क, थ्रेड वर्क तथा वोर्डर वर्क प्रयोग गर्दा राम्रो देखिनुका साथै सजिलो पनि हुन्छ । साडी र लेहेंगाको साटो १५-१६ घेराको सल ओढ्नु नपर्ने अनारकली लगाउन सकिन्छ । हल्का साडीमा हेभी स्टाइलिस्ट ब्लाउज बनाउन सकिन्छ ।

संगीत श्रेष्ठ, सी द बुटिक, कुपन्डोल

टिनएजरहरूलाई परम्परागत लुक्स दिन लेहेंगा साडी तथा फ्लोर लङ अनारकली उपयुक्त हुन्छ । अनारकलीलाई पनि उचाइ, मोटाइ एवं स्किन टोनअनुसार धेरै थरिबाट मोडिफाइ गर्न सकिन्छ । लङमा माथि नेट दिएर, मोर्डन टच दिन सकिन्छ । टिनएजरका लागि कलर लिमिट हुँदैन, यद्यपि उनीहरूले रातो भन्दा पनि अरेन्ज, एल्लो, पिच, गोल्डेन तथा ब्लु बढी रुचाउँछन् । फेब्रिकमा सफ्ट नेट, जर्जेट, ब्रोकेट फेब्रिक उपयुक्त हुन्छ । लामो अनारकलीले होचो र दुब्लोलाई अझ सानो देखाउँछ । दुब्लो शरीर भएकाले फेयर बढी भएका पहिरन लगाउनु हुँदैंन । अनारकलीमा सफ्ट नेट नै उपयुक्त हुन्छ । यसमा घेरा र फिनिसिङ राम्रो देखिन्छ । यो उमेरका हरूका लागि लङ स्कर्टमा सर्ट ज्याकेट पनि चल्तीमा छ । सिल्कमा थ्रेड वर्क, मोती वर्क गरेर बनाइएका छोटा ज्याकेटले नयाँ वा फरक महसुस गराउँछ । 

 Image