विपत्मा जनधनको क्षति कम गर्ने उपाय
सबैभन्दा पहिले परिवारमा विपत्सम्बन्धी बैठक बस्ने । घरभित्रका सोफा, टेबल, दराज बलियो तरिकाले बाँध्ने ।

एउटा अति सुक्ष्म जिवाणुको कारणले यतिखेर संसारमा एकसाथ सर्वत्र भय छाएको छ । औषधि बिज्ञान र प्रविधिमा अब्बल कहलिएका पश्चिमेली देशहरुले समेत महामारी फैलिएपछि यतिकादिन बितिसक्दा पनि ठ्याक्कै निको हुने वा रोग लाग्नबाट बचाउन सकिने औषधि पत्तालगाउन सकेका छैनन् । भन्नै पर्दा औषधि बिज्ञानको क्षेत्रमा चमत्कार सरह कैयौं रोग निवारण गरी बिरामीहरुकालागी बरदान सावित भएका आर्थिक र प्राविधिक बिकसित मुलुकहरु नै यतिखेर कल्पनै गर्न नसकिने भयावह स्थितिमा गुज्रिरहेका छन् । यो समस्यालाई रोकथाम र निमूल गर्नका लागि पहिलो उपाय नै लकडाउन भएको छ ।
यतिखेर कुनैपनि एक व्यक्तिले गरेको भूल वा लापारवाहीले लाखौं मानिसलाई क्षति पुर्याउन सक्छ । सरुवा रोग वा महामारी भएको हुनाले हरेक व्यक्तिले यतिखेर आफू मानव हुनुको अनुशासन र विवेक प्रयोग गर्नु पर्ने बेला हो यो ।
नेपालको सन्दर्भमा तुलनात्मक हिसाबले अति थोरै संक्रमितको संख्या देखिएको छ । यो खुशीको कुरा अवश्य हो । तर, सर्तकता र सावधानीको सन्दर्भमा अझै पनि उत्तिकै खरो उत्रनु पर्ने चुनौतीलाई कम आक्न मिल्दैन । ज्यानको सबैलाई माया उत्तिकै हुन्छ । तर आफनो, पेशागत धर्म र देशको जिम्मेवारी काधमा बोकेर अहोरात्र काममा खटिइरहेका स्वास्थ्यकर्मी, पुलिस, प्रशासन र संचारकर्मीहरुको योगदानलाई अवमूल्य गर्दै लकडाउनलाई अवज्ञा गर्नेहरुले व्यक्तिगत मात्र होइन, आफू विवेकशील मानव प्राणी भएको समेत होस गुमाउनु लज्जास्पद कुरा हो ।
घरमा दालभातको बन्दोबस्त भए पनि जिव्रोको स्वादमा मिठो खानाको खोजीमा बाहिर निस्कनु अथवा अल्छी लाग्यो भनेर टाइम पास भन्दै साथीसंगी भेला भएर मासु रक्सी खादैपिउदै तास खेल्न गाउटोल घुम्नु कत्तिको जाजय हो ? शरिरमा थुप्रै समस्या भएकाहरु समेतले यो समय मर्निङवाकवकको नाममा बाहिर निस्कनु भनेको कोरानाको जोखिमलाई बढावा दिनु हो । जहा इच्छा त्यहा उपाय भने झै घरममै शारीकि र मानसिक व्यायाम गर्न सकिन्छ ।
यतिखेर प्रत्येक व्यक्तिले आफ्नो तर्फबाट इमान्दारीका साथ लकडाउनको पालना गरौं । जसले बिनाकारण लकडाउनको उलंघन गर्छ । सरकारले कडा भन्दा कडा सजाय दिनु पर्छ । अनि मात्र कोरोनाभाईरसलाई फैलनबाट बचाउन संभव छ ।