Successfully Copied

सपनाको दुनियाँ सपिङ मल

विश्वव्यापीकरणका कारण नेपालमा पनि मल कल्चर मौलाउँदैछ । इभोलुसनका रूपमा विकसित हुँदै गएका यस्ता आधुनिक टे्रन्डमा इन्जोय गर्नेमा पछिल्लो पुस्ता निकै अगाडि छ ।

विश्वव्यापीकरणका कारण नेपालमा पनि मल कल्चर मौलाउँदैछ । इभोलुसनका रूपमा विकसित हुँदै गएका यस्ता आधुनिक टे्रन्डमा इन्जोय गर्नेमा पछिल्लो पुस्ता निकै अगाडि छ । विशेषत: यस्ता मलमा पढाइ वा कामका सिलसिलामा विदेश बसेर फर्किएका तथा सपिङका लागि हङकङ, मलेसिया, सिंगापुर, दुबई जाने संभ्रान्त वर्गका नेपाली जोसँग क्रय क्षमता बढी छ उनीहरू हुने द वल्र्ड ट्रेड सेन्टर त्रिपुरेश्वरका शाकुन्तललाल हीराचन बताउँछन् । दैनिक उपभोग्य वस्तुदेखि लत्ताकपडा, ब्याग-जुत्ता, एसेसरिज मात्र होइन बालबालिकाका लागि गेम जोन, स्वादका पारखीहरूका लागि फुड कोर्टलगायत मनोरञ्जनका लागि क्युएफएक्स र एफक्युब मुभी हलसमेत एउटै छानामुनि उपलब्ध हुने भएकाले यस्ता मल सबैका लागि सुविधा सम्पन्न गन्तव्य बनेका छन्, फलस्वरूप पछिल्लो समयमा अत्याधुनिक सुविधा सम्पन्न मल खुल्ने क्रम तीव्र गतिमा बढिरहेको छ । २०३९ सालमा विशालबजारको स्थापना हुँदा उक्त स्थान नेपालीका लागि मात्र नभएर भारतीय ग्राहकको समेत आकर्षक सपिङ स्थल बनेको थियो । पछि क्रमश: पशुपति प्लाजा, द काठमाडौं मल, युनाइटेड वल्ड टे्रड सेन्टर, सिभिल मल, सिटी सेन्टर, शेर्पा मल हुँदै अत्याधुनिक राइजिङ मल र मोती मलसम्म आइपुग्दा नेपालमा मल कल्चरको इतिहास परिवर्तनकारी साबित भएको छ । आवश्यकताका सम्पूर्ण सामग्री एउटै थलोमा उपलब्ध हुने, डेबिड वा क्रेडिट कार्डद्वारा सामान खरिद गर्न सकिने तथा बालबालिका र वयस्कका लागि गेमिङ जोन अनि मुभी हल मात्र होइन फुड कोर्ट आदि यस्ता मलभित्र ग्राहक तान्ने बलिया माध्यम हुन् । नेपालमा पछिल्लो समयमा अत्यधिक मात्रामा फैलंदै गएका यस्ता मलहरू अन्तर्राष्ट्रिय सुविधासहित ब्रान्डेड इच्छा लागेका सामान खरिदका लागि उपयुक्त गन्तव्य साबित भएका छन् ।

सिटी सेन्टर,कमलपोखरी

६ वर्षअघि कमलपोखरीमा खुलेको सिटी सेन्टर त्यतिबेलाको सर्वाधिक आकर्षक र अत्याधुनिक मल थियो । अन्य मलमा सिनेमा हलको व्यवस्था नभएको त्यो समयमा सिटी सेन्टरस्थित क्युएफएक्स हलले सर्वाधिक ग्राहक तानेको थियो । सिनेमा हेर्न जाने भीड सपिङतर्फ पनि मोडिने परम्पराको सुरुवात यही मलबाट भएको हो । फरक शैलीको आन्तरिक सजावट, ३ सयभन्दा बढी कार तथा मोटरसाइकल अट्ने क्षमता भएको अन्डरग्राउन्ड पार्किङ, १ लाख स्क्वायर फिटभन्दा बढी क्षेत्रफलमा फैलिएको विशाल एवं आकर्षक भवन, वैदेशिक सपिङ डेस्टिनेसनको झझल्को दिने आकर्षक स्टोर सिटी सेन्टरका विशेषता हुन् । मलको सबैभन्दा माथिल्लो तल्लामा रहेको थाइ, इटालियन, मेक्सिकन, चाइनिज, जापनिज तथा कन्टिनेन्टल परिकार पाइने फुडकोर्डले सपिङ गर्दागर्दै थाकेकाहरूलाई कमलपोखरीको मनोरम दृश्य हेर्दै स्वादको आनन्दमा रमाउन सहयोग पुर्‍याउँछ । एलिभेटर तथा क्याप्सुल लिफ्ट दुवैको सुविधा, कार्डद्वारा सपिङ गर्न सकिने, उपयुक्त लोकेसन, मलबाहिरको हाइजेनिक स्टिट फुड आदि यो मलका थप आकर्षण हुन् । फेस्टिभ सिजनमा यहाँ सेलिबे्रटीहरू पनि सहभागी हुने विविध मनोरञ्जक कार्यक्रम हुने मात्र होइन छुट, सेल र उपहारको समेत बहार आउँछ ।

विशालबजार न्युरोड

करिब एक दशकअघिसम्म विद्युतीय लिफ्ट चढ्नकै लागि भए पनि मानिसहरू विशालबजार पुग्थे अहिले उक्त स्थान सुन-चाँदी खरिद गर्ने प्रमुख स्थल बनेको छ । नेपालको सबैभन्दा पुरानो सपिङ सेन्टर विशालबजार वि. सं. २०३९ सालमा स्थापना भएको हो । ब्रान्डेड पहिरन, एसेसरिज तथा बालबालिकाका लागि पहिरनलगायत रुद्राक्षको व्यापार हुने विशालबजार अहिले पनि भारतीय ग्राहकहरूको सपिङ गन्तव्य हो । एलिभेटरको सुविधायुक्त विशालबजारमा केही समयअघि अर्को सुविधायुक्त लिफ्ट पनि थपिएको छ । यहाँ साडी, जुत्ता, रेडिमेड तथा थानयुक्त गार्मेन्ट, ब्रान्डेड घडी, सुन-चाँदी एवं डायमण्ड आदिका शोरुम छन् । अन्डरग्राउन्ड पार्किङको सुविधा उपलब्ध हुने यो मलमा  चाडवाडका अवसरमा लक्की ड्र कुपनका साथै छुट र सेलका कारण एक प्रकारको मेला नै लाग्छ ।

द काठमाडौं मल सुन्धारा

सम्भवत: नेपालकै पहिलो लोकेटेड मल हो- द काठमाडौं मल । बस, माइक्रो बस, ट्याम्पु पार्किङ ढोकैमा भएका कारण पनि यो मल सबैका लागि पायक ठाउँमा पर्छ । वि.सं २०६२ सालमा खुलेको द काठमाडौं मल १ लाख ९६ हजार वर्गफिटमा फैलिएको छ । ३ सय ५० भन्दा बढी कार तथा मोटरसाइकल अट्ने क्षमतायुक्त अन्डरग्राउन्ड पार्किङले संभ्रान्त ग्राहकलाई पनि त्यहाँ तानेको छ । बिहान १० देखि बेलुकी ८ बजेसम्म खुल्ने यो मलमा लिफ्टको सुविधा पनि उपलब्ध छ । हप्तामा सातै दिन खुल्ला रहने काठमाडौं मलमा बैंक, एटिएम कार्ड मेसिन, ग्रोसरी, लेडिज तथा जेन्स पार्लरका अतिरिक्त पानीपुरी, चाट तथा आइसक्रिम स्टलले ग्राहकहरूलाई लोभ्याउने काम गरेका छन् । मलको अगाडिको भागमा फराकिलो भर्‍याङले यसको शोभा बढाएको छ । चाडपर्व लक्षित विविध स्किम तथा छुट, सेल र लक्की ड्रले यहाँ ग्राहकलाई सपिङ गर्न हौस्याउँछ ।

सिभिल मल तथा सिभिल ट्रेड सेन्टर , सुन्धारा

नेपालका ठूला र सुविधा सम्पन्न मलमध्ये एक सिभिल मलले चाइना टाउनको अगाडि सिभिल टे्रड पनि यसै वर्ष सञ्चालनमा ल्याएको छ । सबैभन्दा ठूलो क्षेत्रफलमा निर्माण भएको सुन्धारास्थित सिभिल मल किनमेल र मनोरञ्जनका लागि धेरैको गन्तव्य बनेको छ । सधैं भीडभाड देखिने उक्त स्थानमा बनेको विशाल भवनभित्र खुल्ला वातावरणका साथै छैटौं तल्लामा रहेको सेन्टल फुडकोर्ट र बालसंसार तथा आठौं तल्लामा अवस्थित क्युएफएक्स सिनेमा घरले घुमघाममा जानेहरूलाई पर्याप्त मनोरञ्जन प्रदान गर्ने कुरामा दुईमत छैन । बाहिरबाट हेर्दा बैंकक, दुबई वा सिंगापुरको मलको झझल्को दिने यो मलभित्र विभिन्न ब्रान्डका आउटलेट, फेसनेबल पहिरनका शोरुम, रमाइलो बजार, खानपानका लागि फुडकोर्ट आदिले ग्राहकहरूलाई आकषिर्त तुल्याउँछ । गुणस्तरीय सामान पाइने सिभिल मलकै सुविधासहित भर्खरै खुलेको सिभिल टे्रडमा पनि पार्किङको सुविधा छ भने चाडपर्वलाई लक्षित गरी यहाँ सामान खरिदमा लक्की ड्रमार्फत विशेष उपहारको व्यवस्थासमेत गरिएको छ ।

ब्लुवर्ड डिपार्टमेन्ट स्टोर , त्रिपुरेश्वर

नेपालको पहिलो युरोपियन स्टाइलको सपिङ सेन्टरका रूपमा परिचित ब्लुवर्ड डिपार्टमेन्ट स्टोर सन् १९८५ मा खुलेको हो । ५० हजार वर्ग फिटमा फैलिएको यो स्टोरमा करिब १ सय वटा कार तथा ७० वटा मोटरसाइकल अट्ने पार्किङ क्षमता छ । स्वच्छ वातावरण, आकर्षक आउटलेटका साथै यहाँ स्वादका पारखीहरूका लागि केएफसी तथा द यल्लो चिल्ली रेस्टुराँ पनि छन् । बालबालिकाका लागि मनोरञ्जक खेलस्थल, द मुड लाउन्ज, ब्लुवर्ड नेसनल क्लिनिक तथा ब्रान्डेड सामग्रीयुक्त आउटलेट पनि यहीँभित्रै उपलब्ध छन् । एटिएम कार्डद्वारा सामान खरिद गर्न सकिने ब्लुवर्डमा एसीको व्यवस्थासमेत छ । इच्छानुसारका सामान सुपथ मूल्यमा पाइने यो स्टोरमा बेबी गेम पार्लरका साथै ब्रान्डेड सामानका आउटलेटहरू पनि छन् ।

युनाइटेड वल्र्ड सेन्टर, त्रिपुरेश्वर

हरेक सामान र सुविधाका लागि बाहिर निस्कन नपर्ने गरी वि. सं. २०६३ सालमा त्रिपुरेश्वरमा खुलेको युनाइटेड वल्र्ड टे्रड सेन्टर १ लाख ५ हजार वर्गफिटमा फैलिएको छ । १ हजार २ सयभन्दा बढी कार तथा मोटरसाइकल अट्ने विशाल पार्किङको सुविधा भएको युनाइटेड वल्र्ड टे्रड सेन्टर वर्षको ३ सय ६५ दिन नै खुल्ला रहन्छ । २ सय ५० भन्दा बढी विविध सामग्रीयुक्त स्टोर रहेको यो सेन्टरभित्र परिधान, पार्लर, बैंक, भिडियो गेम जोन, एटिएम मेसिन, फिटनेस सेन्टर आदिका साथै चौथो र पाँचौ तल्लामा डिइसिसीको विशाल हल पनि छ । क्याप्सुल लिफ्टको सुविधा भएको यो सेन्टरमा दसैंलाई लक्षित गरी सामान खरिदमा विभिन्न अफर, छुट तथा उपहारको व्यवस्था गरिएको त्यहाँको व्यापार संघले जनाएको छ ।

पिपुल्स प्लाजा, खिचापोखरी

काठमाडौंको मुटुमा अवस्थित न्यूरोडको खिचापोखरीस्थित पिपुल्स प्लाजा ५ वर्षअघि मात्र खुलेको आधुनिक सपिङ सेन्टर हो । यहाँ मुख्यत: लत्ताकपडाका स्टोर छन् । ब्रान्डेड पहिरनका आउटलेट, ग्राउन्ड फ्लोरमा रहेको बैंक, पानीपुरी र चाट स्टलका साथै प्राइम लोकेसनले गर्दा नै यहाँ ग्राहकको बढी भीड लाग्ने गरेको छ । यो प्लाजाको वातावरण खुल्ला र आकर्षक छ । आधुनिक तथा नवीन शैलीको डेकोरेसनका साथै गुणस्तरीय ब्रान्डेड पहिरन, ब्रान्डेड घडी, ग्याजेट, एसेसरिज, विभिन्न भेराइटीयुक्त जुत्ताका आउटलेट यहाँका मुख्य आकर्षण हुन् । एलिभेटर लिफ्ट, उपयुक्त पार्किङ स्थल, कार्डद्वारा सामग्री खरिद गर्न सकिने सुविधा पिपुल्स प्लाजाका विशेषता हुन् ।

राइजिङ मल, कमलादी

उच्च प्रविधि प्रयोग गरी यही वर्ष खुलेको राइजिङ मल दरबारमार्गबाट कमलपोखरी जाने बाटैमा पर्छ । रोयल सिंगी होटलको विपरीत दिशामा अवस्थित यो मल प्राइम लोकेसन युक्त हुनुका साथै विदेशी सपिङ कम्प्लेक्समा सयर गरेको अनुभूति प्रदान गर्नसमेत सक्षम छ । ब्रान्डेड पहिरनका अतिरिक्त आधुनिक एसेसरिज र ग्रोसरी पसलसमेत रहेको यो मलको पहिलो तल्लामा अवस्थित बिइङ ह्युमेनको शोरुम अहिले सर्वाधिक चर्चामा छ । ब्रान्ड कन्सियस क्रेताहरूका लागि राइजिङ मल पहिलो रोजाइमा पर्छ । राइजिङ मलको खुला वातावरण, ठूलो पार्किङस्थल तथा विदेशी ब्रान्डका सामग्रीले जोकसैलाई लोभ्याउँछन् । यो वर्षको दसैंलाई लक्षित गरी यहाँ लक्की ड्रमार्फत बम्पर उपहारको व्यवस्था गरिएको मल सञ्चालक समितिले जनाएको छ ।

रञ्जना टे्रड सेन्टर, न्यूरोड

न्यूरोडको रञ्जना गल्ली व्यवसायीहरूका लागि नौलो ठाउँ होइन । मुख्यत: होलसेल मार्केटका लागि प्रख्यात यो स्थानमा पहिले रञ्जना सिनेमा भवन थियो । उक्त भवन भत्काएर विशाल क्षेत्रफलमा निर्माण गरिएको रञ्जना टे्रड सेन्टरको पार्किङ पनि भव्य छ । यस्तो व्यस्त र साँघुरो स्थानभित्र यति फराकिलो सेन्टरको कल्पना कमैले मात्र गरेका हुन्छन् । रञ्जना टे्रड सेन्टरभित्र पहिलो पटक छिर्नेहरूलाई त्यहाँको खुल्ला वातावरण र लहरै मिलाएर बनाइएका स्टोरहरू देखेर अचम्म लाग्छ । उपयुक्त लोकेसनमा स्तरीय सामग्री त्यो पनि सुलभ मूल्यमा पाइने भएपछि यहाँ ग्राहकको भीड बढ्दो छ । जहाँसुकै गए पनि किनमेलका लागि न्यूरोड भन्ने हामी नेपालीको मानसिकता बुझेर यो मल सञ्चालनमा ल्याइएको बताइन्छ । यहाँ लत्ताकपडा, ज्वेलरी, जुत्ता ब्याग तथा एसेसरिजलगायत घडी, चस्मा, स्र्पोट्स वेयरका छुट्टाछुट्टै आउटलेट छन् ।

पशुपति प्लाजा, खिचापोखरी

विशालबजारपछिको अर्को पुरानो सपिङ डेस्टिनेसन हो-पशुपति प्लाजा । फराकिलो ठाउँ नभए पनि व्यवस्थित तरिकाले बनाइएको यो मलमा अन्डरग्राउन्ड पार्किङको सुविधा उपलब्ध छ । यहाँ काठमाडौंभरिका ग्राहकको भीड लागेको हो कि भन्ने भान हुन्छ । बिहान १० बजेदेखि बेलुका ८ बजेसम्म खुल्ने यो प्लाजा शनिबारबाहेक हप्ताको ६ दिन खुल्ला रहन्छ । चीन, थाइल्यान्ड, भियतनाम, इन्डोनेसिया आदि मुलुकबाट आयातीत ब्रान्डेड सामान पाइने पशुपति प्लाजामा सुन-चाँदीका अतिरिक्त अन्य सबै सामग्री एउटै छानामुनि उपलब्ध छन् । यो मलमा पनि चाडपर्व लक्षित विभिन्न अफरहरू प्रदान गरिन्छ ।

स्टार मल,  पुतलीसडक

मानिसको बाक्लो आवात-जावत भैरहने पुतलीसडकबाट कुमारीहल जाने बाटोको मुखैमा पोहोर सालदेखि सञ्चालनमा आएको स्टार मल अन्य मलको तुलनामा फरक डेकोरेसनयुक्त छ । पृथक् शैलीको विल्डिङ फिनिसिङ तथा डेकोरेसन भएको यो मल सर्वाधिक आकर्षक भएको व्यवसायीहरूको दाबी छ । ओपन स्पेशयुक्त यो मलको ग्राउन्ड फ्लोरमा रोबिन्स मार्ट, सुपर मार्केटका साथै बालबालिकाका पहिरन तथा खेलौनाका स्टोर छन् । बलियो भवन, फराकिलो पार्किङ, उपयुक्त लोकेसन, एटिएम तथा क्रेडिट कार्डद्वारा सपिङको व्यवस्था अनि विद्युतीय लिफ्टले यहाँ आउने ग्राहकलाई थप र फरक सुविधा प्रदान गरेको छ । चाडपर्व लक्षित छुट र सेल धमाकाका साथै विभिन्न लक्की ड्र एवं उपहार यहाँका थप आकर्षण हुन् ।

शेर्पा मल,  दरबारमार्ग

करिब ४ वर्षअघि काठमाडौंको प्रमुख व्यापारिक केन्द्र मानिने दरबारमार्गमा अत्याधुनिक सुविधासहित खुलेको शेर्पा मल संभ्रान्त परिवारका मानिसहरूका लागि सपिङ गन्तव्य बनेको छ । सुरक्षित पार्किङस्थल, कार्डद्वारा सामान खरिद गर्न सकिने, आकर्षक फ्रन्ट फुट स्टेयर र स्टेयरमै भएका फुड स्टलले मललाई सुन्दर बनाएको छ । अन्तर्राष्ट्रिय ब्रान्डका गुणस्तरीय सामान पाइने शेर्पा मलभित्र स्टाइलिस्ट, फेसनेबल अनि लेटेस्ट पहिरन उपलब्ध छन् । अमेरिकन-युरोपियन मलको झझल्को दिने शेर्पा मलभित्र जापनिज, चाइनिज एवं कन्टिनेन्टल रेस्टुराँ पनि छन् । पानीपुरी, चाट तथा बेबी कर्न आदिका आउटडोर स्टलमा साँझपख स्वादका पारखीहरूको घुइँचो लाग्छ । शान्त वातावरण एवं भिआइपी प्रेमिससयुक्त यो मलमा चाडपर्वमा भारी छुटका साथै विविध उपहार एवं लक्की कुपनको व्यवस्था पनि छ ।

के एल टावर, चावहिल, चुच्चेपाटी

सम्भवत: नेपालका मलमध्ये सर्वाधिक अग्लो चावहिलको चुच्चेपाटीस्थित के एल टावर पछिल्लो समयमा सर्वाधिक भीड हुने मलमध्ये एक हो । तल्लो तल्लामा रहेको गहना पसल, ग्रोसरी तथा

होम एप्लाइन्सेसका शोरुममा मात्र होइन बीचको तल्लामा अवस्थित बालबालिकालाई खेलाउने लिटिल पिपुल हुँदै सातौं तल्लाको फुडकोर्ट र त्यसमाथिको एफक्युब सिनेमा हलसम्म ग्राहकको उत्तिकै भीड लाग्छ । ३ सय भन्दा बढी कार तथा मोटरसाइकल अट्ने अन्डरग्राउन्ड पार्किङ, ननब्रान्डेडदेखि ब्रान्डेड सामानका शोरुम, गिफ्ट सप, बालबालिकाका पहिरन एवं खेलौनाका आउटलेटहरू यहाँका आकर्षण हुन् । यहाँ आउने युवाको भीड बलिङ तथा सुटिङका साथै सिनेमा हलमा झुम्मिएको पाइन्छ । केएल टावरले एसपटक मलामाल दशै तिहार उपहार योजना अन्र्तगत विबिध पुरस्कारका साथै बम्पर उपहार योजना अगाडि ल्याएको छ । विबिध सांगितीक कार्यक्रम आयोजना भईरहने केएल टावरमा तीनवटा सिनेमा हल ड-म मुभि, केएल गेम जोन समेत छन् । 

 Image