Successfully Copied

टिनएजरहरूका लागि तीज मेकअप

तीजमा टिनएजरहरूले डार्क मेकअप नगर्ने। पहिले क्लिन्जिङ गर्ने, टोनिङले टोन अप गर्ने।

तीजमा टिनएजरहरूले डार्क मेकअप नगर्ने। पहिले क्लिन्जिङ गर्ने, टोनिङले टोन अप गर्ने। टिनएजरहरूमा डन्डिफोर हुने, दागहरू समेत हुने हुँदा त्यसपछि हल्का पेनस्टिक लगाइदिने। छाला चम्किलो नै हुने भएकाले थोरै फाउन्डेसन लगाउने। त्यसपछि कम्प्याक पाउडर लगाइदिने। टिनएजरहरूले रातो रंगभन्दा गोल्डेन, रोयल ब्लु तथा पिच कलरको आइस्याडो प्रयोग गर्नुपर्छ। यो उमेरकाहरूले लिपिस्टिक भन्दा ग्लस मात्र लगाउँदा फ्रेस एण्ड सेक्सी देखिन्छ। केशलाई कर्ल गरेर बाट्दा पनि हुन्छ, फ्रेयडस् जुडो वा त्यत्तिकै कर्ल गरेर छोड्दा पनि टिनएजरहरू आकर्षक देखिन्छन्। टिनएजरले फेसियल गर्नु त्यति जरुरी छैन। गोल्ड क्लिन्जिङ मात्र गर्दा पनि अनुहारमा चमक आउँछ।

नन्दा अधिकारी, मेकअप आर्टिस्ट

लामो समय मेकअप टिकाउन

सौन्दर्य प्रसाधन प्रयोग गर्नुपूर्व आफ्नो छाला कस्तो छ, थाहा पाउनुपर्छ। छाला सुख्खा छ भने फेसवास गरेपछि मोस्चराइजर लगाउने अनि त्यसपछि सनब्लक लगाइदिने। तैलीय छाला छ भने आइसक्युब लगाएर पहिले टोनर अनि त्यसपछि सनब्लक लगाइदिने। अन्य प्रकारका छाला भए फेस प्राइमर लगाउने जसले मेकअपलाई लामो समयसम्म टिकाइराख्छ। छालाको कलरअनुसार पेनस्टिक वा फाउन्डेसन प्रयोग गर्ने। हिजोआज २४ घन्टासम्म टिक्ने फाउन्डेसन पाइन्छ जसलाई घाँटीदेखि अनुहारसम्मै लगाइदिने। त्यसपछि पानीले स्प्रे गरी लुज पाउडर पफमा राखेर छालामा ड्याब गर्ने। म्याट वा साइनिङ आइस्याडो प्रयोग गर्ने। जेल आइलाइनर आँखाको तल-माथि दुवै भागमा लगाउने। ब्लसर ब्राउन तथा म्याट पिच कलरको लगाउने। लंग स्टे लिपलाइनर, लिप कलर तथा लिपग्लस लगाएपछि मेकअप सेटिङ स्प्रेले स्प्रे गर्नुपर्छ।

ओकासा मुल्मी, ब्युटिसियन

तीज शृंगार

तीजमा नव दुलहीले अरूभन्दा विशेष प्रकारले शृंगार गर्नुपर्ने हुन्छ। सबैभन्दा पहिले मेकअप प्राइम लगाउने। छालाको प्रकृतिअनुरूप प्यान स्टिक वा प्यान केक लगाउने। छालाको रंगसँग मेल खाने किसिमको पाउडर लगाउने। नवविवाहित भएकाले आँखाको मेकअप गर्दा रातोमाथि गोल्डेन आइस्याडो लगाउनु उपयुक्त हुन्छ। आइलाइनर पनि लगाउनुपर्छ। आँखा सानो छ भने आँखाको बाहिर लाइनर लगाउनुपर्छ। फल्स आइल्यास लगाउँदा आँखा आकर्षक देखिन्छ। अन्त्यमा ब्लसन गरिसकेपछि सिमर लगाएर सुहाउँदो रातो रंगको लिपिस्टिक लगाउने। लिपलाइनरले लिपको सेप बनाउँदा पनि राम्रो देखिन्छ। विशेष टल्कने टीका लगाउँदा सुनमा सुगन्ध थपिएझैं सौन्दर्य वृद्धि हुन्छ।

सिर्जना प्रधान पोखरेल, ब्युटिसियन

ओठको स्याहार

हिजोआज धेरै महिलाको ओठ गुणस्तरहीन लिप कस्मेटिकको प्रयोग तथा चुरोट सेवनका कारण कालो हुने, फुट्ने समस्या बढ्दो छ। तीजका दिन आफ्नो ओठलाई प्राकृतिक गुलाबी रंग दिन अनारको बोक्रा तथा गुलाबका फूलका २-३ वटा पात गुलाब जलका साथ पिसेर पेस्ट बनाई ओठमा लगाउने। यो पेस्टलाई कम्तीमा पनि १५ देखि २० मिनेटसम्म राख्नुपर्छ। दुई हप्ता नियमित रूपमा यो पेस्ट लगाउँदा कालो भएको ओठ गुलाबी हुँदै प्राकृतिक रंगमा र्फकन्छ। लिपिस्टिकलाई लामो समय टिकाउन लिपिस्टिक लगाउनुअघि पेनस्टिक वा फाउन्डेसन लगाउने। कुन कलरको लिपिस्टिक लगाउने हो त्यो भन्दा हल्का डार्क कलरको लिपलाइनरले ओठलाई सेप दिने र लिपको सेपअनुसार ब्रसको सहायताले लिपिस्टिक लगाउने। लिपिस्टिकलाई लामो समय टिकाउन टिस्यु पेपरले हल्का थपथप्याउनुपर्छ। मीना न्यौपाने, ब्युटिसियन

तीजको हेयर स्टाइल

-    तीजमा हेयर स्टाइलले पनि विशेष महत्व राख्छ। यस्तो अवसरमा रफ हेयर डिजाइन बनाउनु असान्दर्भिक हुन्छ।

-    तीजका अवसरमा आफूलाई एलिगेन्ट लुक्स दिने हो भने साडीमा सेमी पफ हेयर स्टाइल उपयुक्त हुन्छ।

-    सेमी पफ हेयर स्टाइलले रोयल देखाउनुका साथै भीडभाडमा नाचगान गर्दा आउने पसिनाबाट पनि जोगाउँछ।

-    लेहेंगा वा कुर्तामा मुहारको आकार र रंग हेरेर ब्याक कर्ल वा सेमी कर्ल गरी केशलाई छोड्न सकिन्छ भने ब्याक साइड जुरो बनाएर पनि भद्र देखिन सकिन्छ।

सञ्जय लिम्बू आङबुहाङ, हेयर स्टाइलिस्ट

तीजको मेकअप

-    चाडपर्व सबैका लागि विशेष हुन्छन्। यो अवसरमा हरेक व्यक्ति खुसी देखिन चाहन्छ। त्यसका लागि ब्राइट मेकअप उपयुक्त हुन्छ।

-    यस्ता अवसरको मेकअपमा कलर कस्मेटिक्स प्रयोग गर्नुपर्छ।

-    तीजमा महिला दिदीबहिनीहरू इनडोर मात्र नभई आउटडोर कार्यक्रमहरूमा नाचगान गर्ने हुनाले वाटरप्रुफ मेकअप गर्नुपर्छ जसले गर्दा पसिनाका कारण मेकअप बग्न मात्र नपाउने होइन लामो समयसम्म टिक्ने र नलतपतिने खालको हुन्छ।

-    इनडोर कार्यक्रमका लागि डार्क तथा आउटडोरका लागि हल्का लाइट मेकअप गर्दा भद्दा देखिँदैन। यसले व्यक्तित्वमा निखार ल्याउँछ।

-    सांगीतिक वा अन्य कार्यक्रममा सहभागी हुँदा पहिरनअनुरूप मेकअप गर्नुपर्छ। साडी वा लेहेंगामा हेभी मेकअप सुहाउँछ भने कुर्तामा लाइट मेकअपले पनि आकर्षक लुक्स दिन्छ।

व्रतको भोलिपल्ट

-    व्रतको दिन खाना नखाएको हुनाले भोलिपल्ट केही कमजोरी महसुस हुनसक्छ तसर्थ प्रशस्त मात्रामा जुस वा पानी पिउनुपर्छ।

-    अघिल्लो दिन भोकै बसेर भोलिपल्ट हेभी खाना खाँदा अपच वा डायरियाजस्ता समस्या आइपर्न सक्छन्।

-    व्रतको भोलिपल्ट हलुका खाना खानुपर्छ। भरसक शाकाहारी खाना तथा प्रशस्त मात्रामा हरिया सागसब्जी खानु फाइदाजनक हुन्छ।

-    व्रत बसेको भोलिपल्ट खानापछि केही समय हिँडडुल गर्नु राम्रो हुन्छ।

-    धेरैजना तीजको भोलिपल्ट अल्छी महसुस गर्छन्। यद्यपि यो दिन पनि हल्का व्यायामका साथ अरू दिनजस्तै सक्रिय रहनुपर्छ।

धीरज कार्की, स्टुडेन्ट एमएसपी इन न्युटि्रसियन एण्ड डाइटेटिक्स, टिचिङ एसिस्टेन्ट न्युटि्रसियन

तीजका सौन्दर्य प्रसाधन

-    तीज लक्षित सौन्दर्य प्रसाधन खरिद गर्दा कलर कस्मेटिक्स नै रोज्नु उत्तम हुन्छ।

-    शुभ तथा सौभाग्यको प्रतीक रातो रंगले तीजमा विशेष स्थान लिन्छ। त्यसैले नेलपोलिस, लिपिस्टिक, आइस्याडो तथा ब्लसर पनि रातै राम्रो देखिन्छ।

-    तीजका बेला रातै पहिरनले प्रश्रय पाउने हुँदा न्युड वा डल कलरका कस्मेटिक्स प्रयोग गर्नु हुँदैन।

-    अहिले बजारमा विभिन्न कम्पनीका कलर कस्मेटिक चलेका छन्। कस्मेटिक्स भरसक राम्रो ब्रान्ड र मिति हेरेर खरिद गर्नुपर्छ। कतिपय नक्कली कस्मेटिक लगाउँदा छाला रातो हुन्छ जुन केही समय नबित्दै कत्था कलर हुँदै कालोमा बदलिन बेर लाग्दैन तसर्थ राम्रो ब्रान्डमा जानु छाला र स्वास्थ्यका लाभदायक हुन्छ।

-    एउटा ब्रान्डको कन्सिलर वा फाउन्डेसनमा अर्को ब्रान्डको कम्प्याक्ट वा ब्लसरको मिश्रणले छालामा नकारात्मक असर पार्नसक्छ ।

भवेश बाँस्कोटा, लोरियल, इन्द्रचोक

 Image