Successfully Copied

युवा मन खुसी हरदम

हामी आफूलाई बाहिरी रूपमा आकर्षक बनाउन निकै कसरत गर्छौं। विभिन्न सौन्दर्य सामग्रीका साथै औषधि प्रयोग गर्दै

हामी आफूलाई बाहिरी रूपमा आकर्षक बनाउन निकै कसरत गर्छौं। विभिन्न सौन्दर्य सामग्रीका साथै औषधि प्रयोग गर्दै कस्मेटिक सर्जरीको सहयोग लिन्छौं तर मानसिक स्वास्थ्यका बारेमा त्यति वास्ता गर्दैनौं। यद्यपि युवा देखिन इनरजेटिक हुनु आवश्यक छ। जवान मानसिकता जवान रूपको रहस्य हो।

व्यक्तित्वमा ध्यान : पहिरनको चयन होस् वा हेयर स्टाइल परिवर्तन गर्दा महिलाहरू अरूले के भन्लान् भन्ने धक मान्छन्। यस्तो सोच परिवर्तन गरेर आत्मविश्वास जगाउनुपर्छ। एक शोधअनुसार महिलाहरूले आफ्नो परिवर्तन केशबाट सुरु गर्छन् र केशको शैली परिवर्तन गरेपछि उनीहरू अझ जवान पनि देखिन्छन्। त्यसैले आफ्नो केश सज्जा, पहिरन आदिमा परिवर्तन गरी आफूलाई अझ जवान देखाउन सकिन्छ।

सधैं हलुका रंग तथा आफ्नो उमेर सुहाउँदो पहिरन लगाउनुको साटो नयाँ पनि प्रयोग गर्नुपर्छ। कहिले जिन्स, कहिले ज्याकेट त कहिले स्टाइलिस गाउन लगाउनुपर्छ। मानिसले के सोच्लान् भनेर आफ्नो इच्छा मार्नु हुँदैन। स्मार्ट पहिरन, राम्रो हेयर स्टाइल, ग्याजेट एवं एसेसरिज आदिको प्रयोगले नै जवान देखिन सकिन्छ।

अझ दिमाग जवान भए शरीरमा पनि त्यसको सकारात्मक असर पर्छ। जवान मानसिकता भए जे कुरा पनि आँट्न सकिन्छ। यही मानसिकताले काम गर्ने ऊर्जा प्रदान गर्छ। यसका लागि आफू पढेलेखेको हुनुपर्छ भन्ने पनि छैन।  

समाज सेवा : समाज सेवा गरेर आफ्नो जीवनलाई सुखमय बनाउन सकिन्छ। यसले सबैलाई रमाइलोसँग जिउन सिकाउँछ। समाजमा आफ्नो पृथक् नाम हुन्छ। यसबाट समाजमा आफू उदाहरणीय पनि बन्न सकिन्छ।

रुचि : हरेकको कुनै न कुनै रुचि हुन्छ। आफूलाई मन परेको कुनै पनि काम गर्दा आनन्द आउँछ। तनावलाई भुलिन्छ, दु:ख भुलिन्छ अनि मनमा शान्ति प्राप्त हुन्छ।

केही नयाँ सिक्ने : जीवनमा नयाँ सिक्ने चाहनाले एक्लोपन कम गर्छ। नयाँ भाषा सिक्ने, कम्प्युटर सिक्ने, नयाँ-नयाँ गेम खेल्ने वा कुनै बाजा बजाउन सिक्ने आदि काम गर्न सकिन्छ। बालबालिकाहरूको साथले आफू जवान भएको महसुस हुन्छ।

शिशुका साथमा मानिसहरूले आफूलाई पनि शिशु सम्झिएर आफ्नो एक्लोपन बिर्सन्छन्।

सकारात्मक सोच : सधैं स्वस्थ एवं युवा अनुभव गर्न मनमा रहेको हीनभावनालाई निकाल्नुपर्छ। केही गर्न सक्दिन भन्ने सोच बनाउनु हुँदैन। आफूलाई सकारात्मक सोचका साथमा सक्रिय राख्नुपर्छ।

हाँसो : खुसी तथा सकारात्मक हुनुको असर अनुहारमा पर्छ। अनुहारको भावले त्यसलाई सजिलै झल्काउँछ। हाँसोले जोकोहीलाई सन्तुलित, एनरजेटिक तथा स्वस्थ बनाउँछ।

क्षमाशीलता  : मनमा कसैप्रति द्वेष वा ईष्र्याको भावना उत्पन्न हुन दिनु हुँदैन।  यस्तो भावनाले उमेर बढाउँछ।

तनाव नलिने : सेवामा सक्रिय रहनुका साथै घुमेर एवं तालिमहरू लिएर पनि आफूलाई व्यस्त राख्न सकिन्छ।

निद्रा : जीवनमा निद्रा निकै आवश्यक छ। राति छिटो ओछ्यानमा जानुका साथै बिहान छिट्टै उठ्ने बानी बसाल्नुपर्छ।

ध्यानमा राखौं  

-    अरूलाई खुसी बनाऔं।

-     कुनै गाना बजाएर गुनगुनाऔं। मस्त भएर डान्स गरौं।

-     आफ्नो जीवनको खुसीलाई सम्झिएर दु:खलाई बिर्सौं।

-    समस्याको समाधान हाँसी-हाँसी निकालौं।

 Image