Successfully Copied

सुबिन लिम्बू्, मिस वल्र्ड नेपाल

नारीको कभर फोटोसुटका लागि मिस नेपाल, मिस अर्थ नेपाल तथा मिस इन्टनेसनल नेपाल आपसमा एकदम मिल्ने साथीजस्ता देखिए।

नारीको कभर फोटोसुटका लागि मिस नेपाल, मिस अर्थ नेपाल तथा मिस इन्टनेसनल नेपाल आपसमा एकदम मिल्ने साथीजस्ता देखिए। मिस नेपाल सुबिनका बारेमा मिस अर्थ नेपाल प्रिन्साले खुलेरै भनिन्— सुबिन सधैं रिल्याक्स रहन्छिन्, सबैसँग कुल भएर कुराकानी गर्छिन्। उनी अन्तिम समयसम्म पनि नर्भस थिइनन्। उनको कुरामा सही थप्दै सोनीले भनिन्— सुबिनमा केही डर थिएन, उनी अरू प्रतियोगीभन्दा छुट्टै, स्पेसल देखिएकी थिइन्। सोनीका अनुसार सुबिन सहयोगी पनि छिन्।

सुबिन लिम्बू्, मिस वल्र्ड नेपाल

धरानमा जन्मिएकी सुबिन लिम्बू आफू घरायसी छु भन्छिन्। २०१० को मिस मंगोलमा आमाको करले भाग लिन पुगेकी सुबिनले मिस नेपाल हुन्छु भन्ने सपनामा पनि सोचेकी थिइनन्।' ६ साता लामो प्रशिक्षणका क्रममा उनी कसैको नजरमा परेकी थिइनन् तर मेहनत, लगन, धैर्य एवं आत्मबलका कारण उनी मिस नेपाल भइन्। उनका बुबा बि्रटिस आर्मी हुन् जो सुबिन नेपाल आर्मीमा गएको हेर्न चाहन्थे तर उनी आमाको प्रेरणाले मिस नेपालमा भाग लिन पुगिन्। जे काम गर्दा पनि आफ्नो शतप्रतिशत दिन सक्छु भन्ने विश्वास बोकेकी सुबिनले मिस नेपालको अन्तिम राउन्डमा मिस नेपाल सुबिन लिम्बू भनेको सुन्नेबित्तिकै तीनछक्क परेको बताइन्।

गत वर्ष मिस वल्र्डमा इशानीले पाएको एवार्डलाई आफूले चुनौतीभन्दा बढी प्रेरणाका रूपमा लिने सुबिन बताउँछिन्। उनका अनुसार चुनौतीका रूपमा लियो भने डर र प्रेसर हुन्छ, जसले गर्दा राम्रो रिजल्ट दिन सकिँदैन। मिस वल्र्डमा उनीे लिम्बू समुदायको संस्कृति झल्काउने प्रस्तुति दिने सोचमा छिन्।

३ जना दिदीबहिनीमध्ये मोडलिङमा लागेकी सुबिन मात्र हुन्। उनीलाई घरायसी काममा रमाउँछिन्। खाना बनाउन रुचाउने सुबिन पोर्क तथा लोकल साग स्वादिलो गरी पकाउँछिन्। छोला, आलु साँधेको तथा छोइला बनाउन पोख्त सुबिन नेपालमा विभिन्न थरीका मसला हालेर होइन समय लगाएर बनाइने हुँदा खाना मीठो हुने बताउँछिन्। उनी फिट्नेसका लागि पानी धेरै पिउँछिन्। ब्रेकफास्टमा ब्रेड, अन्डा र ह्याम खाने सुबिन राति धेरैजसो केही नखाई सुत्छिन्। खानामा फलफूल, अमिलो अचार तथा अकबरे खुर्सानी उनलाई असाध्यै मन पर्छ।

जिन्स असजिलो मान्ने सुबिन बडी सेप देखिने पहिरन तथा वानपिसहरू मन पराउँछिन्। फेसनप्रति सचेत सुबिन आफूलाई सुन्दर मान्छिन्। पहिले ग्लस र गाजल मात्र लगाउने सुबिनले मिस नेपाल भएपछि मेकअप गरेर, हेयर बनाएर हिँड्नुपर्ने भएकाले कतै बाहिर निस्कनुपर्दा तयारीका लागि १ घण्टा लाग्ने बताइन्। बीबीएकी छात्रा सुबिनको योजना बिजनेसमा लाग्नेछ।

फुर्सदमा ः मेकअप गरेर, ऐना हेरेर बस्छु। पुराना पत्रपत्रिकाहरू पढ्छु। मीठा-मीठा परिकार बनाएर खान्छु।

कमजोरी ः पहिले उनी आलोचना सुन्न सक्दिनथिन् तर अहिले अरूको आलोचनाले नै जीवनमा सफल हुने अनुभव गर्न थालेकी छिन्।

खुसी ः कप केक खान पाउँदा दंग पर्छिन्।

रीस ः हेप्ने, बिनाकारण गाली गर्ने, कराउने मान्छेसँग रिस उठ्छ।

खुबी ः राम्रो गाउँछु। पछि गीत रेकर्ड गराउने योजना छ।

संगीत ः सिने गुरुङ, सत्यस्वरूप, कर्णदास, दीपक लिम्बू तथा विष्णु चेम्जोङ।

चलचित्र ः नेपाली फिल्म बुहारी हेरेको सम्झना छ। नोभेम्बर रेन हेर्ने मन छ।

सौख ः फूल रोप्ने तथा पकाउने।

आइडियल पर्सन ः नारायण श्रेष्ठ। उनले चलाउने साझा सवालका कारण।

मन पर्ने मिस नेपाल ः सुगारिका केसी। सुगारिकामा आत्मविश्वास छ, म उनको आँखामा एउटा बेग्लै प्रकारको चमक देख्छु।

प्रिन्सा श्रेष्ठ, मिस अर्थ नेपाल

प्रिन्साले मिस नेपालमा भाग लिन राम्रै तयारी गरेकी थिइन्। २००८ की मिस टिन कलेज प्रिन्सा त्यति बेलासम्म केटाहरूसँग मात्र हिँड्ने, टमब्वाइ जस्ती थिइन्। उनले मोडलिङमा लागेपछि मात्र आफूले मेकअप गर्ने थालेको बताइन्। प्रिन्साले मेकअप आर्टिस्टहरूसँग क्लास लिएर, फेसन डिजाइनरहरूसँग छलफल गरेर तथा पूर्व मिस नेपालहरूसँग सल्लाह लिएर मात्र यो प्रतियोगितामा भाग लिएकी हुन्। मिस नेपालमा सेल्फ डिफेन्डको क्लासपछि आफू थप सुदृढ भएको प्रिन्साको अनुभव छ। मिस नेपालको अन्तिम प्रश्नमा सुबिनको उत्तरपछि उनी नै मिस नेपाल हुन्छिन् भन्ने सोच बनाइसकेकी प्रिन्सालाई मिस अर्थ, मिस इन्टरनेसनल जुन उपाधि जिते पनि त्यो जित नै हो भन्ने थियो त्यसैले उनी आफूलाई विजयी नै मान्छिन्।

आमाबुबा र भाइबहिनीसँग बालाजुमा बस्ने प्रिन्सालाई मिस टिन कलेज तथा मिस नेपाल दुवैका लागि आमाले नै र्फम ल्याइदिएकी थिइन्। मिस नेपाललाई एसएलसीसँग तुलना गर्दै प्रिन्सा भन्छिन्— 'अब मिस अर्थलाई उच्च शिक्षासँग तुलना गर्दै अघि बढ्ने तयारीमा छु।' धेरै र्‍याम्प शोको अनुभव बटुलिसकेकी प्रिन्सा सिभिल मल, केएल टावर आदिका थुप्रै विज्ञापनमा देखा परिसकेकी छिन्।

स्वभाव ः पारिवारिक, घुलमिल भैहाल्ने, मिलनसार हुनुका साथै कुरा काट्ने बानी मन नपराउने।

फुर्सदमा ः कोठा सफा गर्छु, भुइँ पुस्छु, एक्सरसाइज गर्छु, फेसबुकमा मनका कुरा सेयर गर्छु।

खुबी ः अंग्रेजी कविता तथा कथा लेख्ने।

आइडियलस पर्सन ः बैंकर अनिलकेशरी शाह।

भविष्यमा ः बीबीए पढेकीले पक्कै बिजनेसमै लाग्छु, तर झोलाजस्तो मुभिमा काम गर्ने रहर पनि छ।

सोनी राजभण्डारी, मिस नेपाल इन्टरनेसनल

पोखरेली चेली भएकोमा आफूलाई भाग्यमानी मान्ने सोनी राजभण्डारीलाई नीलिमा गुरुङपछि मिस नेपालको ताज पोखरा फर्काउन पाउँदा खुसी लागेको छ। काठमाडौंमा बसेर मात्र होइन, मोफसलमा बसेर पनि केही गर्न सकिन्छ भन्ने सन्देश दिन सकेकोमा उनी दंग छिन्। मिस इन्टरनेसनलसँगै मिस स्टाइलिस्ट र मिस फ्रेन्डसिपको उपाधिसमेत जितेकी सोनी मिस नेपालमा भाग लिएपछि आफूप्रति विश्वास गर्ने कला सिकेकाले यसैलाई जिन्दगीभरिको कमाइ मान्छिन्। जापानमा हुन लागेको मिस इन्टरनेसनलमा नेपालको प्रतिनिधित्व गर्न लागेकी सोनी कुनै न कुनै उपाधि हासिल गरेरै र्फकने तयारीमा छिन्, जसरी होस् नेपाललाई अगाडि ल्याउने प्रयास गर्ने उनी बताउँछिन्।

पोखराबाट मिस नेपालमा भाग लिनकै लागि काठमाडौं आएकी सोनीले बीबीएसम्मको अध्ययन पूरा गरेकी छिन्। पोखरा लेकसाइड निवासी सोनी बुबा, मुमा, दिदी र भाइसँगै बस्छिन्। यसअघि युएसएडी क्लिन्टन बेस प्रोजेक्टमा काम गर्ने सोनी महिलाहरूको पक्षमा केही गर्ने योजनामा छिन्। सानैदेखि ममीहरूसँग रातरातभर जागेर ब्युटी प्याजेन्ट हेर्ने सोनी युक्ता मुखी, लारा दत्तको पालादेखि नै मिस वल्र्ड हेर्थिन्। मिस नेपाल नै यो क्षेत्रमा आफ्नो पहिलो अनुभव भएकाले आफूलाई स्टेज, मिडिया आदि नौलो लागेको सोनी बताउँछिन्।

फुर्सदमा ः घरमा पालिएका ५ वटा पपीसँग खेल्छु, उनीहरूकै स्याहारमा समय बिताउँछु।

स्वभाव ः मनमा जे लाग्छ त्यही बोलिहाल्ने, नाटक गर्न नआउने।

खुबी ः जुन काममा लागे पनि सफल भएरै देखाउने।

आइडियल पर्सन ः अनुराधा कोइराला।

भविष्यमा ः बिजनेसमा केही नयाँ आयाम थप्ने।

प्रस्तुति ः सिर्जना दुवाल श्रेष्ठ, तस्बिर ः महेश प्रधान, मेकअप तथा हेयर स्टाइल ः रोशना महाजु, ग्ल्यामर ब्युटिपार्लर एन्ड ट्रेनिङ सेन्टर, ज्ञानेश्वर, पहिरन ः डट, सिटी सेन्टर

 Image