Successfully Copied

सकारात्मक सोचबाट जीवनमा परिवर्तन

कतिपय मानिस आफ्नो व्यक्तित्व र करियरलाई लिएर हीन भावनाले ग्रस्त हुन्छन्। उनीहरू जीवनबाट यति निराश हुन्छन् कि मानौं प्रकृतिले

कतिपय मानिस आफ्नो व्यक्तित्व र करियरलाई लिएर हीन भावनाले ग्रस्त हुन्छन्। उनीहरू जीवनबाट यति निराश हुन्छन् कि मानौं प्रकृतिले सबैभन्दा बढी समस्या उनीहरूलाई नै प्रदान गरेको छ। यसो हुनुको कारण हो-हामीमध्ये अधिकांश व्यक्ति आफ्ना कमी-कमजोरीमै ध्यान केन्दि्रत गर्छौं। अत: आफूलाई एकपटक नियालौं, कतै हामी आफूलाई कम आँकलन त गरिरहेका छैनौं ? म मोटी छु...., म सार्‍है काली छु..., म आफ्नो कुरालाई सही ढंगले व्यक्त गर्न सक्दिनँ.... यस्ता कतिपय कुराले घुमिफिरी हामीलाई सताउँछन् र हामीमा नकारात्मक सोचले ठाउँ बनाउँछ।

भ.निन्छ-मनबाट हारे हार हुन्छ, जिते जित। हामी प्राय: आफ्नो आलोचनाबाट निराश हुन्छौं र हाम्रो जीवनप्रतिको विश्वास नै टुट्छ, मनोबल गिर्छ र काम गर्ने इच्छा पनि हुँदैन जबकि सफलता प्राप्त गर्न आफ्नो क्षमता पहिचान गर्नु र आलोचनालाई किनारा लगाउँदै अघि बढ्नु जरुरी हुन्छ।

कतिपय मानिस आफ्नो व्यक्तित्व र करियरलाई लिएर हीन भावनाले ग्रस्त हुन्छन्। उनीहरू जीवनबाट यति निराश हुन्छन् कि मानौं प्रकृतिले सबैभन्दा बढी समस्या उनीहरूलाई नै प्रदान गरेको छ। यसो हुनुको कारण हो-हामीमध्ये अधिकांश व्यक्ति आफ्ना कमी-कमजोरीमै ध्यान केन्दि्रत गर्छौं। अत: आफूलाई एकपटक नियालौं, कतै हामी आफूलाई कम आँकलन त गरिरहेका छैनौं ? म मोटी छु...., म सार्‍है काली छु..., म आफ्नो कुरालाई सही ढंगले व्यक्त गर्न सक्दिनँ.... यस्ता कतिपय कुराले घुमिफिरी हामीलाई सताउँछन् र हामीमा नकारात्मक सोचले ठाउँ बनाउँछ।

समग्रमा मानिसहरू नकारात्मक सोच राख्दैनन् तर निरन्तरको असफलता र बारम्बार हुने आलोचनाका कारण उनीहरूमाथि नकारात्मक भावना हावी हुन्छ। यसबाट व्यक्तित्वमा प्रभाव पर्छ। कतिपय अवस्थामा व्यक्ति भावनात्मक रूपबार्ट टुट्छ र भित्रभित्रै निराशावादी सोच अघि बढ्दै जान्छ। यस्तो स्थितिबाट निस्कन लामो समय लाग्छ। नकारात्मक सोचका कारण आत्मविश्वास कमजोर हुन्छ। जब हामीभित्र आत्मविश्वासको कमी हुन्छ तब हामीलाई कसैको कुनै पनि कुराले चाँडै प्रभावित तुल्याउँछ।

पढाइमा अब्बल रितुका मित्रजन उनका प्रशंसक पनि हुन्, तर आफ्नो कालो वर्णका कारण उनी आफूलाई सुन्दरताको मामिलामा कमजोर मान्छिन्। जब कसैले उनको प्रशंसा गर्छन्, तब उनलाई आफूलाई जिस्क्याएजस्तो लाग्छ। रितुजस्ता युवती अरू पनि थुप्रै छन्, जो आफ्नो व्यक्तित्वलाई लिएर हीनताको सिकार हुन्छन्। हामीलाई हाम्रो व्यक्तित्वको नकारात्मक पक्ष चाँडै महसुस हुन्छ, यो हाम्रो स्वाभाविक प्रवृत्ति हो, तर यसको अर्थ हामीले त्यसमै मात्र केन्दि्रत हुनुपर्छ भन्ने होइन। जीवनमा संघर्ष छ भने सफलता पनि छ। अत: स-साना कुरालाई लिएर गुनासो गरिरहनु हुँदैन।

नकारात्मक प्रभावबाट स्वयंलाई मुक्त गर्न कठिन छैन, मात्र हामीले वस्तु, परिस्थिति र कुरालाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने हुन्छ। हरेक घटनाका दुई पाटा हुन्छन्। हामीले कसरी सकारात्मक पक्षलाई बुझ्ने, नियाल्ने र केन्दि्रत हुने विषयमा प्रशिक्षण लिनुपर्छ। सकारात्मक दृष्टिकोण अपनाउनेबित्तिकै नकारात्मक पक्ष कमजोर देखिन्छ र हरेक असम्भव कार्य पनि सरल हुन्छ। व्यक्तिको दृष्टिकोणले नै उसले असफलतालाई कसरी ग्रहण गर्छ भन्ने कुरा तय गर्छ। सकारात्मक दृष्टिकोण राख्ने व्यक्तिका लागि सफलताको एकमात्र सिंढी हो-असफलता। त्यसैले उसले हारेर पनि जित्ने कला सिक्छ।

महान् व्यक्तिहरूको आत्मकथा पढ्ने हो भने विपरीत परिस्थितिका बाबजुद जीवनलाई राम्रो बनाउन सकिन्छ भन्ने कुरा बुझिन्छ। विश्वमा थुप्रै त्यस्ता सफल व्यक्ति छन् जसले लामो संघर्ष गर्नुपर्‍यो र पछि पनि आलोचनाको सिकार हुनुपर्‍यो तर उनीहरूले कहिल्यै हिम्मत हारेनन्। स्वयंको खुबी बुझेर आत्मनिरीक्षण गर्नुपर्छ र आफूले कुन काम सबैभन्दा राम्रोसँग गर्न सकिन्छ भन्ने बुझ्नुपर्छ। आफ्ना उपलब्धिहरूमा ध्यान दिनुपर्छ। नकारात्मक सोच हावी हुने स्थितिमा आफ्नो उपलब्धिमा टेकेर त्यसमाथि विजय प्राप्त गर्ने प्रयास गर्नुपर्छ।

 Image