Successfully Copied

बर्जरले रंगाएका रंगीचंगी घरहरू

बर्जर पेन्ट्सले उपभोक्ताहरूका लागि ल्याएको रंगीचंगी उत्सव अफरमा चाकुपाट, पाटन निवासी ललिता मानन्धरले ५ लाखको बम्पर प्राइज जितिन्।

बर्जर पेन्ट्सले उपभोक्ताहरूका लागि ल्याएको रंगीचंगी उत्सव अफरमा चाकुपाट, पाटन निवासी ललिता मानन्धरले ५ लाखको बम्पर प्राइज  जितिन्।  'लाइक वा लक किन कुर्ने, बर्जर लगाए पक्का पर्ने' भन्ने नाराका साथ संचालित उक्त योजनाअन्तर्गत ठेंचोका शम्भुबहादुर कार्कीले ४ लाख, धादिङका रमेशकुमार श्रेष्ठले रु. ३ लाख, थसिखेलका प्रविन मानन्धरले २ लाख तथा भैंसेपाटीकी हिमा श्रेष्ठले  १ लाख जितेका थिए। बम्पर पुरस्कारका लागि उत्कृष्ट ३० घर छनोट गरिएको थियो तीमध्येबाट नै उत्कृष्ट पाँच घरधनीलाई  नगद पुरस्कार प्रदान गरिएको हो।

यसैगरी गैंडाकोट, नवलपरासीका अमृत भट्टचन, लेकसाइड, पोखराका वामदेव घिमिरे, धरानका अशोककुमार अग्रवाल तथा देवीनगरकी मनिता विष्टले सान्त्वना पुरस्कारस्वरूप जनही  ५० हजार रुपैयाँ हात पारे। २ हजार ५ सयभन्दा बढी घरधनी सहभागी भएको यो प्रवर्द्धनका लागि कम्पनीले नायिका ऋचा शर्मालाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको थियो। यो योजनामा ग्राहकले बर्जरको टोल फ्री नम्बरमा कल गरी वा एसएमएस पठाई आफ्नो घर रजिस्टर गराएका थिए। त्यसपछि बर्जरका आधिकारिक प्रतिनिधिले ग्राहकको घरमै पुगेर निःशुल्क पेन्टिङ गाइड उपलब्ध गराउने, रंगसम्बन्धी परामर्श प्रदान गर्ने एवं घरको डिजिटल प्रिभ्यु गर्ने काम सम्पन्न गरेका थिए।

 Image