Successfully Copied

काम नलाग्ने वस्तुबाट सामग्री

सर्वप्रथम मोटो वा गातावाल कागजबाहेक दैनिक, साप्ताहिक, मासिक पत्रपत्रिकालगायत पुराना कापीका स-साना टुक्रा बनाई ठूलो बाल्टी वा बाटामा १ साता भिजाउने।

सामग्री बनाउने विधि

१)    सर्वप्रथम मोटो वा गातावाल कागजबाहेक दैनिक, साप्ताहिक, मासिक पत्रपत्रिकालगायत पुराना कापीका स-साना टुक्रा बनाई ठूलो बाल्टी वा बाटामा १ साता भिजाउने।

२)     भिजेको कागजलाई खस्रो भुइँमा हातले मुछेर स-साना डल्ला बनाई पानी निथार्ने।

३)     पानी निथि्रएका स-साना डल्लालाई पुनः फुटाई नमिचिएको कागजलाई मिचेर नरम बनाउने।

४)     नरम कागजलाई मैदाको गमसँग मुछेर कोदो वा मकैका स-साना रोटीजस्तै बनाउने।

५)     स-साना रोटीलाई आफूले जे बनाउने हो त्यो भाँडालाई फर्मा बनाउनुअघि कालो प्लास्टिकले बेरी माथिबाट भिजेको कागजले बेर्ने र त्यो रोटी आकारको सामग्री माथिबाट विस्तारै राख्दै जाने। यसरी फर्मामाथि राख्ने क्रममा सतह चिल्लो बनाउन अलिअलि गम लगाउने।

६)     यसरी बनाइएका सामग्रीलाई १ सातासम्म घाममा सुकाउने। घाममा सुकाएको केही दिनमै फर्माबाट विस्तारै छुट्टनि थाल्छन्। १ सातासम्म सुकाएपछि विस्तारै फर्मा निकाल्ने।

७)     सुकेका सामग्रीलाई फोटोकपी वा अन्य कागजमा मैदाको गम लगाई माथिबाट टाँस्ने र सुकेपछि माथिबाट आफूलाई मनपर्ने रङ्गीबिरङ्गी कागज टाँसेर तयार पार्ने।

८)     यसरी तयार पारिएको सामग्रीलाई पानीबाट जोगाउने तथा पुराना हुँदै गए बेलाबेलामा आफूलाई मनपर्ने नयाँ रङ्गीबिरङ्गी कागज टाँस्ने।

प्लास्टिकजन्य फोहोरबाट नयाँ सामग्री बनाउने विधि

१) सर्वप्रथम चाउचाउ, भुजिया तथा चिप्सका खाली खोललाई राम्रोसँग साबुन पानीले धुने र सुकाउने।

२) सुकेका खोललाई लम्बाइमा एक इञ्चको चौडा पारी कैंचीले लामो बनाई काट्ने।

३) यसरी काटेर थुपारेको प्लास्टिकलाई सुकेको काँस (सिरु पनि भनिन्छ) भित्रबाट राखी बेर्दै जाने। १ हातजति लामो बेरिसकेपछि यसको टुप्पोलाई जे बनाउने हो त्यही आकारमा घुमाउँदै प्लास्टिकको धागोले सिलाउँदै जाने। स-साना पर्स वा हाते झोला बनाउने हो भने अगाडि नमुना राखेर नाप्दै जाने र अन्त्यमा नमुना पर्स वा हाते झोलामा भित्री राखी कपडाका स-साना खल्ती बनाई सिलाएर चेन लगाउने।

४) दूधका खोल र काला प्लास्टिकलाई काटेर कपाल बाटेसरह साना-ठूला डोरी बनाउन सकिन्छ।

५)    यसरी बनाइएको डोरीबाट सामग्री बनाउन भने भित्रबाट जे बनाउने हो त्यसैको फर्मा राखेर बनाउनुपर्छ।

पानीको बोतलबाट खुत्रुके बनाउने विधि

१)     साना-ठूला जुनसुकै बोतलबाट खुत्रुके बनाउन पहिले दुईवटा मिनरल वाटरको बोतल लिने र ठूलो कैंचीले एउटालाई पिंधभन्दा २ इञ्चमाथि नापेर काट्ने।

२)     अर्को बोतललाई बीचबाट काट्ने र स-साना सादा वा पत्रिकाका कागज टुक्रा पारी ४-५ तहमा टाँस्दै जाने। यसरी कागज टाँस्ने क्रममा साना बोतल अर्थात् पिंधबाट २ इञ्च माथि काटिएका बोतलको पिंधको बीच भागमा चक्कु वा छुरी तताएर दुई रूपैंयाँको ढक छिर्ने गरी प्वाल पार्ने।

३)     यसरी दुईवटै काटिएका बोतलका टुक्रामा ४-५ तह कागज टाँसेपछि रङ्गीबिरङ्गी कागज टाँस्ने र केही समय घाममा सुकाउने।

४)    सुकेपछि दुईवटा काटेका बोतलका खुला भाग एक-आपसमा जोडेर माथिबाट अर्को सादा कागजले गोलाकारमा टाँस्ने।

५)    सादा कागजले टाँसिसकेपछि अर्को रङ्गीबिरङ्गी कागजले माथिबाट टाँस्ने र केही समय घाममा सुकाउने।

६)    यसरी तयार पारिएको खुत्रुके भरिएपछि बीचमा जोडिएको भागलाई विस्तारै छुरी वा चक्कुले छुट्याई पैसा झिक्ने र पुनः पहिलेको विधि अपनाई टाँस्ने।

पानीको बोतलबाट कलमदानी बनाउने विधि

खुत्रुके बनाउँदा प्रयोग गरिएका दुईवटा मिनरल वाटरकै बोतललाई पुनः प्रयोग गरी कलमदानी बनाउन सकिन्छ।

१)     पिंधतिरबाट काटेको बोतललाई तलबाट आफूलाई कत्रो कलमदानी मन पर्छ त्यहीँ गोलाकारमा पुनः कैंचीले काट्ने।

२)     अर्को बीचबाट काटेको बोतललाई मुख तलतिर पारेर राख्ने।

३)     यसरी पिंधबाट माथि काटेर राखेको बोतलभित्र मुख तलतिर पारेर राखेको अर्को बोतललाई बाहिर र भित्र सादा कागज लगाई टाँस्दै जाने।

४)     पहिले सादा कागज कलमदानीमा टाँसेर आफूलाई मनपर्ने रङ्गीबिरङ्गी कागज टाँसेपछि कलमदानी तयार हुन्छ।

अन्त्यमा भुइँमा राम्रोसँग अडिने गरी कैंचीले काटेर मिलाउनुपर्छ।

 - मधु राई

 

 

 

 

 

 

 

 Image