‘नेपालीहरूमा खानपानको शैली बदलिएको छ’
पछिल्लो समय इन्टरनेसनल एक्सपोजर र व्यस्तताले नेपालीहरूको खानपान शैली र सोच बदलिएको छ । बाहिर गएर खाने, ह्याङआउट गर्ने, नयाँ–नयाँ स्वादका फुड टेस्टिङ गर्ने ट्रेन्ड बढेको छ ।![](https://nari-assets-api.ekantipur.com/thumb.php?src=https://nari-assets-cdn.ekantipur.com/uploads/source/news/2022/miscellaneous/p12-04122022021521.jpg&w=1000&height=600)
![](https://nari-assets-api.ekantipur.com/thumb.php?src=https://nari-assets-cdn.ekantipur.com/uploads/source/news/2022/miscellaneous/p12-04122022021521.jpg&w=1000&height=600)
काठमाडौंमा आयोजित एक कार्यक्रममा संचारकर्मी बबिता बस्नेतको पुस्तक ‘समय साक्षी’ सार्वजनिक गरिएको छ । २१२ वटा निबन्ध समेटिएको पुस्तक प्रथम गभर्नर हिमालय शम्शेर राणा, कथाकार भुवन ढुङ्गाना, लेखकका मातापिताले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।
कार्यक्रममा राणाले तीन चार पृष्ठका छोटा अध्याय रहेकाले पुस्तक पढ्न रुचिकर रहेको बताए । पुस्तकमा विदेश भ्रमणमा गएका बखतका यात्रा संस्मरणका विषय बढी रुचि रहेको भुवनले बताइन । उनले भनिन्, ‘चीन भ्रमणका बेला ग्रेटवालजस्ता ऐतिहासिक स्थलको विषयमा लेखिनुपर्ने थियो, त्यो पुस्तकमा छुटेको छ, कतिपय शीर्षक अंग्रेजीमा राखिएको छ, यसो नगरी नेपालीमै मात्र राखे राम्रो हुन्थ्यो । ’ पुस्तक यात्रा संस्मरणभन्दा पनि दैनिकीजस्तो बन्न पुगेको ढुङ्गानाको धारणा थियो ।
लेखक बस्नेतले यात्रा धेरैले गर्ने गरे पनि अभिलेख नराख्ने गरेको बताउँदै आफूले यात्राका बेला भेटिएका विषयवस्तुलाई समेटेर पुस्तकाकार गरेको बताइन । बुक हिलले उक्त पुस्तक प्रकाशन गरेको हो ।