अनौठो लगनगाँठो
विवाहका लागि जातभात, कुलघराना, चिनापात्रो जुराउने दिन अब पुराना हुँदैछन् । पछिल्लो समय कतिपय विवाहलाई न जातले छेक्छ न भाषा, धर्म र संस्कृतिले नै । जीवनलाई नजिकबाट बुझेर यसलाई सेलिब्रेट गर्नुपर्छ भन्ने नवीन सोचका पक्षधरहरू यसमा बढी अग्रसर देखिन्छन् ।
