५० वर्षमा ‘प्लस टू’
सानैदेखि सुन्दै र गम्दै आएकी छु–जीवनमा कहिले हरेस नखानू, कसैले ढुंगा बर्साउँदा पनि फूल बर्साउनू, बैगुनीलाई गुनले मार्नू, दुःखमा नआत्तिनू, सुखमा नमात्तिनू

अनुष्का श्रेष्ठ ‘मिस नेपाल–२०१९’ विजेता हुन् । उनी ‘मिस नेपाल ओसिनिया–२०१८’ की उपाधि विजेतासमेत हुन् । पहिरनप्रति उनको निकै रुचि छ । उनी मेकअपमा धेरै समय खर्च गर्दिनन् । उनको पहिरनदेखि मेकअपबारे यहाँ चर्चा गरिएको छ ।
पहिरन
म प्रायः पेन्सिल स्कट लगाउँछु । स्कर्टसँग टि–सर्ट लगाउन मन पराउँछु । त्यस्तै, मलाई कटनका पहिरन लगाउँदा सहज महसुस हुन्छ । म जिन्स प्रायः कमै लगाउँछु । जिन्समा म हाइवेस्ट नै लगाउँछु । पहिरन लगाउँदा कुन अवसर हो भन्ने कुरा पनि भर पर्छ । चाडपर्वका समयमा परम्परागत पहिरन लगाउँछु । त्यस्तै, साडी पनि मेरो प्रिय पहिरन हो । ढाकाका उज्याला रंगका पहिरन पनि मेरो छनोटमा पर्छन् ।
मेकअप
मेकअपका लागि पनि मैले समय छुट्याउँछु । ६ मिनेटमा मेकअप सक्छु । मेकअपका लागि टोनर, फाउन्डेसन, मस्कारा, लिपिस्टिक र सनक्रिम लगाउँछु । मेकअपमा म प्रायः नेपाली ब्रान्ड नै लगाउँछु । ‘मिस नेपाल’ पछि भने नेपाली ब्रान्डप्रति रुचि बढ्दै गएको छ । नेपाली ब्रान्ड प्रवर्द्धन गर्नका लागि पनि नेपाली ब्रान्डलाई ध्यान दिने गरेकी छु ।
हेयर केयर
हेयर केयरमा विशेष ध्यान दिन्छु । सातामा एकपटक नरिवलको तेलले केश मसाज गर्छु । त्यस्तै महिनामा दुईपटक ट्रिटमेन्ट पनि गर्छु । नयाँ लुक्सका लागि केशलाई हाइलाइट पनि गर्छु ।
फुटवेयर
म हिल जुत्ता बढी लगाउँछु । मसँग कालो र स्किन रंगको जुत्ताको कलेक्सन बढी हुन्छ । यो हरेक पहिरनसँग मेल खान्छ ।
एसेसरिज
मोतीको टप र औंठी लगाउँछु । पहिलाको तुलनामा म एसेसरिज कमै प्रयोग गर्छु । समयअनुसार ज्वेलरी पनि लगाउँछु । नेपाली ब्रान्डको ज्वेलरी लगाउन मन पर्छ ।