महिला सशक्तीकरणमा अर्जुन
नेपालमा कुटनीतिज्ञमध्येका एक हुन्– डा.अर्जुन कार्की । संखुवासभा खाँदबारीमा जन्मिएका कार्कीको बाल्यकाल महिला पात्रको सेरोफेरोमै बित्यो । मावली हजुरआमा, आमा र बहिनीहरूका माझ हुर्किएका उनको जीवनमा नारी शक्तिको बलियो प्रभाव छ ।

‘द ब्रेकअप’ चलचित्रबाट डेब्यु गरेकी नायिका शिल्पा मास्केले ‘कागजपत्र’, ‘सानो’ मनमा पनि अभिनय गरिसकेकी छन् । उनीद्वारा अभिनीत अर्को चलचित्र ‘बेबी’ रिलिजको तयारीमा छ । उनले केही म्युजिक भिडियोमा पनि अभिनय गरेकी छन् । अहिले निषेधाज्ञा भएसँगै घरमै परिवारसँग रमाइलो गर्दै, पुस्तक पढेर दिन बिताइरहेकी छन् । नायिका मास्केसँग फेसनबारे गरिएको गफगाफ—
पहिरन
प्रायः क्याजुअल पहिरनमा हुन्छु । जिन्स पाइन्ट र टि–सर्ट नै बढी लगाउँछु । यो लगाउँदा सहज महसुस हुन्छ । आफूलाई सहज हुने पहिरन नै मेरो प्राथमिकता हुन्छ । मलाई कुर्ता, टप्स पनि लगाउन मन पर्छ । पार्टी वेयरमा भने म प्रायः सारी लगाउँछु । सारी लगाउँदा आफूलाई आकर्षक देखिएको जस्तो लाग्छ ।
मेकअप
मलाई हेभी मेकअप मन पर्दैन । सकेसम्म मेकअप बेवास्ता नै गर्छु । तर हाम्रो कहिले फोटो सुट, कहिले सुटिङ परिरहेको हुन्छ । त्यस्तो बेला मेकअप गर्नुपर्छ । तर म हल्का मेकअप गर्न रुचाउँछु । आइलाइनर, फाउन्डेसन , मस्कारा लगाउने गर्छु । त्यस्तै आइब्रो फिल सधैं गर्ने गर्छु । सौन्दर्य प्रसाधन म विदेशी नै प्रयोग गर्छु । छालाका लागि म कम्प्रोमाइज गर्दिनँ । कहिले विदेशमा र कहिले यहीं किनिरहेको हुन्छु । यस्ता प्रसाधन एक पटक किनेपछि ४/५ महिना पुगिहाल्छ ।
रङ
मलाई कालो रङ मन पर्छ । कालो रङ जेमा पनि सुहाउने भएकाले यो रङको पहिरनदेखि जुत्तासम्मका कलेक्सन मसँग छ । त्यस्तै, पहेँलो रङ पनि मलाई मन पर्छ ।
केसको स्याहार
केसका लागि विशेष ध्यान दिन्छु । बाहिर धूलो–धूवाँ बढी भएकाले हाम्रो केसमा बढी फोहोर जम्ने गर्छ । त्यसकारण केस ट्रिटमेन्ट गरिरहन्छु । घरमा सातामा दुई–तीन पटक तेल मसाज गर्छु । स्पा, ट्रिटमेन्ट चाहिँ पार्लरमा गराउँछु । समय–समयमा हेयर कलर पनि गरिरहेको हुन्छु । महिनामा २ पटक पार्लर थ्रेडिङ, हेयर कलर, फेसियल म करिब महिनामा दुई पटक पार्लर जान्छु । त्यस्तै नेल आर्ट पनि म पार्लरमै गराउँछु ।
एसेसरिज
मलाई एसेसरिजमा त्यति रुचि लाग्दैन । घडी म सधैं लगाउँछु । अहिले आई वाच लगाएकी छु । घडीमा ब्रान्ड हेर्दिनँ । कानमा साधारण टप लगाउँछु । मोबाइल पनि फेरिराख्न मन लाग्दैन । अहिले आइफोन ११ चलाइरहेकी छु ।
बढी खर्च
मेरो बढी खर्च खानामा हुन्छ । मलाई गुलियो खाना, एकदमै मन पर्छ । त्यसपछि मेरो पहिरनमा बढी खर्च हुने गर्छ । पहिरनमा पनि जिनको कपडामा बढी खर्च हुन्छ ।
फुटवेयर
म स्पोर्ट सुज बढी लगाउँछु । पहिरन अनुसार सुज लगाउँछु । सारी तथा कुर्तामा हिल लगाउँछु ।