५० वर्षमा ‘प्लस टू’
सानैदेखि सुन्दै र गम्दै आएकी छु–जीवनमा कहिले हरेस नखानू, कसैले ढुंगा बर्साउँदा पनि फूल बर्साउनू, बैगुनीलाई गुनले मार्नू, दुःखमा नआत्तिनू, सुखमा नमात्तिनू

डा.शरद सिंह यादव
एड्भान्स पेट हस्पिटल, बालुवाटार
घरपालुवा जनावरमा विभिन्न किसिमका रोगको प्रकोप बढ्दो छ । अव्यवस्थित रूपमा हुने कुकुरको प्रजनन्ले गर्दा पनि केही गम्भीर स्वास्थ्य समस्या देखा पर्न थालेका छन् । तीमध्ये छारे रोग पनि एक हो । यो रोगले तत्काल ज्यानै नलिए पनि घरपालुवालाई दीर्घ रोगी बनाउँछ । अहिले यो रोगको प्रकोप धेरै बढेको पाइएको छ ।
छारे रोगका लक्षण
सामान्य अवस्थामा यो रोगको लक्षण थाहा न हुन पनि सक्छ । सुरुमा शरीर काम्ने, र्याल निकाल्ने, उठ्न नसक्ने, ढल्ने, आँखा नदेख्ने जस्तो हुन्छ । कतिपयले त्यस्तो बेला दिसा–पिसाब पनि गर्छन् । एकछिनमा फेरि सामान्य अवस्थामा फर्किने हुन्छ । रोग पुरानो र घरपालुवाको शारीरिक अवस्था कमजोर छ वा उमेर बढी छ भने उठे पनि फेरि ढल्न सक्छ ।

किन हुन्छ छारे रोग ?
नसासम्बन्धी यो रोग लाग्नुका धेरै कारण छन् । हामीकहाँ भने प्रायः वंशानुगत कारणले यो रोग भएको पाइन्छ । एउटै परिवारका सदस्यहरूमा प्रजनन् गराउनु प्रमुख कारणमध्ये एक हो । घरपालुवालाई स्वस्थ र खुसी राख्न जरुरी हुन्छ । खानामा हुनुपर्ने पौष्टिक कुराहरू हामीले पकाएर दिने खानामा पूर्णरूपमा नहुने भएकाले बेलाबेलामा चिकित्सकको सल्लाहमा भिटामिन मिनरल्सका खुराक सामेल गर्नुपर्छ । त्यसबाट उनीहरूले सन्तुलित खानाको मात्रा पाउँछन् ।
कसरी गर्ने रोगको व्यवस्थापन ?
आफ्नो घरपालुवामा यो रोगका कुनै लक्षण देखिए पशुचिकित्सकको सल्लाहबमोजिम उपचारमा लाग्नुपर्ने हुन्छ । आफ्नो घरपालुवाको बन्ध्याकरण गराउनु राम्रो मानिन्छ । केही हर्मोनका कारणले पनि यो रोगलाई बढाउँछ । सन्तुलित भोजन तथा तौलमा पनि ध्यान दिनु आवश्यक हुन्छ। कहिलेकाहीँ मात्र छारे रोगको लक्षण देखिए औषधि प्रयोग नगरे पनि हुन्छ । किनकि प्रायः यो औषधि प्रयोग गरेपछि जीवनभरि खुवाउनुपर्ने हुन्छ । यो रोगमा प्रयोग हुने औषधिले कलेजोलाई कहिलेकाहीँ नोक्सान पुर्याउने हुँदा बेलाबेलामा रगतको परीक्षण पनि जरुरी हुन्छ ।
उपचार
यो रोगमा घरपालुवामा छिटो–छिटो मूर्च्छा पर्ने देखिए, जतिसक्दो छिटो पशु चिकित्सकको सल्लाहमा उपचार गर्नुपर्छ । यो रोगमा मानिसमा प्रयोग हुने फिनोबार्बिटोन भन्ने औषधि प्रयोग गरिन्छ । चिकित्सकको सल्लाहमा उपचार गरी घरपालुवालाई अकालमा मर्नबाट जोगाउन सकिन्छ ।