छोराको बिहे
तपाईंसँग निकै रिस उठेको छ, दिदी । राम्रो गर्नु भएन, कतै केटी नपाएर विचारधारा नै नमिल्ने परिवारसँग नाता जोड्न लाग्नु भएछ त । तिनले धेरै दाइजो दिन्छन् भनेर टीकोटालो गरेको त होइन उमेशको ?

थिएटर मल कीर्तिपुर रंगमञ्च र थिएटर सेन्टर फर चिल्ड्रेनले क्वारेन्टाइन अभियानअन्तर्गत बालबालिका केन्द्रित कार्यक्रम ‘कथा खरर, मन हरर...’ सुरु गरेका छन् । बालबालिकाहरू कथा पढ्न, सुन्न र सुनाउँदा खुसी हुने भएकाले लकडाउनमा उनीहरूको समय सिर्जनशील र ऊर्जावान बनाउन उक्त कार्यक्रम आयोजना गर्न लागिएको आयोजक एवं थिएटरका निर्देशक केदार श्रेष्ठले बताए ।
उनले भने, ‘कथा सुन्ने र सुनाउने हाम्रो प्राचीन संस्कृति हो । हजुरबा–हजुरआमाबाट कथा सुन्ने परम्परा संयुक्त परिवारको संरचना खुकुलो भएपछि छुट्दै गयो । अब यसलाई निरन्तरता दिने हाम्रे उद्देश्य हो ।’
२ गतेदेखि हरेक बिहान प्रत्येक दिन ११ बजे सुरु हुने कार्यक्रममा तीन वर्षदेखि १६ वर्षसम्मका बालबालिका सहभागी हुन्छन् ।