अपाङ्गता भएकाको अब्बल परिचय
अपाङ्ग सन्तान जन्मिए नानाथरिका कुरा गरिन्छ । जस्तै, ‘पूर्वजुनीको पापको फल पाएको, आमा अलच्छिनी भएको, गर्भावस्थामा गर्न नहुने काम गरेको, पाप कुर्लिएको, फलानोलाई यसो गरेको थियो यही जुनीमा देखियो आदि ।
थिएटर मल कीर्तिपुर रंगमञ्च र थिएटर सेन्टर फर चिल्ड्रेनले क्वारेन्टाइन अभियानअन्तर्गत बालबालिका केन्द्रित कार्यक्रम ‘कथा खरर, मन हरर...’ सुरु गरेका छन् । बालबालिकाहरू कथा पढ्न, सुन्न र सुनाउँदा खुसी हुने भएकाले लकडाउनमा उनीहरूको समय सिर्जनशील र ऊर्जावान बनाउन उक्त कार्यक्रम आयोजना गर्न लागिएको आयोजक एवं थिएटरका निर्देशक केदार श्रेष्ठले बताए ।
उनले भने, ‘कथा सुन्ने र सुनाउने हाम्रो प्राचीन संस्कृति हो । हजुरबा–हजुरआमाबाट कथा सुन्ने परम्परा संयुक्त परिवारको संरचना खुकुलो भएपछि छुट्दै गयो । अब यसलाई निरन्तरता दिने हाम्रे उद्देश्य हो ।’
२ गतेदेखि हरेक बिहान प्रत्येक दिन ११ बजे सुरु हुने कार्यक्रममा तीन वर्षदेखि १६ वर्षसम्मका बालबालिका सहभागी हुन्छन् ।