Successfully Copied

ओसीबाना अर्थात् फ्लावर अरेन्जमेन्ट कसरी गर्ने ?

जापानी भाषामा ‘ओसु’ भन्नाले थिच्नु हो र ‘बाना’ ‘हाना’ भनेको ‘फुल’ हो । तसर्थ ओसीबाना भनेको नै (थिचेर, सुकाएर तयार पारिएको फुलहरुको कला हो । तसर्थ यी सुकाएका फुल पातहरुलाई लिएर हामीले जस्तो पनि फुलका आकृति देखि लिएर एउटा सुन्दर दृश्यको आकृति समेत

फुल कसलाई पो मन नपर्ला र ? बंगैंचामा फूलेको हरेक फुलले हाम्रो मन लोभ्याउछ, टिपेर कहिले भगवानको चरणमा अर्पण गर्छौं त कहिले आफ्नै कोठामा सजांउछौ । यति मात्र नभइ जीवन देखि मरण  सम्म पनि फूलको महत्व कम भएको हुदैन । एक प्रकारले भन्दा फुलवाटनै हाम्रो जीवन सजिएको हुन्छ । यही क्रममा नियमित रुपमा प्रयोग हुने फुल भन्दा अलि पृथक रुपमा पनि फुलको प्रयोग गर्न सकिन्छ भन्ने बारेमा एक छिन चर्चा गर्दै छु ।

त्यति राम्रो फुल भगवानमा अर्पण गरे पनि कोठामा सजाए पनि अलि दिनपछि ओइलाएर जान्छ । तर यही फुललाई वर्षौसम्म सजाएर फूलको सुन्दरताको आनन्द लिन सकिन्छ भन्दा अचम्म लाग्न सक्छ । ओसीबानानै त्यस्तो कला हो जसले फुललाई वर्षौसम्म सुन्दर राख्छ । ओसिलो फूल त्यसका पात र हांँगाहरुलाई सुकाएर बनाइने कलालाई नै ओसीबाना भनिन्छ ।

त्यस कलामा सर्वप्रथम कस्तो क्राफ्टको सिर्जना गर्ने हो सोही अनुरुपको चाहिने आवश्यक सामग्रीहरु तयार गर्नुपर्छ । जस्तै विभिन्न फुलहरु समेटिएको एउटा फुलको गुच्छाको अथवा बुकेको आकृतिको ओसीबाना क्राफ्ट तयार गर्नु छ भने त्यही अनुरुपको फुलहरुको छनौट गरी फुलहरु वोटबाट टिप्नु पर्दछ । सकेसम्म फुल र पात टिप्दा कैंची प्रयोगगर्नु उपयुक्त हुन्छ । त्यस पछि यी सब टिपेर तयार पारिएको फुल र पातहरुलाई राम्ररी सुकाउनु पर्दछ । फुल सुकाउनलाई टिस्यू वा किचेन पेपरको पनि प्रयोग गर्न सकिन्छ ।

दुईवटा टिस्यू वा किचेन पेपरको वीचमा फुल र पातहरुलाई राखि त्यो सिटलाई हावा छिर्न नसक्ने गरी तल र माथिबाट मोटो कागजले थिचेर कुनै बक्स भित्र राख्नु पर्दछ । हावा छिर्यो भने फुलको रंग खुइलिने सम्भावना धेरै हुन्छ । छिटो सुक्ने फुलहरुलाई टिस्यूको बिचमा राखेर बिस्तारै आइरन गर्दै सुकाउंदै बक्स भित्र राख्न पनि सकिन्छ । लगभग १–२ दिन बिराएर फुल सुकाएको टिस्यूलाई आइरन गरेर सुकाउने वा फेर्नु पर्दछ । यसो गर्नाले फुल सुख्खा र फ्ल्याट फर्ममा  आउछ । 

अब कुनै बाक्लो कागजमा आफुले सोचेको जस्तो आकारमा ट्वीजरको मद्दतले सुकाएका फुल र पातहरुको एरेञ्ज गर्दै ग्लूले टाँस्दै लैजानु पर्छ । फ्ल्याट भएका फुलहरु ट्वीजरको मद्दतले एरेञ्ज गर्नुपर्छ । यसो गर्नाले फुलहरु समात्न पनि सजिलो हुन्छ र फुलको आकार पनि बिग्रिदैन । यसरी टाँस्दै गएर तयार पारिएको क्राफ्टलाई अब फ्रेमको छनौट पछि सकेसम्म लामो समयसम्म फुलको एरेञ्जमेन्टको रंग नउडोस् र सुख्खा नै रहोस् भनेर डाइंगी एजेन्ट डिस्सेन्टको प्रयोग गर्न सकिन्छ । डाइंगी एजेन्टलाई फ्रेमको पछाडी सकेसम्म बीच भागमा राखी टेपले टाँस्नु पर्छ । यसरी तयार पारिएको क्राफ्टलाई नै ओसिबाना क्राफ्ट भनिन्छ ।  

यो कला करीब १६ औं शताब्दी तिर सामुराइहरुले प्रकृति र कलालाई संयोजन गरि तयार पारिएको कला हो । तर यस कलाको सुन्दरताका कारण ओसिबाना क्राफ्ट अहिले विश्व भर फैलिएको छ । हामीले आफुलाई मनपरेको फुल र पातहरु टिपेर कहिलेकाहीं किताबको पानाभित्र राखेर सुकाउने गर्दथ्यौ नि, हो त्यही अनुरुप नै एउटा फुलमात्र नभइ धेरै फुल, पातहरु र हाँंगालाई सुकांउदै कुनै वस्तु वा कलाको आकृति दिनुनै यो कलाको अर्थ हो ।

जापानी भाषामा ‘ओसु’ भन्नाले थिच्नु हो र ‘बाना’ ‘हाना’ भनेको ‘फुल’ हो । तसर्थ ओसीबाना भनेको नै (थिचेर, सुकाएर तयार पारिएको फुलहरुको कला हो । तसर्थ यी सुकाएका फुल पातहरुलाई लिएर हामीले जस्तो पनि फुलका आकृति देखि लिएर एउटा सुन्दर दृश्यको आकृति समेत बनाउन सक्छौं । यति मात्र नभइ अहिले आएर फुलहरुका अलावा अंगुर, स्ट्रबेरी जस्ता फलफुलहरु समेत सुकाएर फलफुलका आकृति समेत बनाउन थालिसकेको छ ।

बंगैचामा फुलेको एउटा फुलको कति रूप हुँदों रहेछ है, जहाँ जसरी सजाए पनि मननै नभर्ने । तसर्थ फुलको यो सुन्दर कलावाट तयार  पारिएको मननै लोभ्याउने ओसिबाना क्राफ्ट  तयार पारी आफ्नो घर भवनको भित्ताहरुमा सजाउन सकिन्छ ।

(सिर्जना दुवाल श्रेष्ठसंग कुराकानीमा आधारीत)

 Image