Successfully Copied

लकडाउनका सहयोगी हातहरु 

रोगको संत्रासमा भोकै कोही पनि मर्न नपरोस् भन्ने सोचका साथ डिभाइन पाथ इन्टरनेसनल फाउन्डेसन, नेपाल शाकाहारी पार्टी तथा भेज भोयाजेज फाउन्डेसनले सहकार्य गरेर यस्ता असहाय र विपन्न व्यक्तिलाई खाना खुवाइरहेको छ । संस्थाकी संस्थापक तथा अध्यक्ष योगाचार्य सरिता नन्दी भन्छिन्, ‘लकडाउन सुरु भएको

अहिले नोबेल कोरोना भाइरस संक्रमण रोकथामका लागी विश्वका थुप्रै मुलुकमा लकडाउन अबलम्वन गरिएको छ । कोरोनाको जोखिमलाई ध्यानमा राखेर लकडाउन भइरहँदा विपन्न तथा असहाय व्यक्तिहरु बढी मारमा परेका छन् । 

दैनिक ज्याला–मजदुरी गरेर आफ्नो गुजारा चलाउनेहरुलाई अहिले सबै कुरा बन्द भएकाले निकै अप्ठ्यारो अवस्था देखिएको छ । यस्तो अवस्थामा नेपालमा पनि धेरै मानिसहरु दैनिक खाद्यन्नकै समस्यामा पर्न थालेका छन् । लकडाउनले निम्त्याएको खाद्यन्न अभावको समस्या गाउँमा भन्दा शहरमा बढ्दै गएको छ । यस्तो अवस्थामा सरकारले अभाव भएका नागरिकका आवश्यकता पुरा गर्न नसकेपछि केही सहयोगी मनहरु यसका लागी अगाडी बढिरहेका छन्, जुन अहिले उदाहरणीय मानिएको छ ।

रोगको संत्रासमा भोकै कोही पनि मर्न नपरोस् भन्ने सोचका साथ डिभाइन पाथ इन्टरनेसनल फाउन्डेसन, नेपाल शाकाहारी पार्टी तथा भेज भोयाजेज फाउन्डेसनले सहकार्य गरेर यस्ता असहाय र विपन्न व्यक्तिलाई खाना खुवाइरहेको छ । संस्थाकी संस्थापक तथा अध्यक्ष योगाचार्य सरिता नन्दी भन्छिन्, ‘लकडाउन सुरु भएको केही दिनपछि हामीले यो काम सुरु गरेका हौं ।’

दैनिक उनीहरुलाई लगभग ३ सय प्याकिङ खाना खुवाइरहेका छौं ।  सहयोगको रुपमा उपलब्ध गराउने प्याकिङ तयारी खाना उनीहरुले झम्सिखेलस्थित सिया भेगन रेस्टुरेन्टमा तयार गर्छन् । अभियानमा मानिससंगै सडकमा रहेका पशु र चराचुरुंगीलाई पनि चारोको व्यवस्था गरिरहेको छ । बिगत तीन हप्तादेखि यस पार्टीले दैनिक ज्यालादारी गर्ने श्रमजीविहरुलाई खाद्य सामाग्री उपलब्ध गराउने देखि प्रत्यक्ष खाना खुवाउदै आएको छ । 

मानव कल्याण समाज (सेवा घर) ले भक्तपूरको नलिन्चोक, जडिबुटी, कौशलटार, मध्यपुरथिमि सिद्धीकाली लगायतका क्षेत्रमा अलपत्र अवस्थामा रहेका ब्यक्तिहरुलाई खाना खुवाउने गरेको छ । लकडाउनले सडकका मानिसहरुको अवस्था दयनीय देखेपछि दैनिक ५० जनालाई राति खाना खुवाउने गरेको मानव कल्याण समाज भक्तपुरकी अध्यक्ष सुमित्रा चौलागाइ बताउँछिन् ।

लकडाउनमा भोकै बसेका ब्यक्तिहरुलाई मलमपट्टी लगाउने काम नवजीवन परोपकार समाजले पनि गर्दै आएको छ । संस्थाले हरेक दिन तीन सयभन्दा बढी मजदुर, बिरामी कुरुवा र विपन्नहरूको भोक मेटाउँदै आएको छ । ‘हामीले काठमाडौंका विभिन्न स्थानमा भारी बोकेर गुजार चलाउनेदेखि सडकपेटीमा अपांगता जीवन विताउनेहरुलाई खाना खुवाउँदै आएका छौं । वीर अस्पताल र टिचिङ अस्पतालमा बिरामी कुरुवाहरूका लागि भोजन व्यवस्था गर्दै आएका छौं,’ संस्थाका अध्यक्ष दुर्गानाथ दाहाल भन्छन् ।

एक जनाले धेरैलाई सहयोग गर्न गाह्रो हुन्छ, तर धेरैले धेरैलाई सहयोग गर्न सकिन्छ । यही भावना लिएर नोभा हार्म रिडक्सन कम्युनिटी बुढानिलकण्ठका १० युवाहरु प्रत्येक घरबाट १ जनालाई खाना लिएर उक्त खाना १ जना निम्न आय भएका व्यक्तिलाई खुवाउने गरेका छन् । यसरी १०० वटा घरबाट १ छाक खाना लिदाँ १०० जना भोको पेटले गुणस्तरीय खाना पाउछ । यस कार्यक्रमका अभियन्ता विवेक अधिकारीले आल्मुनियमको बट्टाहरु हरेक घरधनीलाईं दिदैं एक छाक पाकेको खाना प्याक गरि दिन अनुरोध गरेका थिए । तर अहिले एउटा घरवाटै १० जनालाई खानाहरु प्याक गरेर पठाइ रहेको उनले बताए । यसका लागि स्वंयसेवकहरु छन् । जसले आवश्यक व्यक्तिहरु समक्ष खानाहरु पुऱ्याइ रहेको छ ।

त्यस्तै बुढानिलकण्ठ नगरपालिकामै रहेको छहारी भवनले बैशाख ४ गते देखि विपन्न तथा गरिव परिवारलाई निशुल्क भोजन गराइरहेको छ । लकडाउन अवधिभर हरेक दिन बेलुका ४ बजे देखि ६ बजे सम्म उक्त भवनमा निशुल्क भोजनको व्यवस्था मिलाइएको जानकारी मानव अधिकारकालागी महिला, एकलमहिला समुहकी संस्थापक लिली थापाले जानकारी दिइन् ।

यसका लागी बुढानिलकण्ठ नगरपालिका भित्रका र सो क्षेत्र वरिपरिका विपन्न तथा गरिव परिवारका सदस्यहरुले आफ्नो सम्बन्धित वडामा नाम टिपाउन सक्नेछन् । सामाजिक दुरी कायमगर्दै र सुरक्षाविधि अपनाउदै सो भवनमा निशुल्क भोजनको व्यवस्था गरिने र अन्य आवश्यक अवस्था परेमा क्वारेन्टाइनको पनि व्यवस्था गरिएको थापा बताउंछिन् ।

लकडाउनका कारण सडकमा भोकै रहेका कुकुर र उपचार नपाएर मर्न आँटेका सामुदायिक कुकुरहरुको संरक्षण गरिरहेको छ स्नेहाज् केयरले । लकडाउन शुरु भएको दुई दिन पछि नै सो संस्थाले सडकमा रहेका कुकुरहरुलाई उपचार गर्ने देखि प्रत्येक दिन भोजन गराउनेसम्मको काम गरिरहेको छ । केयरकी फाउण्डर स्नेहा श्रेष्ठले लकडाउन शुरु भएपछि आफ्नो केयर सेन्टरको ढोका थुनेर बसिनन् । भोका कुकुर, छाडिएका चौपाया, चराचुरुङ्गीलाई खुवाउन आवश्यक सरसामानको जोहो गरिन् र निस्किइन् सडकमा । हरेक दिन दुई वटा फरक गाडीमा आहारा लिएर ललितपुर महानगर भित्र र रिङरोडमा भेटिएका पशुपक्षीलाई खुवाउँदै हिडेकी छिन् । 

संस्थाकी अध्यक्ष स्नेहा श्रेष्ठ भन्छिन्,  संस्थाले जनावरलाई खुवाउन दुईवटा टोली बनाएर खटाउने गरेको छ । एउटा टोलीले भैंसेपाटीबाट कलंकी हुँदै पशुपतिसम्म र अर्काेले कोटेश्वरदेखि पशुपतिसम्म जनावरलाई खुवाउने गरेको छ  । चक्रपथ क्षेत्रमा भेटिएका सबै पशुहरुलाई आहार दिने गरिएको श्रेष्ठले बताइन् । त्यस्तै, पशुपति र त्रिपुरेश्वरका बाँदरलाई पनि संस्थाले दैनिक आहार खुवाउँदै आएको छ । यसरी जनावरलाई खाना खुवाउँदा रोगसम्बन्धी पूर्ण सतर्कता अपनाइएको श्रेष्ठ बताउँछिन् । 

 Image