अनु अनमोल क्षेत्री
बाल्यावस्थादेखि नै म राम्रो नृत्य गर्थें, अभिनयमा पनि रुचि थियो । यो मेरो ‘प्यासन’ नै थियो । म त्यही कला र शक्ति लिएरै हुर्किएँ । रुचिकै कारण म यो क्षेत्रमा प्रवेश गरेकी हुँ ।

१ सय १० औं नारी दिवस अर्थात् अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा नारी मासिकले ‘कसरी अगाडि बढ्ने ?’ भन्ने अभियानअन्तर्गत आ–आफ्नो क्षेत्रमा निरन्तर काम गरिरहेका अब्बल महिलाको आवाज समेट्ने प्रयास गरेको छ, जुन नारी मासिकको डिजिटल भर्सन https://bit.ly/2IOIVWR मा हेर्न र सुन्न सकिन्छ ।
अधिकारकर्मी प्रमदा शाहले राख्नु भएको विचार :
पहिलाभन्दा महिला अधिकारका क्षेत्रमा काम गर्न अहिले सजिलो छ । तर, समस्या नै नभएको चाहिँ होइन । संविधानले नै महिलालाई ससम्मान स्थान दिनु सकारात्मक पक्ष हो । अहिले विश्वभर नै महिलाको यौन अधिकारका विषयमा बहस भइरहेको छ, जुन बहस नेपालमा पनि जारी छ ।
नेपालमा चाहिँ यौन अधिकारसँगै अरू थुप्रै विषयमा बहस आवश्यक छ । यसप्रति महिला नै बढी सचेत र जागरुक हुन आवश्यक छ । नेपाली महिलाले चेतनाको स्तर बढाउनुपर्छ । त्यसका लागि आफैंले बढी पहल गर्नुपर्ने स्थिति छ ।
अधिकारकर्मी प्रमदा शाहले राख्नु भएको विचारको डिजिटल भर्सन :