नाजिरको ‘गुलाबी लुक्स’
अभिनेता नाजिर हुसेनको ‘फरक लुक्स’ सार्वजनिक भएको छ ।![](https://nari-assets-api.ekantipur.com/thumb.php?src=https://nari-assets-cdn.ekantipur.com/uploads/source/news/2023/miscellaneous/Najir-26022023073134.jpg&w=1000&height=600)
![](https://nari-assets-api.ekantipur.com/thumb.php?src=https://nari-assets-cdn.ekantipur.com/uploads/source/news/2023/miscellaneous/Najir-26022023073134.jpg&w=1000&height=600)
सन्तोष उपाध्याय नयाँ मिस्टर नेपाल बनेका छन् । यसै सताी होटल अन्नपूर्णमा सम्पन्न ‘मिष्टर नेपाल २०१९’को ग्रान्ड फिनालेमा २१ प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि चुमेका हुन् ।
मोष्टट्यालेन्ट र मोष्टफोटोजेनिकको उपाधि समेत जितेका बिजेता उपाध्यायले शिर्ष उपाधिको साथमा मोटरबाइक, नगद २५ हजारको साथमा बिभिन्न गिफ्ट ह्याम्पर समेत प्राप्त गरेका छन् । अछाम ओली गाउँका सन्तोष स्वस्थ्य पेसामा कार्यरत रहेका छन् ।
एक्सपोज नेपालको आयोजना रहेको र शिवानी एयर मुख्य प्रायोजक रहेका प्रतिस्पर्धामा दिलराज न्यौपाने फस्ट रनरअप र विमल पाण्डे सेकेन्ड रनरअप चुनिदा प्रिन्स अभी थर्ड रनरअप र अभिनास चौधरी फोर्थ रनरअप घोषित भए ।
बरिष्ठ कलाकार कृष्ण मल्ल, विज्ञानराज शर्मा, केदार कोइराला, कोरियोग्राफर महेश केसी, भरत ढकाल, हिमानी सुब्बा, हरि सिल्वाल, मिष्टर नेपाल अक्षयजंग रायमाझी निर्णायक मण्डलीले नयाँ मिस्टर नेपाल छनोट गरेको हो ।
विजेतालाई आयोजक एक्सपोज नेपालकी सीईओ अर्चना थापा, निर्देशकहरु रवीन्द्र श्रेष्ठ, प्रकाश पुन, सुशिल पाण्डे लगायतले बिजेतालाई पुरस्कार प्रदान गरेका थिए । शिर्ष विजेताले ‘मिस्टर वल्र्ड’लगायत बिभिन्न अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर पाउने छन् ।
‘मिष्टर नेपाल’ प्रतियोगीता २००१ देखि नियमित आयोजना हुँदै आएको नेपालको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता हो ।