Successfully Copied

बेबी सावरको  बढ्दो ट्रेन्ड 

बढ्दो फेसनका कारणले आफूहरूमा बेबी सावरको इच्छा जागेको जोशी दम्पती बताउँछन् । उनीहरूले यसलाई चारपटक जति सेलिब्रेट गरे, कहिले आफन्तका बीचमा त कहिले साथीहरूका बीचमा । कहिले परम्परागत शैलीमा दही–चिउरा खाएर मनाए त कहिले आधुनिक शैलीमा केक काटेर । 

बढ्दो फेसनका कारणले आफूहरूमा बेबी सावरको इच्छा जागेको जोशी दम्पती बताउँछन् । उनीहरूले यसलाई चारपटक जति सेलिब्रेट गरे, कहिले आफन्तका बीचमा त कहिले साथीहरूका बीचमा । कहिले परम्परागत शैलीमा दही–चिउरा खाएर मनाए त कहिले आधुनिक शैलीमा केक काटेर । 

बेबी सावर गर्भवती भएको सातदेखि आठ महिनाको बीचमा गरिन्छ । नख्खुका सिर्जना कटुवाल र पवन जिसीले गर्भवती भएको ८ महिनामा बेबी सावर मनाए । अरूले मनाएको देखेर पनि उनीहरूलाई यो रहर लागेको हो ।

नेपाली परम्पराअनुसार महिलाहरूलाई गर्भावस्थामा दही–चिउरा ख्वाउने चलन अहिले बेबी सावरका रूपमा परिणत हुँदै गएको छ । गर्भावस्थामा आमालाई दही–चिउरा ख्वाए स्वस्थ शिशु जन्मन्छ भन्ने विश्वास नेपाली समाजमा छ । त्यसैले गर्भवती आमालाई दही–चिउरा ख्वाउने चलन हो । सामान्यतया बेबी सावर गर्भवती भएको सातदेखि आठ महिनाको बीचमा गरिन्छ । नख्खुका सिर्जना कटुवाल र पवन जिसीले गर्भवती भएको ८ महिनामा बेबी सावर मनाए ।

अरूले मनाएको देखेर पनि उनीहरूलाई यो रहर लागेको हो । आमा बन्नुलाई सौभाग्य मानेर पनि यो पललाई अविस्मरणीय बनाउन मन लागेको सिर्जनाले बताइन् । आमा बन्दैछु भन्ने अनुभव गर्दा पनि सिर्जना दंग थिइन् । ‘पहिलो पटक आमा बन्दा बेग्लै अनुभूति अनि एक प्रकारको डरका साथै खुसी पनि लाग्दो रहेछ । यसलाई थप रमाइलो बनाउन हामीले बेबी सावर मनाउने योजना बनायौं, आमाबाबु बन्दैछौं भन्ने कुराले महिला–पुरुष दुवैलाई उत्साहित बनाउँदो रहेछ’ उनले भनिन् । यतिबेला सबैसँग भेटघाट हुने र अरूको आशीर्वाद अनि बधाईले उत्प्रेरणा मिल्ने उनले बताइन् । उनीहरूले गर्भ ९ महिना पुग्नै लाग्दा छुट्टै फोटोसुटसमेत गराए ।

 चण्डोलका दीप्ति जोशी र अजितराज जोशीले आफ्नो दोस्रो सन्तानको बेबी सावर मनाए । बढ्दो फेसनका कारणले आफूहरूमा बेबी सावरको इच्छा जागेको जोशी दम्पती बताउँछन् । उनीहरूले यसलाई चारपटक जति सेलिब्रेट गरे, कहिले आफन्तका बीचमा त कहिले साथीहरूका बीचमा । कहिले परम्परागत शैलीमा दही–चिउरा खाएर मनाए त कहिले आधुनिक शैलीमा केक काटेर । बेबी सावर मनाउन उनीहरू घरदेखि रेस्टुराँसम्म पुगे । आधुनिक शैलीको बेबी सावर भित्रिए पनि परम्परागत रूपमा दही–चिउरा खाने परम्परा पनि यथावत् रहेको दीप्तिको अनुभव छ ।

करिब ८ वर्षअघि पहिलो सन्तान गर्भमा हँुदा यो चलनका बारेमा केही जानकारी नपाएका उनीहरू अहिले बेबी सावर मनाउनु बाध्यताजस्तै भएको बताउँछन् । ‘पहिले सन्तान गर्भमा हुँदा पेट लुकाएर हिँड्थे अहिले भने देखाउने चलन बढेको छ, साथीहरूले बेबी सावर मनाउनुपर्छ भन्दै सरप्राइज पार्टी दिन्छन् । त्यसैले उनीहरूले देखाएको मायालाई स्वीकार गर्नैपर्‍यो’ दीप्तिले भनिन् । अहिले समय निकै परिवर्तन भएजस्तो लाग्छ दीप्तिलाई । पहिलो सन्तान गर्भमा रहँदा उनी आफ्नो पेट लुकाएर हिँड्थिन्, उनलाई सहजै हिँड्न लाज लाथ्यो तर अहिले बेबी सावरसम्म आइपुग्दा समाज निकै परिवर्तन भैसकेको उनले बताइन् । दीप्तिले यसरी बेबी सावर मनाउँदा अभिभावक बन्न थप प्रेरणा मिलेको अनुभव गरेकी छिन् । 

अस्ट्रेलिया बसोबास गर्दै आएका महेश श्रेष्ठ र सम्झनाले विदेशमै बेबी सावर मनाए । विदेशमा बेबी सावर मनाउनु अविवार्यताजस्तै भैसकेको महेश बताउँछन् । विदेशी भूमिमा व्यस्त दैनिकीका बीच बेबी सावरले भेटघाटको वातावरण बनाइदिएको श्रेष्ठको अनुभव छ ।

श्रेष्ठ भन्छन्–नेपालमा साथीहरूले सरप्राइज दिन्छन् भने विदेशमा भने सबै आफैं योजना बनाएर साथीहरूलाई बोलाउनुपर्ने अवस्था छ, बेबी सावरका लागि हामीले पाँच दिन लामो तयारी गर्‍यौं ।’ श्रेष्ठले त्यो समयमा भने फरक अनुभव गरे । विदेशमा श्रीमतीले बच्चा जन्माउँदा श्रीमान् पनि सँगै हुनुपर्ने नियम छ । यसले उनलाई मनमा भने पीडा महसुस भयो । बेबी सावर विदेशी फेसनबाट प्रभावित भएको अनितजंग पाण्डे बताउँछन् । यद्यपि यो गर्भवती महिलालाई दही–चिउरा ख्वाउने चलनकै परिमार्जित स्वरूप भएको पाण्डेको भनाइ छ । यही चलन र फेसनअनुसार अमित र कविनाको जोडीले पनि बेबी सावर मनाए ।

पहिलो पटक अभिभावक बन्ने क्रमको अनुभव अनि त्यसको उत्साहलाई रमाइलो क्षणमा परिवर्तन गर्न बेबी सावर एउटा उपयोगी माध्यम भएको पाण्डे बताउँछन् । पाण्डे दम्पतीले पनि थुप्रै पटक बेबी सावर मनाए आफ्नो र अर्काको गरी । आफूभन्दा पनि साथीभाइहरूले बढी रमाइलो गराइदिने कारणले पनि बेबी सावर मनाउन हौसिन्छन् उनीहरू । कविनाले दिनप्रतिदिन बढ्दै गएको आफ्नो पेट र त्यसको अनुभवलाई अविस्मरणीय बनाउन फोटोसुट नै गरिन् । ‘आफू पहिलोपटक गर्भवती भएको अनुभवलाई संगाल्न फोटो सुट जरुरी मानिएको हो ।’ पाण्डेले बताए । 

बागडोलकी आनिया क्षेत्रीलाई भने बेबी सावरको बढ्दो प्रभाव राम्रो लाग्दैन । यसले समाजमा नकारात्मक धारणा पैदा गरेको उनी बताउँछिन् । आनियालाई गर्भावस्थामा यस्तो तडकभडक गर्न मन लागेन । त्यसकारण गर्भवती भएको ८ महिनामा उनले सामान्य ढंगले दही–चिउरा खाइन् । परिवार र साथीभाइहरूले उनलाई दही–चिउरा ख्वाइदिए । ‘दही–चिउराले गर्भवती महिलाको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने नेपाली मान्यताअनुसार नै घरमै दही–चिउराको प्रोग्राम बन्यो’ उनले भनिन् । ‘यसले आफ्नो स्वास्थ्यको ख्याल गर्ने चेतना वृद्धि गर्नुका साथै आत्मबल पनि दरो बनाउँछ ।’ आनियाले बताइन् । 

 

बेबी सावरको सुरुवात 

बेबी सावर यहीँबाट सुरु भएको भन्न नसकिए पनि यो पश्चिम भारत, इजिप्ट तथा युरोपतिर १९ औं शताब्दीदेखि नै मनाउन थालिएको पाइन्छ । पहिले–पहिले यो पहिलो बच्चा जन्मदा महिलाहरूलाई मात्र बोलाएर मनाइन्थ्यो । आधुनिक बेबी सावर भने १९५०–५१ तिर सुरु भएको पाइन्छ । यो चलनअनुसार सबैलाई बोलाई भोज दिने चलन छ । अहिले अष्ट्रेलिया, क्यानाडा, अमेरिका आदि देशमा बेबी सावरको चलन उत्कर्षमा छ ।

 Image